PuraKhabar Aus

PuraKhabar Aus News/Video/Enterinment in One page Every News at your Finger Tip

24/12/2025

७ • १६ • २५ गते जन्मिनुभएको हो?
अंकज्योतिष अनुसार २०२६ मा तपाईंको जीवन कस्तो रहनेछ ✨
आत्मिक विकास, निर्णय शक्ति र सफलताको संकेत
🎥 पूरा भिडियो हेर्नुहोस्
Izzatmedia15

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको पाँच घण्टा लामो भेटवार्ताले ने...
23/12/2025

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको पाँच घण्टा लामो भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। भदौ २३ र २४ गते युवाले देखाएको ‘वि'द्रोही चेतना’पछि वैकल्पिक शक्तिहरू ध्रुवीकृत हुँदै गएको संकेत यही भेटले दिएको छ।

सोमबार राति ८ बजेदेखि १ बजेसम्म रास्वपाका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य शाहको निवासमा भएको छलफल सामान्य शिष्टाचारमै सीमित रहेन। फागुन २१ को निर्वाचनमा सहकार्यदेखि पार्टी एकतासम्मका सम्भावनाहरू खुलेर उठाइए। छलफलको केन्द्रमा एउटा साहसी प्रस्ताव पनि आयो-आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने। यो प्रस्ताव स्वयं रवि लामिछानेले अघि सारेको स्रोतहरू बताउँछन्।

छलफलमा रास्वपाबाट उपसभापति डीपी अर्याल र नेता शाह सहभागी थिए भने बालेन पक्षबाट प्रमुख सल्लाहाकार कुमार बेन र कलाकार निश्चल बस्नेत उपस्थित थिए। राति छलफल सकिएपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिनु पनि राजनीतिक वृत्तमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ।

यही रात एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले पनि बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जाने विषयमा संवाद भइरहेको स्वीकार गरे। उनले बालेनसँगै कुलमान घिसिङ नेतृत्वको ‘पार्टी उज्यालो नेपाल’सँग सहकार्यको सम्भावनामा समेत छलफल चलिरहेको जानकारी दिए।

यसरी, युवाको असन्तोष र परिवर्तनको चाहनाबाट जन्मिएको वैकल्पिक राजनीतिले अब स्पष्ट आकृति लिन थालेको देखिन्छ। रवि–बालेनको यो भेट केवल दुई व्यक्तिको संवाद होइन, पुरानो राजनीतिक संरचनालाई चुनौती दिने नयाँ ध्रुवीकरणको संकेत बनेर नेपाली राजनीतिमा गहिरो कम्पन पैदा गरिरहेको छ।
taja khabar

बालेनसँग भेटपछि रास्वपाका सभापति रविले भने, “सुदन गुरुङ्ग र कुलमानसँग पनि कुरा गर्दैछौँ। रास्वपाले गर्छ नै, यो रास्वपाको...
23/12/2025

बालेनसँग भेटपछि रास्वपाका सभापति रविले भने, “सुदन गुरुङ्ग र कुलमानसँग पनि कुरा गर्दैछौँ। रास्वपाले गर्छ नै, यो रास्वपाको जिम्मेवारी हो।”

२३  र २४ भदौको जेन–जी आन्दोलनपछि प्रमुख दलका नेतासँग संवाद नै नगर्ने अडानबाट प्रधानमन्त्री सुशीला कार्की पछाडि हटेकी छिन...
23/12/2025

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि प्रमुख दलका नेतासँग संवाद नै नगर्ने अडानबाट प्रधानमन्त्री सुशीला कार्की पछाडि हटेकी छिन् । परम्परागत दलका दोस्रो तर तेस्रो तहका नेतालाई भेटे पनि कार्कीले शीर्ष नेतालाई नभेट्ने अडान लिएकी थिइन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकमा सहभागी हुन कार्की पनि तयार भएकी हुन् ।

जेनजी अगुवा सुदन गुरुङको अर्को तिर ! उनी लेख्छन् - "All eyes on राष्ट्रपति निवास ...."
23/12/2025

जेनजी अगुवा सुदन गुरुङको अर्को तिर ! उनी लेख्छन् - "All eyes on राष्ट्रपति निवास ...."

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। आयोगल...
23/12/2025

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। आयोगले मंगलबार पत्र पठाउँदै लेखकलाई ७ दिनभित्र उपस्थित भएर बयान दिन निर्देशन दिएको हो। लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ।

23/12/2025

How is your 2026?
If you’re born on 5, 14, 23, or 32 of any month,
Numerology reveals what 2026 holds for you 🔮
👉 Watch the full video

आमाको स्मृतिमा समर्पित सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक
22/12/2025

आमाको स्मृतिमा समर्पित सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक

पुरा पढ्नुहोस

जेनजी अभियन्ता प्रहरी नियन्त्रणमा : मिराज ढुंगानासहित युवाहरूले सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन गरेक...
22/12/2025

जेनजी अभियन्ता प्रहरी नियन्त्रणमा : मिराज ढुंगानासहित युवाहरूले सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्। ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नारासहित भएको प्रदर्शनमा सहभागीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जाँचबुझ आयोगमा बयान दिन्न, गो'ली ठो'के हुन्छ, आजीवन थु'निदिए हुन्छ !  'भ्यालिबाहिर पनि जान्छु, असंवैधानिक सरकारलाई सोधिर...
22/12/2025

जाँचबुझ आयोगमा बयान दिन्न, गो'ली ठो'के हुन्छ, आजीवन थु'निदिए हुन्छ ! 'भ्यालिबाहिर पनि जान्छु, असंवैधानिक सरकारलाई सोधिराख्नु पर्दैन' ! आयोगका अधिकारीहरू घरमै आउनुभयो भने सम्मानसाथ स्वागत गर्छु। चिया खुवाउँछु। कुरा गर्छु पठाउँछु।'
- केपी ओली

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै चाहनाअ...
22/12/2025

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै चाहनाअनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको रिट सर्वोच्च अदालतमा पुगेको खुलासा गरेका छन्।

आफूले हालै सभापति देउवासँग भेट गर्दा प्रतिनिधि सभा पुनर्स्थापना रिटबारे जिज्ञासा राखेको र त्यस क्रममा सभापति देउवाले आफ्ना नेताहरूलाई सर्वोच्च पठाएको बताएको प्रचण्डले खुलासा गरेका हुन्।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रिट लिएर सर्वोच्च पुगेका थिए भने अहिले बहुमत जुटाउने भन्दै कांग्रेसका ६६ बढी निवर्तमान सांसदले हस्ताक्षर गरिसकेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग चुनावी प्रतिस्पर्धा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं क्षे...
22/12/2025

नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग चुनावी प्रतिस्पर्धा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जेन–जी अनिता विमलीसहित अन्य ८ जनाको नाम सिफारिस गरेको छ।

Address

Darwin City, NT
0810

Alerts

Be the first to know and let us send you an email when PuraKhabar Aus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PuraKhabar Aus:

Share