Safal Sansar

Safal Sansar संघर्षका कथा, सफलताका कथा, सकारात्मक खबर, प्रेरक भनाइहरू तथा मनछुने लाइनहरू... दियो जस्तै; उज्यालो छर्ने हाम्रो प्रयास ।

प्रभावमा स्वाभाव नफेर्ने अमरेश — अघिल्लो पटकको संसदमा अमरेश कुमार सिंह निरन्तर उठाएको बोलिको कारण चर्चित थिए । तत्कालिन ...
11/06/2026

प्रभावमा स्वाभाव नफेर्ने अमरेश — अघिल्लो पटकको संसदमा अमरेश कुमार सिंह निरन्तर उठाएको बोलिको कारण चर्चित थिए । तत्कालिन सरकारको कडा आलोचक भित्र उनि थिए । त्यो किन पनि सम्भव थियो भने उनलाई कुनैपनि पार्टीप्रति प्रत्यक्ष आस्था राख्नु पर्ने आवश्यकता थिएन ।

उनि कुनै बेला कांग्रेसका नेता थिए, तर उनले आफू कांग्रेस भए पनि निरन्तर शेर बहादुर देउवाको कार्यशैली र निर्णय माथी निरन्तर सार्वजनिक टिप्पणी गरीरहे । उनि स्वतन्त्र उठे तर पार्टीको विपक्षमा बोल्न डराएनन् ।

समयक्रममा आज उनि रास्वपामा आबद्ध छन्, त्यो पार्टी जसको संसदमा उपस्थिति झन्डै दुइ तिहाइको छ । रास्वपाको नै शक्तिशाली एकल सरकार छ । यस्तोमा पनि सरकार पक्षको दलबाटै सरकारका विषयमा खरो टिप्पणी गर्न र प्रश्न उठाउन त्यो पनि सार्वजनिक रुपमा यदि कसैले गरेको छ भने त्यो अमरेशकुमार नै हुन् ।

उनि कसैको स्वभाव र प्रभावमा पर्न चाहेको देखिदैन । वा प्रभावले आफ्नो स्वभाव फेर्ने गरेको पनि देखिदैन । तपाईलाई अमरेश कुमार सिंहको यो स्वभाव कस्तो लाग्यो ?!

जसलाई एक समय जान-अन्जानमा अनेकथरी आरोप लगाइयो, गाली गरियो र उनीहरूको हृदयमा ठेस लगाउने काम भएको जस्तो लाग्छ ।समिक्षा अधि...
11/06/2026

जसलाई एक समय जान-अन्जानमा अनेकथरी आरोप लगाइयो, गाली गरियो र उनीहरूको हृदयमा ठेस लगाउने काम भएको जस्तो लाग्छ ।

समिक्षा अधिकारी जसलाई एक समय 'दश लाख' भनेर अपहेलित गरियो ।

मिन बहादुर गुरुङ जसको राजनीतिक निकटताको कारण भटाभटेनी सुपर मार्केट आन्दोलनकारीको निरन्तरको निशानामा पर्न गयो ।

हितेन्द्रदेव शाक्य जसलाई शाक्य थर मिलेकै कारण सालो केटो उपमा दिइयो, जसको जेन-जी मुभनेन्टमा घर जल्न पुग्यो ।

एलिना चौहान जसलाई श्रीमानसँगको डिभोर्सलाई लिएर अपमानित गरियो ।

धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरेलाई रङ्गशाला सम्पन्न गर्न नसकेकोमा अनेकथरी आरोप लगाइयो ।

दिपा श्री निरौला जसले महानायक विवाद र दिपकराज गिरीसँगको निकटताको कारण निकै गाली खानु पर्यो ।

तर समय क्रममा यथार्थ थाहा हुन् गयो । उनीहरूमाथी परेको मानसिक आघात र कतिपयमा परेको भौतिक क्षतिको लागि एक पटक माफी माग्ने कि ?!

