Safal Sansar

Safal Sansar संघर्षका कथा, सफलताका कथा, सकारात्मक खबर, प्रेरक भनाइहरू तथा मनछुने लाइनहरू... दियो जस्तै; उज्यालो छर्ने हाम्रो प्रयास ।

जापानमा पैसा बचत गर्ने एउटा गज्जबको टेक्निक छ, जुन उनीहरूले विगत १०० वर्षदेखि प्रयोगमा ल्याउदै आएका छन् । यो भिडियोमा जा...
03/04/2025

जापानमा पैसा बचत गर्ने एउटा गज्जबको टेक्निक छ, जुन उनीहरूले विगत १०० वर्षदेखि प्रयोगमा ल्याउदै आएका छन् । यो भिडियोमा जापानीहरूको सो टेक्निकको बारेमा वृस्तितमा बताइएको छ । अवश्य हेर्नुहोला —

Discover Kakeibo, the Japanese art of mindful budgeting! This 100-year-old method helps you save money effortlessly by tracking your spending with a simple y...

विवीसी नेपाली सेवासँगको अन्तर्वार्तामा कुलमान घिसिङ्ग भन्नुहुन्छ — "मैले देशको लागि जनताको लागि जुन काम गरेँ विगत लामो स...
26/03/2025

विवीसी नेपाली सेवासँगको अन्तर्वार्तामा कुलमान घिसिङ्ग भन्नुहुन्छ — "मैले देशको लागि जनताको लागि जुन काम गरेँ विगत लामो समय देखि... अब एउटा graceful exit अथवा पुरस्कृत गरेर जानुपर्नेमा जुन किसिमले वहाँहरुले बर्खास्त गर्नुभाको छ, त्यसको लागि वहाँहरु लाई धेरै धेरै धन्यवाद छ ।"

बालेनले एक स्टाटस मार्फत सरकार र यसका नेतृत्वप्रति लक्षित गरेर कडा चेतावनी दिएका छन् ।
25/03/2025

बालेनले एक स्टाटस मार्फत सरकार र यसका नेतृत्वप्रति लक्षित गरेर कडा चेतावनी दिएका छन् ।

आखिर केपी ओलीको सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हटाएको छ । उर्जामन्त्री दिपक खड्...
24/03/2025

आखिर केपी ओलीको सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हटाएको छ । उर्जामन्त्री दिपक खड्काले बारम्बार प्रस्टीकरण सोध्ने देखि कार्यसम्पादनमा शुन्य अंक दिने जस्ता काम गर्दै आइरहेका थिए । कुलमानलाई असफल बनाउन उनि आफै क्रियाशील भएको र साझको समयमा लोडसेडिङ हुने कुरा बताउदै आएको नयाँ पत्रिकाले उल्लेख गरेको थियो । केपी ओलीको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएको यो पहिलो पटक होइन, अघिल्लो पटकको आफ्नो कार्यकालमा पनि उनले कुलमानलाई कार्यकारी पदबाट वर्खास्त गरेका थिए ।

कुलमान १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेको र उच्च व्यवस्थापकीय कौशल देखाएकोमा जानताद्वारा प्रशंसित हुँदै आएका थिए ।

उहाँलाई चिन्नुभयो ? प्रायःजसो आइपीओ बाँडफाँड कार्यक्रम हुँदा टोकरीमा राखिएका बल तानेर देखाइरहेको अवस्थामा उहाँका तस्विर ...
21/03/2025

उहाँलाई चिन्नुभयो ? प्रायःजसो आइपीओ बाँडफाँड कार्यक्रम हुँदा टोकरीमा राखिएका बल तानेर देखाइरहेको अवस्थामा उहाँका तस्विर देख्न पाइन्छ ।

उहाँ हुनुहुन्छ, लक्ष्मण श्रेष्ठ । उहाँले हालसम्म २०० भन्दा बढी कम्पनीको प्राथमिक शेयर निष्कासनको बांडफांडमा बल तनिसक्नुभएको छ । यसैले कतिले उहाँलाई IPO Dai पनि भन्छन । उहाँले पहिलो पटक NLG insurance company को आइपीओ बाँडफाँड हुँदा बल तान्नु भएको थियोे ।

स्रोत: सामाजिक सञ्जाल

नेपालका लोकप्रिय डाक्टर ओम मूर्ती अनिललाई ५ लाख धनराशीको प्रधानमन्त्री प्रतिष्ठा पुरस्कार मार्फत सम्मान गरिएको छ ।डाक्टर...
21/03/2025

नेपालका लोकप्रिय डाक्टर ओम मूर्ती अनिललाई ५ लाख धनराशीको प्रधानमन्त्री प्रतिष्ठा पुरस्कार मार्फत सम्मान गरिएको छ ।

डाक्टर अनिललाई धेरै धेरै बधाई तथा थप सफलताको शुभकमना ।

कुलमान सर, हामी तपाइको साथमा छौं ! सधै रहनेछौं ।
19/03/2025

कुलमान सर, हामी तपाइको साथमा छौं ! सधै रहनेछौं ।

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थ...
19/03/2025

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

सबैभन्दा ठूलो कुरा 'मोर्गेज' अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो ! त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।

मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि, धनी बन्न म शहर पसेँ । शहरमा आधा जीवन त एक्लो कोठा या फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको 'स्पेस' होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।

हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट 'म' हुनु रहेछ । राम्रो म !

के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र ?

