NepaliPage

NepaliPage NepaliPage, a Nepalese Community Media in Australia, Connects the Nepalese Australian Community.

Nepalese Community Website, a network of Nepalese in various Australian Cities.

12/10/2026

नेपालको राजनीतिक विकासका महत्वपूर्ण वर्षहरू २००७, २०१७, २०३६, २०४६ देखी २०६३ सम्म देशको उच्चतह देखी फरक राजनीतिक संक्रमण देखेर भोगेर आएका नवराज सुवेदीको अनुभव सुनौं। नेपालीपेजका लागी बद्री ओझाको कुराकानी जस्ताको तस्तै।

12/10/2026

अष्ट्रेलियामा बजारभाउ निक्कै बढेको छ। ग्रोसरी मार्केटमा केही कम्पनीको मात्र बोलवाला रहेको भनेर सरकारले सुपरमार्केट चलाउनु पर्छ भन्ने आवाज पनि उठन थालेको छ! तपाईंलाई के लाग्छ, अष्ट्रेलिया सरकारले बजार भाउ सस्तो बनाउन सुपरमार्केट चलाउला? चलाउनु पर्छ?

जय शम्भो 🙏 कैलाशपति 💐💐💐
11/10/2026

जय शम्भो 🙏 कैलाशपति 💐💐💐

11/10/2026

बडा दशैंको शुभकामना !! नेपालका राजाले सर्वसाधारणलाई टीका नलगाईदिने र अष्ट्रेलियाका प्रधानमन्त्रीले दिनुभयो शुभकामना!!

11/10/2026

गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आकस्मिक रूपमा निक्कै ठूलो बाढी आएको छ। अहिले सम्म मानवीय क्षतीको सूचना छैन। सबै सकुशल भएको सुन्ने चाहना सबै नेपालीको छ।

11/10/2026

गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आकस्मिक रूपमा निक्कै ठूलो बाढी आएको छ। माटो, गेग्रान सहितको ठूलो बाढी आएपछी स्थानिय बासिन्दाहरू घर छोडेर हिंडेका छन्। सामाजिक संजालमा आएका भिडियोमा भोटेकोशी बाढी जस्तै दैत्याकारको बाढीले घर र भवनहरू बगाएको देख्न सकिन्छ।

दशैं लाग्यो। आज घटस्थापनाको दिनसँगै यो वर्षको बडा दशैं सुरू भएको छ। दशैंको पहिलो दिन नै नेपालका राजा ज्ञानेन्द्र शाहले न...
11/10/2026

दशैं लाग्यो। आज घटस्थापनाको दिनसँगै यो वर्षको बडा दशैं सुरू भएको छ। दशैंको पहिलो दिन नै नेपालका राजा ज्ञानेन्द्र शाहले नेपालमा परेको विपतका कारण दशैंलाई विधीपूर्वक मनाउने र सर्वसाधारणलाई टीका जमरा नबक्सने जानकारी दिनुभएको छ। प्रधानमन्त्री एन्थोनि अल्बानिजीले दशैंको शुभकामना दिँदै नेपालले केही समय अघि भोगेको बिपत साथै आपतकालिन अवस्थामा सहयोगका लागी जुटेकाको भूमिकाको सरहना गर्नुभएको छ।

नेपालीहरूको महान चाड बडादशैं आजबाट सुरू भएको छ। आज घटस्थापना गरेर घरघरमा दुर्गा सप्तशती पाठ गर्दै देवी दुर्गाका नौ रुपको...
11/10/2026

नेपालीहरूको महान चाड बडादशैं आजबाट सुरू भएको छ। आज घटस्थापना गरेर घरघरमा दुर्गा सप्तशती पाठ गर्दै देवी दुर्गाका नौ रुपको आराधना गरिन्छ। दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ र दशौं दिन देवी विसर्जन गरेर विजया दशमीको टीका जमरा लगाईन्छ। दशैंको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ठूलाबडा र मान्यजनको हातबाट टीका जमरा र आशिर्बाद हो। देश विदेशमा छरिएर रहेका दाजुभाई दिदीबहिनी आफन्त दशैंमा घर फर्किने र सबै एकैठाउँ भएर दशैं मनाउने चलन छ। दशैं नेपालीहरूको ईतिहास, धर्म, संस्कृति मात्र नभएर सामाजिक एकताको पर्व समेत हो।

Address

Winten Drive
Colebee, NSW
2761

Alerts

Be the first to know and let us send you an email when NepaliPage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepaliPage:

Shortcuts

Share