मलाई सानोमा धेरै कुराको आवश्यकता थिएन । मैले आवश्यकता पनि देखाइन । आजपनि मलाई भित्रदेखि केही रुची छैन । मलाई बाइक चढौं, ...
11/06/2026

मलाई सानोमा धेरै कुराको आवश्यकता थिएन । मैले आवश्यकता पनि देखाइन । आजपनि मलाई भित्रदेखि केही रुची छैन । मलाई बाइक चढौं, कार किनौं भन्ने इच्छा चाहना छैन । रहर नै भएको भए मैले पहिल्यै किनिसक्थे । म आज पनि पठाओ चढेर हिँड्छु । सदा र सरल लगाउने खाने नै मेरो चाहना हुन्छ ।

— सौगात मल्ल

महावीरले सिकाएको सफलताको सुत्र — महावीर पुनको सफलतालाई देख्दा मलाई भागवत गीताको एउटा संदेश याद आउछ, 'कर्म गर तर फलको आशा...
11/06/2026

महावीरले सिकाएको सफलताको सुत्र — महावीर पुनको सफलतालाई देख्दा मलाई भागवत गीताको एउटा संदेश याद आउछ, 'कर्म गर तर फलको आशा नगर' । केही वर्ष अघिसम्म नेपालीहरूको लागि नवप्रवार्तन भन्ने शब्द नयाँ नौलो थियो । अनुसन्धान र इनोभेसनले पनि राष्ट्र धनी हुन्छ भन्ने नेतृत्व तहले कल्पनासम्म गर्न सक्दैन थिए ।

तर महावीर त्यसैको लागि दशौ वर्ष देखि पटक पटक सरकारको ढोका ढकढाक्याउन हिडी रहे । 'यो देश यस्तै हो, यहाँ सकिदैन' भनेर उनले आफ्नो माग र बाटो छोडेनन् । बरू सरकार गर्दैन भने म आफै गर्छु भनेर आविष्कार केन्द्र खोलेर नवप्रवर्तनको लागि एक्लै लागि परे । आविष्कार केन्द्रले चर्चा बटुल्दै गएपछि उनि कृषि औजार कारखानामा ठोकीए, त्यासैको लागि जिल्ला-जिल्ला, गल्ली-गल्ली किताब बोच्दै हिडे । तर आफ्नो बाटो छोडेनन् ।

हरेक अन्तर्वार्तामा उनले एउटा कुरा दोहोराईरहे, 'मलाई म मूर्ख हो भन्ने मात्र थाहा छ ।' हुनपनि उनि कसैले नसुनेको र बुझ्न पर्नेले बुझ्न नखोजेको शब्दलाई लिएर यसरी लागि परे कि आज उनि देशकै सांसद बने । देशमै पहिलो पटक नवप्रवार्तन मन्त्रालय गठन गराए र अन्ततः त्यही मन्त्रालयको आफै मन्त्रीसम्म बने ।

हेर्नुस् त एउटा व्यक्ति, एउटा संसद न दल न पार्टी न आवाज तर निस्वार्थ भावनाले लागिरहने लागिरहने लागिरहने हो भने सफल हुन सकिने रहेछ । फलको आशा नगर, मानिसले मूर्ख वा के भन्छन त्यसलाई ध्यान नदेउ, यदी तिमी आफू प्रति पूर्व विश्वत छौ भने लागि परिरहने हो भने सफलता सम्भव छ, महावीर पुनको जीवनलाई हेर्ने हो भने यही सिक्न सकिन्छ ।

सदनका बौद्धिक नेता — सदनमा प्रतिपक्ष भनेको यस्तो हुनपर्छ कि जसले उठान गर्ने विषय, प्रयोग गर्ने शब्द, वाक्यको वजन सबै यति...
11/06/2026

सदनका बौद्धिक नेता — सदनमा प्रतिपक्ष भनेको यस्तो हुनपर्छ कि जसले उठान गर्ने विषय, प्रयोग गर्ने शब्द, वाक्यको वजन सबै यति महत्वपूर्ण र गह्रौ हुनु पर्छ कि त्यसले सरकारलाई सुन्न र सोच्न बाध्य बनाओस । आजको दिनमा विपक्षी बेन्चका कुनै एकजना व्यक्ति जसमा यी खुबी छ भनेर हेर्ने हो भने त्यो सायद भिष्मराज आङदेम्बे नै हुन् ।

पाचथरमा जन्मिएका उनको संसदमा धेरै आवाज सुनिदैन तर जब उनि रोष्टममा गएर बोल्छन, उनको बोलीमा विषय र वजन दुवै भएको पाइन्छ । त्यसको एउटा उत्कृष्ट उदाहरण हो, हिजोको उनको मन्तव्य

