
10/01/2025
📢 सूचना: पासपोर्ट घुम्ती सेवा (Biometric)
Launceston मा जनवरी १४ र १५ तथा Hobart मा जनवरी १६, १७, र १८ तारिखमा Biometric सेवा सञ्चालन हुनेछ। यो अवसरको अधिकतम लाभ उठाउनुहोस्, र यो सेवा उपलब्ध गराउन सहयोग गर्ने NRNA Australia NRNA Tasmaniaटोलीप्रति हार्दिक धन्यवाद! 🙏
सूचना सूचना सूचना
पासपोर्ट घुम्ती सेवा: Biometric सम्बन्धि महत्वपूर्ण जानकारी
हामीले तपाईहरूको Biometric समय (Date & Time) निर्धारण गरी सबैलाई अस्ती र हिजोका दिन (२ दिन) सम्म लगाएर ईमेल पठाइसकेको छौं। कृपया आफ्नो ईमेल ध्यानपूर्वक जाँच गर्नुहोस्। साथै, Biometric गर्न आवश्यक कागजातहरूको सूचीको लागि प्रदान गरिएको लिंकमा क्लिक गरी आवश्यक जानकारी प्राप्त गर्न सक्नुहुन्छ।
https://au.nepalembassy.gov.np/passport/
हामीले Launceston का लागि आवेदनदाताहरूको संख्या कम भएकाले जनवरी १४ तारिख पूरा दिन र १५ तारिख केही घण्टाका लागि मात्र केही आवेदनदाताहरूलाई समय दिएको छौं।
तसर्थ, आफ्नो तोकिएको समयभन्दा अगाडि उपस्थित हुनुहोस्। समयमा उपस्थित नभएमा १५ तारिखपछि Hobart जाने भएकाले Launceston मा सहयोग गर्न सकिने छैन।
Hobart को लागि Biometric कार्यक्रम जनवरी १६, १७ र १८ तारिखमा Glenorchy Library मा हुने छ। तर १८ तारिखको स्थान परिवर्तन हुन सक्ने सम्भावना छ, जुन हामीले पछि जानकारी गराउनेछौं।
महत्त्वपूर्ण जानकारीहरू:
1. यदि तपाईंले फारम भरिसक्नुभएको छ, सम्पूर्ण शुल्क तिरिसक्नुभएको छ, तर Biometric तालिका (schedule) को ईमेल प्राप्त भएको छैन भने तुरुन्तै हामीलाई जानकारी दिनुहोस्।
[email protected]
[email protected]
2. फारम भरिसक्नुभएको छ तर शुल्क बाँकी रहेको छ भने चाँडै शुल्क तिर्नुहोला र तुरुन्तै हामीलाई जानकारी दिनुहोस्। त्यसपछि हामी तपाईंको Biometric तालिका निर्धारण गर्नेछौं।
3. पुनः तालिका निर्धारण (reschedule) को लागि धेरै आवेदन परेकाले विशेष कारण (जस्तै गम्भीर स्वास्थ्य समस्या वा साना बच्चाहरूको चुनौती) बाहेक अन्य कारणले Reschedule अनुरोध स्वीकृत हुन असम्भव छ।
4. यदि फारम भरिएको छैन र शुल्क तिरिएको छैन भने हामी यो सेवा उपलब्ध गराउन सक्नेछैनौ।
Biometric को पालो पर्खँदा:
• अनुशासन पालना गर्नुहोस्।
• हामी स्वयंसेवा (volunteer) गरिरहेका छौं र हाम्रो काममा असजिलो गराईदिनुभयो भने हामीलाई काम गर्न कठिन हुन्छ र तँपाईको अर्को साथीलाई पनि असर पर्न सक्नेछ।
• तपाईंको सहनशीलता र सहयोगका लागि धन्यवाद।
Biometric Room प्रवेश गर्नु अघि ध्यान दिनुपर्ने कुराहरू:
1. आवेदन फारमका सबै विवरणहरू सावधानीपूर्वक जाँच गर्नुहोस्।
• जन्ममिति, पुरानो पासपोर्ट नम्बर, नागरिकता नम्बर आदि विवरणमा कुनै त्रुटि भएमा प्रक्रिया ढिलो हुन सक्छ।
2. नेपालको स्थायी ठेगाना निश्चित गर्नुहोस्।
• संघीय संरचना अनुसार गाउँ/टोल, वडा नम्बर, प्रदेश, जिल्ला र नगरपालिकाको नाम सुनिश्चित गर्नुहोस्।
• यदि विवरण सच्याउनु पर्ने भए, Biometric Room मा जानकारी दिनुहोस्।
3. फोटो खिच्ने क्रममा पालना गर्नुपर्ने नियमहरू:
• मेकअप (जस्तै लिपस्टिक, गाजल) र गहनाहरू (जस्तै माला, कानका रिङ, नाकका रिङ) हटाउनुहोस्।
• निधार र दुबै कान स्पष्ट देखिने गरी कपाल मिलाउनुहोस्।
Biometric Room प्रवेश गर्दा:
• आफ्नो गाउँपालिका/नगरपालिका र वडा नम्बर निश्चित गरेर मात्र प्रवेश गर्नुहोस्।
• विवरण सच्याउनु पर्ने भए Biometric Room मा जानकारी दिनुहोस्।
• राहदानीको फोटो खिच्नका लागि मेकअप र गहनाहरू हटाएर मात्र प्रवेश गर्नुहोस्।
तपाईंको सहकार्यका लागि धन्यवाद।
Biometric Team
Launceston and Hobart
सम्पर्क नाम र फोन नम्बर:
Hobart Contact Detalls:
Asmika Shrestha - 0404212040
Christina Pradhan - 0449801299
Sujan Wagle - 0434164304
Uttam Adhikari- 0452296713
Jagadish khadka- 0451512329
Launceston Contact Details:
Prayas Karki - 0451513849
Aarju Rijal Rajak - 0424550552
Arjun Shrestha - 0424 214 875
धन्यवाद