Avyukta

Avyukta Latest News & Trends of Australia & Nepal
(3)

आज दरबार हत्याकाण्ड भएको २५ वर्ष पूराआज जेठ १९, नेपाली इतिहासको सबैभन्दा पीडादायी र रहस्यमय दिनमध्ये एक हो। वि.सं. २०५८ ...
02/06/2026

आज दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा

आज जेठ १९, नेपाली इतिहासको सबैभन्दा पीडादायी र रहस्यमय दिनमध्ये एक हो। वि.सं. २०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्यसहित राजपरिवारका धेरै सदस्यको मृत्यु भएको थियो।
यो घटनाले नेपाली राजतन्त्र, राजनीति र जनमानसमा गहिरो प्रभाव पारेको थियो। दरबारभित्रै भएको उक्त हत्याकाण्डबारे आजसम्म पनि धेरै प्रश्न, शंका र बहसहरू कायम छन्। घटना भएको दशकौँ बितिसक्दा पनि नेपाली समाजमा जेठ १९ लाई शोक, सम्झना र इतिहासको संवेदनशील अध्यायका रूपमा हेरिन्छ।

श्रद्धाञ्जली।

अस्ट्रेलियाको जनसंख्या २ करोड ८० लाख नाघेको छ। Australian Bureau of Statistics को अनुमानअनुसार अस्ट्रेलियामा करिब प्रत्य...
02/06/2026

अस्ट्रेलियाको जनसंख्या २ करोड ८० लाख नाघेको छ। Australian Bureau of Statistics को अनुमानअनुसार अस्ट्रेलियामा करिब प्रत्येक ७५ सेकेन्डमा जनसंख्या एक जनाले बढिरहेको छ।

सन् २०२५ को अन्त्यमा अस्ट्रेलियाको जनसंख्या २ करोड ७५ लाख ९४ हजार ४६४ रहेको अनुमान गरिएको थियो। २ करोड ७० लाखबाट २ करोड ८० लाख पुग्न अस्ट्रेलियालाई करिब दुई वर्ष लागेको छ।

हालको वृद्धिदर कायम रहे अस्ट्रेलियाको जनसंख्या सन् २०२८ मा २ करोड ९० लाख र सन् २०३१ सम्ममा ३ करोड पुग्न सक्ने अनुमान गरिएको छ।

अस्ट्रेलियामा करिब ८३ लाख नागरिक विदेशमा जन्मिएका छन्। पछिल्लो तथ्यांकअनुसार भारत अस्ट्रेलियाबाहिर जन्मिएका नागरिकहरूको सबैभन्दा ठूलो स्रोत देश बनेको छ।

Queensland सरकारले e-bike र e-scooter सम्बन्धी प्रस्तावित नियमहरू केही खुकुलो बनाएको छ।नयाँ संशोधित व्यवस्थाअनुसार १२ दे...
02/06/2026

Queensland सरकारले e-bike र e-scooter सम्बन्धी प्रस्तावित नियमहरू केही खुकुलो बनाएको छ।

नयाँ संशोधित व्यवस्थाअनुसार १२ देखि १७ वर्ष उमेरका किशोरकिशोरीले अभिभावकको निगरानीमा e-bike र e-scooter चलाउन पाउनेछन्। Medical condition वा disability भएका व्यक्तिहरूलाई भने licensing requirement बाट छुट दिइनेछ।

१ जुलाईदेखि police ले illegal high-powered devices जफत गरी नष्ट गर्न सक्नेछ भने २५ km/h भन्दा बढी unassisted speed जान सक्ने e-bike र e-scooter प्रतिबन्धित हुनेछन्। Pedestrians नजिक speed limit १२ km/h रहनेछ।

३१ अगस्तदेखि riders लाई driver’s licence आवश्यक पर्ने व्यवस्था लागू हुनेछ। नयाँ कानून यसै साता Queensland state parliament बाट पारित हुने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाभर pothole समस्या बढ्दै जाँदा चालकहरू दुर्घटनाको जोखिमसँगै महँगो सवारी मर्मत खर्चको सामना गरिरहेका छन्।Snap S...
02/06/2026

