Watchdog Media Nepal

Watchdog Media Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Watchdog Media Nepal, Media/News Company, 64 Botany Street, Hurstville.

वाचडग मिडिया नेपालले सामाजिक आर्थिक राजनीतिक शैक्षिक विभिन्न विषयवस्तुहरूमा आफ्ना टेलिभिजन कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आएको छ। यस बाहेक भिडियो डकुमेन्ट्री शर्ट फिल्म विज्ञापन लगायतका विभिन्न सेक्टरमा आफ्ना कामहरु गर्दै आएको छ।

18/11/2025

Gyanendra Shahi says this about exposing the person who burned down Singha Durbar

You can contact us to report on cricket related analysis. Send your CV to the email below. Email: newscrickect@gmail.com
10/06/2025

You can contact us to report on cricket related analysis. Send your CV to the email below.
Email: [email protected]

क्रिकेट सम्बन्धी विश्लेषण सहित रिपोर्टिङ गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। तल Email मा सिभी पठाउनुहोस्।
Email :[email protected]

28/05/2025

भक्तपुर क्यान्सर हस्पिटलले नयाँ प्रविधिको सिटि स्क्यान मेसिन नेपालमा भित्राएको छ ।

प्रधानमंत्री पद- प्रमुख कार्यकारीमात्र होइन, संस्था पनि हो। कुनै पनि बहालवाला प्रधानमंत्री पदमा कायम रहुन्जेल, त्यो संस्...
26/05/2025

प्रधानमंत्री पद- प्रमुख कार्यकारीमात्र होइन, संस्था पनि हो। कुनै पनि बहालवाला प्रधानमंत्री पदमा कायम रहुन्जेल, त्यो संस्थाको मर्यादाको प्रमुख रक्षक पनि हुनुपर्छ। लोकतन्त्रको उच्चतम पदले त्यही अनुपातमा उच्च संयम, नैतिकता र उदारताको माग गर्छ । होइन भने भने, त्यो पदको गरिमा अवमुल्यन हुदै जान्छ ; जस्ले गर्दा अन्तत आम मानिसका नजरमा समस्त प्रणालीको ईज्जत गिर्दै जान्छ।
मंदीरको गरिमा जतिसुकै उच्च भए पनि, पुजारीको आचरणले त्यसको ख्याल गरेन भने - समाजमा संयम , गरिमा र शोभाको उदाहरण बाकी रहदैन ।
कुनै पनि जायज वा नाजायज बहानामा एमाले कार्यकर्तालाई जेष्ठ १५ गते सडक कब्जा गर्ने आदेश दिइनु , प्रधानमंत्री पदको गरिमा खसाल्ने काम हो।
यस सन्दर्भमा हामीले पुर्वप्रधानमंत्री श्री मनमोहन अधिकारीजीको शालिनतालाई स्मरण गर्न जरुरी छ। हामी अनुदार र आक्रोसित नभैकन पनि आफ्ना बिमति प्रकट गर्न सक्छौ । त्यसो गरे , सायद , हामी झन प्रभावकारी र जनताको मन जित्ने नेता र मानिसका रुपमा चीरकालका लागी स्थापित हुन सक्छौ ।
साथै आम जनता र अरुहरुले पनि , कुनै पनि प्रधानमंत्री बारे टिप्पणी गर्दा त्यो संस्थाको मर्यादा कायम राखेर समर्थन वा बिरोध गर्दा उचित हुन्छ । हुन त मर्यादाहरुको एक पक्षिय र बराबर पालन हुन सजिलो हुन्न । तथापी जो जति उच्च पदमा छ , त्यसको जिम्मेवारी त्यही अनुपातमा बढी हुन्छ – समाजमा संस्कार बसाल्नको लागी ।
प्रसंगवश , म त्यो सौभाग्यशाली (वा दुर्भाग्यशाली) पत्रकार हु, जसलाई मनमोहन अधिकारीजीले आफ्नो जीवनको अन्तिम अन्तरवार्ता दिनु भयो । एक प्रसंगमा मैले वहालाई सोधे :
‘मनमोहनजी तपाईलाई मानिसले कसरी याद गरुन जस्तो लाग्छ ?‘
‘मनमोहन एक असल मानिस थियो भनेर संम्झी दिए पुग्छ मलाई,विजय!’
‘त्यतिमात्र मनमोहजी ? नेपालको पहिलो कम्युनिस्ट प्रधानमंत्री वा बामपन्थी आन्दोलनको मुर्धन्य नेता भनेर संम्झन पर्दैन ?‘
‘प्रधानमंत्री हुनुभन्दा , असल मानिस हुनु गाह्रो छ जस्तो लाग्छ मलाइ, विजय ! ‘
यति भनेर निर्बोध , निश्छल बालख जस्तै मुस्कुराएका थिए , मनमोहनजी …. Written by : Vijay kumar panday

Address

64 Botany Street
Hurstville, NSW
2218

Alerts

Be the first to know and let us send you an email when Watchdog Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Watchdog Media Nepal:

Shortcuts

Share