प्रतिपक्ष भनेको हो-हल्ला गर्नु मात्र होइन । विरोधका लागि आवाज उठाउनु र सदन अवरुद्ध गर्नु मात्र होइन । विरोधको लागि ठाडा र कडा शब्द प्रयोग गर्नु मात्र होइन । यसैका उदाहरण हुन्, भिष्मराज । विषयको उठान र शब्द मार्फतको प्रहर कति प्रहर थियो भने हिजो सत्तापक्षका सांसदको अनुहारमा देखिको भावभंगीले नै प्रष्ट देखाएको थियो ।

हामीलाई सदनमा भिष्मराज आङदेम्बे जस्तै बौद्धिक प्रतिपक्षको अझ भन्दा चर्को आवश्यकता छ । ताकी सिक्दै गरेको सरकारले बाटो बिराउन नपाओस् ।

अब्बल महिला मन्त्री — अहिलेको मन्त्रीमण्डलमा सायद कुनै चर्चा नखोजी काम र जिम्मेवारीलाई निरन्तर निभाईरहको मन्त्री हुन्, प...
07/06/2026

अब्बल महिला मन्त्री — अहिलेको मन्त्रीमण्डलमा सायद कुनै चर्चा नखोजी काम र जिम्मेवारीलाई निरन्तर निभाईरहको मन्त्री हुन्, प्रतिभा रावल ।

प्रतिभा आफैमा संघर्षले उदाएको महिला हुन् । पाँच वर्षकै उमेरमा आफ्नो बुवा गुमाएको प्रतिभाको लालनपालन र पढाइ उनको आमाले गरेको थिइन् । उनको लागि आमा नै पहिलो प्रेरणा बनिन । एउटी महिलाको संघर्षलाई भोगेर हुर्कन पाइन् ।

सुदुरपश्चिम जस्तो विकट क्षेत्र, उपचार र रोजगारीको लागि भारतमा निर्भर हुनुपर्ने अवस्था र पत्रकारिता मार्फत देशको अवस्थालाई निकै धेरै नजिकबाट चिन्न सकेको प्रतिभाले त्यसको समाधान गर्नको लागि नै राजनीति रोजेको थिइन्, र आज भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रीसम्म बन्न सकिन ।

झन्डै अढाई महिनाको कार्यकालमा उनको नेतृत्वमा निकै धेरै सुधारका कामहरू भए, उनले पदवहाली भएपश्चात तत्काल विचौलिया मुक्त मालपोतको लागि अभियान सुरु गरिन । मालपोत र नापीमा अभूतपूर्व सुधारका कामहरू सुरु भए ।

मालपोत नामलाई भू-सेवा केन्द्र बनाएर स्थानीय तहबाटै सेवा लिन सकिने बनाइन । नापी सेवाको लागि मेरो कित्तालाई आधुनिक र प्रविधी युक्त बनाएर छुट्टै मोबाइल एप सार्वजनिक गरिन । उनकै नेतित्वमा बाचा गरे अनुसार निकै जटिल मानिएको सहकारी समस्याको समाधानको लागि 'रिभोल्विङ फन्ड' स्थापना गरी ३७८ जना बढीको बचत रकम फिर्ता गर्ने काम सुरु गरिन ।

उनले कर्मचारीलाई दिएको स्पष्ट संदेश छ, "मन्त्रीलाई होइन, सेवाग्राही खुसी पारौं" । यी सबै उनले चर्चा पाउन गरेको देखिदैन । उनलाई लोकप्रियताको रहर होइन बरू कामप्रतिको जिम्मेवारी बोध भएको देखिन्छ ।

एउटी महिलाले पनि उत्कृष्ट काम गर्न सक्छ भन्ने उदाहरण हुन्, प्रतिभा रावल । हामीलाई उनि जस्तै महिला नेतृत्वको अझ धेरै आवश्यकता छ ।

इन्टेलकी नेपाली महिला इन्जिनियर — उदयपुरमा जन्मिएकी उपमा कार्की त्यो समय की थिइन् जतिबेला महिलालाई पढाउनु पर्छ भने चेतना...
07/06/2026

इन्टेलकी नेपाली महिला इन्जिनियर — उदयपुरमा जन्मिएकी उपमा कार्की त्यो समय की थिइन् जतिबेला महिलालाई पढाउनु पर्छ भने चेतना त थियो तर उच्चा शिक्षा दिनुपर्छ भन्ने अझै चेतनाको विकास भसकेको थिएन । तर उनका बुवा-आमा भने छोरीलाई चाहे जति पढाउनु पर्छ भन्ने मानसिकताका थिए ।