अस्ट्रेलियाभर pothole समस्या बढ्दै जाँदा चालकहरू दुर्घटनाको जोखिमसँगै महँगो सवारी मर्मत खर्चको सामना गरिरहेका छन्।

Snap Send Solve का अनुसार मार्च २०२६ सम्मको १२ महिनामा देशभर करिब ९५ हजार pothole र damaged-road reports दर्ता भएका छन्। यो अघिल्लो अवधिको तुलनामा ३१ प्रतिशत बढी हो।

Victoria मा सबैभन्दा धेरै ३३,११५ रिपोर्ट दर्ता भएका छन् भने NSW र Queensland पनि बढी प्रभावित राज्यमा परेका छन्। ग्रामीण क्षेत्रमा pothole समस्या अझ गम्भीर रहेको बताइएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ।बजे...
02/06/2026

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ।
बजेटमा सिप सिकेर मात्र विदेश जाने व्यवस्था मिलाउने र श्रमिकले लिएको ऋणको किस्ता रोजगारदाताबाटै भुक्तानी गर्ने व्यवस्था अघि सारिएको छ।
लागत र सेवा शुल्कबारे ठोस मोडल बनेपछि मात्रै यो योजना व्यवहारमा लागू हुने देखिएको छ।

सामान्य BMI भएका व्यक्तिमा पनि clinical obesity हुन सक्ने अध्ययनको निष्कर्ष
02/06/2026

सामान्य BMI भएका व्यक्तिमा पनि clinical obesity हुन सक्ने अध्ययनको निष्कर्ष

सामान्य Body Mass Index (BMI) भएका व्यक्तिमा पनि clinical obesity हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। University of Southern California का अनुसन्धानकर्ता .....

अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने, करिब ३० लाख कामदार लाभान्वितअस्ट्रेलियामा न्यूनतम ज्याला ४.७५ प्रतिशतले वृद्धि हुने ...
02/06/2026

अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने, करिब ३० लाख कामदार लाभान्वित

अस्ट्रेलियामा न्यूनतम ज्याला ४.७५ प्रतिशतले वृद्धि हुने भएको छ। Fair Work Commission को निर्णयअनुसार नयाँ दर १ जुलाईदेखि लागू हुनेछ।
नयाँ व्यवस्थापछि न्यूनतम ज्याला प्रतिघण्टा २६.४४ डलर वा सातामा १००४.९० डलर पुग्नेछ। यससँगै वार्षिक न्यूनतम आम्दानी ५२,२५४.८० डलर हुनेछ, जुन अघिल्लो दरभन्दा करिब ३ हजार डलर बढी हो।

01/06/2026

भिक्टोरियामा निःशुल्क सार्वजनिक यातायात सेवा अन्त्य ||

01/06/2026

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण ||

काठमाडौं महानगरपालिकाले जेठ १७ गते लिएको छात्रवृत्ति छनोट परीक्षामा न्यूनतम ४० अंक ल्याउने १४ हजार ५७ विद्यार्थी उत्तीर्...
01/06/2026

काठमाडौं महानगरपालिकाले जेठ १७ गते लिएको छात्रवृत्ति छनोट परीक्षामा न्यूनतम ४० अंक ल्याउने १४ हजार ५७ विद्यार्थी उत्तीर्ण भएका छन्, जसले शैक्षिक सत्र २०८३/०८४ मा महानगरअन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ अध्ययनको छात्रवृत्ति प्रक्रियामा सहभागी हुन पाउनेछन्।

Address

Flemington Road
Gungahlin, ACT
2912

Telephone

+61420667599

Website

http://www.avyuktnews.com/

Alerts

Be the first to know and let us send you an email when Avyukta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Avyukta:

Share