— नारयण गाउँले

यसैले अब उप्रान्त मेरी श्रीमती राम्री छैन, खाना मिठो पाक्दैन, पैसा कमाउन सकिन भनेर मनलाई दुखी बनाउन बन्द गर्नुहोस् । बरू...
19/03/2025

यसैले अब उप्रान्त मेरी श्रीमती राम्री छैन, खाना मिठो पाक्दैन, पैसा कमाउन सकिन भनेर मनलाई दुखी बनाउन बन्द गर्नुहोस् । बरू अझै बढी जान्न पाए हुन्थ्यो, अझै बढी मेहेनत गर्न पाए हुन्थ्यो र अझै बढी सहयोग गर्न सके हुन्थ्यो भन्ने सोच्नुहोस् ।

अन्तत: ८ दिनलाई भनेर अन्तरिक्ष पुगेका उनन्सट्ठी वर्षीया सुनीता विलियम्स र बैसट्ठी वर्षीय बुच विल्मोर ९ महिनाको बसाइपछि प...
19/03/2025

अन्तत: ८ दिनलाई भनेर अन्तरिक्ष पुगेका उनन्सट्ठी वर्षीया सुनीता विलियम्स र बैसट्ठी वर्षीय बुच विल्मोर ९ महिनाको बसाइपछि पृथ्वीमा सकुशल फर्किएका छन् । त्यो अवधिमा उनीहरूले अमेरिकी निर्वाचनमा उतैबाट मतदान गरे, क्रिस्मस मनाए । रोचक कुरा त त्यो बसाइमा उनीहरूले हरेक दिन १६ पटक पृथ्वीमा सूर्योदय र सूर्यास्त भएको देख्न पाए । किनभने स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने गर्छ र हरेक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्न सकिन्छ ।

कसको वाल्यकालको फोटो हो, चिन्न सक्नुहुन्छ ? जसले १७ वर्षको उमेरमा Miss Teen Nepal मा भाग लिएर आफ्नो मोडेलीङको करियर सुरु...
17/03/2025

कसको वाल्यकालको फोटो हो, चिन्न सक्नुहुन्छ ? जसले १७ वर्षको उमेरमा Miss Teen Nepal मा भाग लिएर आफ्नो मोडेलीङको करियर सुरु गरेकी थिइन् । २० वर्षको उमेरमा उनलाई 'होस्टेल रिटर्न्स' मा अभिनय गर्ने मौका मिल्यो । र, यहीबाट उनको अभिनय यात्रा उकालो लाग्यो । त्यसयता 'छक्का पञ्जा', 'घामड शेरे', 'बुलबुल' इत्यादि चलचित्र मार्फत नेपालको सफल अभिनेत्रीको रुपमा परिचित छिन् ।

आफ्नो वाल्यकालको यो फोटो शेयर गर्दै उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्, "यी आँखाले धेरै सपना देखे, केही पूरा भए, केही बन्न बाँकी.....!"

चिन्नुभयो त को हो ?

तपाईलाई कस्तो लाग्यो ? उनि हुन् आविष्कार राउत । उमेरले जम्मा १६ लागे । कक्षा १० मा अध्ययनरत छन् । केही दिन अघि उनले विद्...
16/03/2025

तपाईलाई कस्तो लाग्यो ? उनि हुन् आविष्कार राउत । उमेरले जम्मा १६ लागे । कक्षा १० मा अध्ययनरत छन् । केही दिन अघि उनले विद्यालयको वार्षिक कार्यक्रममा दिएको एउटा मन्तव्य देश विदेशमा 'भाइरल' छ । उनले बोलेको शैली, विषय र शब्द चयनले गर्दा उनको भाषणले धेरैको ध्यान तान्न सक्यो ।

कतिपय मिडियाले त उनको बोल्ने शैलीलाई 'हिटलर' सँग तुलना गरेका छन् । हिटलर पनि आफ्नो भाषणमा देशभक्तिका कुरा जोड-जोडसंग राख्थे । जसको कारण उनका भाषण सुन्न लाखौ मानिस उपस्थित हुन्थे र उनीबाट तत्काल प्रेरित हुन्थे । कतिसम्म भने उनको भाषण सुनेर मानिस ओतप्रोत भएर बेहोससम्म हुन्थे । यसैले त एउटा सामान्य चित्रकारबाट जर्मनीका तानशाहसम्म बन्न सके ।

आविष्कारले पनि देशको नेता र भ्रष्टाचारले वाक्क भएर त्यो आक्रोषपूर्ण भाषण गरेको बताएका छन् । उनि भन्छन्, ‘भ्रष्टाचारमा देशको अवस्था लाज मर्दो छ, त्यसैले मैले यस्तो भाषण गरेको थिएँ ।’

आविष्कारलाई उज्ज्वल भविष्यको निम्ति शुभकामना ।

Address

Dee Why, NSW

Alerts

Be the first to know and let us send you an email when Safal Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal Sansar:

Share

प्रेरणाका क्षेत्रमा अझ लागि पर्दै

प्रेरणाको क्षेत्रमा अझ एक कदम अघि बढ्दै ! नेपाली भाषामा वृहत सामाग्रीहरु सहित नेपालकै सबैभन्दा ठुलो फेसवुक पृष्ठ अनि वेवसाइट ! आजै हाम्रो पेज लाइक एवं वेवसाइट लग अन गर्नुहोस : www.thesuccessnews.com/nepali