यसैले उदयपुरमै एसएलसी दिएपछि बुवा-आमाले उनलाई बिहेको कुरा गरेनन्, बरू थप पढ्न काठमाडौ पठाउने निर्णय गरे । बरू उपमा आफैलाई काठमाडौँ गएर पढ्न शंकोच चगीरहेको थियो । तर उपमा काठमाडौ आएर विज्ञान विषय लिएर अध्यन गर्न सुरु गरिन । उनले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तरसम्म पढिन । भौतिकशास्त्रलाई असाध्यै कठिन मध्यको विषय मानिन्छ ।

यसपछि विद्यावारिधिका लागि अमेरिका गईन र 'स्पिनट्रोनिक्स' मै विद्यावारिधि गरिन । पढी पूरा गर्नुअघि नै उनि आमा बनिसकेको थिइन् । तर सबै कठिनाइका बावजुद आज उनि संसारकै प्रशिद्ध चिप निर्माता कप्मानी इन्टेलमा इन्जिनियरका रुपमा कार्यरत छिन ।

कैयन कठिनाइका वावजुद अघि बढ्दै जाने र सहयोगी परिवार साथमा हुने हो भने महिलाले पनि उच्चस्तरको सफलता पाउन सक्ने एउटी उदाहरण बनेकी छन्, उपमा कार्की । उनलाई थप उज्वल भविष्यको शुभकमना ।

सुरु त गर्नुहोस् — बझांगको यही ढुङ्गाको घरबाट सुरु भएको थियो रविन्द्र ढाँटको यात्रा । सफलताको यात्रा सुरु गर्न तपाईसँग म...
07/06/2026

सुरु त गर्नुहोस् — बझांगको यही ढुङ्गाको घरबाट सुरु भएको थियो रविन्द्र ढाँटको यात्रा । सफलताको यात्रा सुरु गर्न तपाईसँग महल हुनुपर्छ भन्ने छैन, बैंक व्यालेन्स हुनुपर्छ भन्ने छैन, पद र पहुच हुनुपर्छ भन्ने छैन । बरू जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यहीबाट सुरु गर्नु आवश्यक हुन्छ ।

रविन्द्रले गिट्टी कुटे, विजुलीक गह्रौ पोल बोके, ढुंगा बोके । दिल्ली गएर चिया पकाए, पोछा लगाए । तर सँगै कराते सिके, मार्सल आर्ट सिके र उपयुक्त समयको पर्खाइमा बसे ।

रविन्द्र ढाँटले यो सिकाएका छन्, सफल हुन्, आँट गर्नु पर्छ । सुरुवात गर्न सक्नुपर्छ । बाँकी सबै सम्भव हुँदै जनेछन् । 🙏

जब इश्वर तपाईको साथमा हुन्छन, मृत्यु पनि जितिने रहेछ — सगरमाथामा एउटा यस्तो क्षेत्र छ जसलाई खुम्बु आइसफल भनिन्छ । यो ठाउ...
05/06/2026

जब इश्वर तपाईको साथमा हुन्छन, मृत्यु पनि जितिने रहेछ — सगरमाथामा एउटा यस्तो क्षेत्र छ जसलाई खुम्बु आइसफल भनिन्छ । यो ठाउ यति डरलाग्दो छ कि त्यहाँ फसेका व्यक्तिको जीवितै रहने सम्भावना एकदमै न्यून छ । यसैले यो क्षेत्रलाई 'डेथ जोन' भनेर चिनिन्छ । तर त्यही क्षेत्रमा एउटा चमत्कार घट्छ ।

ओखलढुंगाका दावा शेर्पा आफ्नो नियमित काममा पोल्याण्डका एक नागरिकको एसिस्टेन्ट भएर सगरमाथा तर्फ गएका हुन्छन् । तर दुर्भाग्यवस् त्यही डेथ जोनमा उनि खसेर हराउन पुग्छन् । उनलाई भेट्न हाइ अल्तिच्युट हेलिकप्टरको पनि प्रयोग गरिन्छ तर भेटिदैन । पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन गर्दै दिन बित्दै जान्छ तर अह उनलाई भेट्न सकिदैन ।

