09/01/2026
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घन्टा छलफल भएको छ। भेटमा फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव केन्द्रित कुराकानी भएको थियो।
प्रधानमन्त्रीले चुनावमा सहभागी हुने एमालेको प्रतिबद्धताको सराहना गरिन्। अध्यक्ष ओलीले एमाले चुनावबाट नभाग्ने स्पष्ट पार्दै, सुरक्षा प्रत्याभूति हुनुपर्ने माग गरेका थिए।