Nepal News

Nepal News News, News & News

आदर्श युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित बुधबारे बालुवाटार अघि संचालन भइरहेको हाउजी खेलमा आज अर्जुनधार...
18/10/2024

आदर्श युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित बुधबारे बालुवाटार अघि संचालन भइरहेको हाउजी खेलमा आज अर्जुनधारा -८ मोहिबर रहमान ले हाउस फुल जित्न सफल भएका छन् ।
चाडपर्वको खुशीयालीमा केहीदिन अघि देखि संचालन भइरहेको हाउजी सौहार्दपूर्ण वातावरणमा चलिरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
31/08/2024

झापाको बुद्धशान्ति गाउँपालिकामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

थासाङ हिउँपहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्योधवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले प...
28/08/2024

थासाङ हिउँपहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्यो

धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो ।

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्नेसीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सा...
23/08/2024

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान सङ्कटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए । सो स्थानमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् ।

Dang to Kathmandu चल्ने एउटा Night Deluxe Bus मा hostess सहितको सेवा सुरु भएको छ ।
22/08/2024

Dang to Kathmandu चल्ने एउटा Night Deluxe Bus मा hostess सहितको सेवा सुरु भएको छ ।

कलाकार कार्कीलाई मातृशोककलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भ...
22/08/2024

कलाकार कार्कीलाई मातृशोक

कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो । पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
कलाकार कार्कीको आज जन्मदिन पनि हो ।

हैजा सङ्क्रमितको संख्या ५८ पुग्योनेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा  सङ्क्रमित थपिएसँगै ...
20/08/2024

हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो

नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन् ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ७ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भईसकेका छन् ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेको घटनाबारे छानबिन सुरु भएको छ । साउन ३२...
19/08/2024

कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेको घटनाबारे छानबिन सुरु भएको छ । साउन ३२ मा पशुपतिमा कोटिहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमूर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन् ।

तर, उनका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू उनलाई गिरफ्तार गर्नबाट पछि हटे । आफूलाई ‘महाराज’ दाबी गर्ने भण्डारीले प्रहरी प्रधान कार्यालयबाट लिएको ‘पुलिस रिपोर्ट’ बारे सोधपुछ मात्र गर्न खोजेको प्रहरीको दाबी छ । आफ्नै हेड्क्वार्टरले दिएको रिपोर्टबारे सेवाग्राहीसँग सोधपुछ गर्न खोज्नु प्रहरीको ‘केटाकेटीपन’ देखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्, ‘नक्कली भन्ने लागेर सोधपुछ गर्न गएका थियौँ ।’

सोलुखुम्बुमा हिमपोखरी फुटेको आशङ्का, थामे क्षेत्रमा त्राससोलुखुम्बु जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा...
16/08/2024

सोलुखुम्बुमा हिमपोखरी फुटेको आशङ्का, थामे क्षेत्रमा त्रास

सोलुखुम्बु जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमपहिरो गएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

उनले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिए पनि विवरणहरू आइनसकेको बताइन् । प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।

‘सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले रातोपाटीसँग भनिन् ।

सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।

Address

Hayes, TAS

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal News:

Share

Category

Nearby media companies


Other Hayes media companies

Show All