क्याम्प ३ र ४ भन्दा माथिल्लो क्षेत्र, जहाँ अक्सिजन एकदमै न्यून हुन्छ, त्यसमाथी दिन र रातको घन्टौभरमै जम्ने अत्यधिक चिसो, न खाना छ, न पानी । र, हराएको यतिका दिन हुँदा पनि नभेटिनुले उनको मृत्यु भएको लगभग निश्चित नै थियो । यसैले सबैले आश मारीसकेका थिए । त्यो क्षेत्र जहाँ कतिको त लास पनि भेटिदैन ।

तर यो स्तरको चमत्कार इश्वरीय नै हुनुपर्छ, सातौँ दिनपछि सगरमाथा सरसफाई गर्ने एउटा टोलिले कोही बेसक्याम्प भन्दा केही माथी ‘क्याम्पोन पोइन्ट’मा कोही व्यक्ति हिउमा घिस्रीरहेको देख्छन् । उनीहरू तत्कालै त्यहाँ जान्छन् । ती व्यक्ति अरू कोही नभएर उनी दावा शेर्पा थिए ।

त्यो सातदिनसम्म उनि लगातार घिस्रिएर क्याम्प ४ भन्दा माथी बाट, खुम्बु आइसफल पार गरेर, विना अक्सिजन, विना खाना-पानि, रातको माइनस पच्चीस डिग्री सेल्सियसको जम्ने चिसोलाई सहेर घिस्रीदै घिस्रीदै उनि झन्डै बेसक्याम्प सम्म आइपुगेका थिए ।

यो सगरमाथाको रेकर्डेड इतिहासमा न पहिले भएको थियो, न हुने सम्भव नै थियो । तर दावा शेर्पाले जिवितै रहेर त्यो 'असम्भव' लाई 'चमत्कार' मा रुपान्तरण गरेका थिए ।

हातका औला फ्रस्ट बाइट हुनु र बोल्न कठिनाइ भएको देखिएको दावा शेर्पालाई शिघ्र स्वास्थ्या लाभको कमाना छ । 🙏

विश्वका सबैभन्दा प्रख्यात हास्य कलाकार चार्ली च्याप्लिनको ८८ वर्षको उमेरमा निधन भएको थियो । तर मानवजातीलाई उनले हाँसो मा...
03/06/2026

विश्वका सबैभन्दा प्रख्यात हास्य कलाकार चार्ली च्याप्लिनको ८८ वर्षको उमेरमा निधन भएको थियो । तर मानवजातीलाई उनले हाँसो मात्र होइन, धेरै महत्वपूर्ण पाठ पनि सिकाएर जानुभएको थियो ।

उहाँका ४ महत्वपूर्ण पाठहरू —

(१) यस संसारमा केही पनि चिज स्थायी छैनन । र, हाम्रा दुख र समस्याहरू पनि स्थायी होइनन् ।

(२) मलाई झरीमा हिँड्न मन लाग्छ, किनकी झरीमा मेरो आँसु कसैले देख्न सक्दैन ।

(३) जीवनको सबैभन्दा खेर गएको दिन त्यो दिन हो जुन दिन हामी हाँसेनौं ।

(४) विश्वका ६ उत्कृष्ट डाक्टरहरु...
१. घाम,
२. आराम,
३. व्यायाम,
४. आहार,
५. आत्म-सम्मान, र
६. साथीहरू।

यिनीहरूलाई आफ्नो जीवनको सबै आरोह-अवरोहमा आफ्नो साथमा राख्नुहोस् र स्वस्थ जीवनको आनन्द लिनुहोस् ।

— चन्द्रमा हेर्नुभयो भने भगवानको सौन्दर्य देख्नुहुनेछ।
— सूर्यलाई हेर्नुभयो भने भगवानको शक्ति देख्नुहुनेछ।
— यदि तपाईंले ऐनामा हेर्नुभयो भने, तपाईंले भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ।
यी सबैमा विश्वास गर्नुहोस् ।

आफूमा विश्वास गर्नुहोस, ईश्वरमा विश्वास गर्नुहोस् र जीवनको आनन्द लिनुहोस्। किनकी जिन्दगी एउटा यात्रा मात्र हो ! यसैले हिजोको पछुतो र भोलीको चिन्तालाई कम गरेर आजमा बाँच्नुहोस् !

Address

Dee Why, NSW

Alerts

Be the first to know and let us send you an email when Safal Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal Sansar:

Share