Connect Nepali Media - कनेक्ट नेपाल मिडिया

Connect Nepali Media - कनेक्ट नेपाल मिडिया Connect Nepali Media Pty Ltd is dedicated to providing fair information to the Nepalese people living around the globe. Published from Australia and Nepal.

आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, उच्च विन्दुमा कायमनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...
17/12/2025

आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, उच्च विन्दुमा कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८७ पैसा र बिक्रीदर २२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
13/12/2025

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि

यस्तो छ आजको विदेशी मुद्राको दर - अमेरिकी डलर मूल्य उच्च बिन्दुमानेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको वि...
12/12/2025

यस्तो छ आजको विदेशी मुद्राको दर - अमेरिकी डलर मूल्य उच्च बिन्दुमा

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूपैयाँ ०२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६ पैसा छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

लुम्बिनी लायन्सको उडानसिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रत...
11/12/2025

लुम्बिनी लायन्सको उडान
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो। उपाधि भिडन्त पर्सी शनिबार साढे तीन बजे हुनेछ।

गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो भने लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो।

बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो।

सामान्य लक्ष्य भए पनि विराटनगरले खराब सुरूवात गर्‍यो। उसले ६ बलको अन्तरमा सुरुवाती तीन ब्याटरलाई गुमायो।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ओभरको पाँचौ बलमा मार्टिन गप्टिललाई २ रनमा जेजे स्मिटबाट क्याच गराए। अन्तिम बलमा लोशेक बम बोल्ड भए। जसका कारण लुम्बिनीले उत्कृष्ट सुरुवात गर्दै विराटनगरलाई पहिलो ओभरदेखि नै दबाबमा राख्यो।

दोस्रो ओभरको तेस्रो बलमा पाफ डु प्लेसिस (३ रन) मा शेर मल्लबाट बोल्ड हुँदा फेरि अर्को खेलमा विराटनगरको टप अर्डर कोल्याप्स्ड भयो। यसअघि पहिलो क्वालिफायरमा सुदुरपश्चिमविरूद्ध पनि विराटनगरको टप अर्डर कोल्याप्स्ड भएको थियो।

विराटनगरले सातौं ‌ओभरमा चौथो विकेट गुमायो। शंकर राना (७ रन) लाई तिलकराज भण्डारीले बोल्ड गरिदिए। त्यतिबेला विराटनगरले ३० रन जोडेको थियो।

त्यसपछि साम हिजलेट र मर्स्याङ डी लाङले पाँचौ विकेटका लागि २८ रनको साझेदारी गरे। तर हिजलेट एघारौं ओभरको अन्तिम बलमा जेजे स्मिटको बलमा दुर्गेश गुप्ताबाट समातिदा विराटनगर संकटमा पर्‍यो। हिजलेटले ३४ रन जोड्ने क्रममा २८ बलमा खेलेर २ चौका र २ छक्का प्रहार गरे।

दुई ओभरपछि बसिर अहमद पनि आउट हुन पुगे। उनी ३ रनमा तिलककै बलमा ट्रम्पलम्यानबाट क्याच भए। फेरि पनि विराटनगरले विकेट गुमायो। सन्दीप लामिछाने १३औं ‌औभरमा ३ रन बनाउँदा अभिषेश गौतमको बलमा सन्दीप जोराबाट क्याच भएका थिए।

मर्स्याङ डि लाङ १५औं ओभरमा १७ रन बनाएर आउट भएपछि विराटनगरको आशा सकियो। २० बलमा १ चौका प्रहार गरेका उनलाई अभिषेशले विकेट पछाडि निरोशन डिक्वेलाबाट क्याच गराए। प्रतिश जिसी पनि नवौं विकेटको रुपमा २ रनमा आउट हुँदा लुम्बिनी जित नजिक पुग्यो। प्रतिशलाई तिलकले डार्शी सर्टबाट १५.४ ओभरमा आउट गरे। अन्तिम विकेटको रुपमा नरेन भट्ट २१ रनमा आउट भए। उनलाई जेजे स्मिटले ट्रम्पलम्यानबाट क्याच गराए।

बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिए। उनले १५ रन खर्चिए। स्मिट, अभिषेश र ट्रम्पलम्यानको नाममा २-२ विकेट रह्यो। शेर मल्लले एउटा महत्वपूर्ण विकेट लिए।

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो।

लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे।

ओपनर दिनेश अधिकारी १ रनमा आउट भएपछि शर्ट र रोहितबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो। रोहित १२औं ओभरमा विराटनगरका सुवास भण्डारीबाट बोल्ड भएका थिए। त्यसपछि लुम्बिनीले लगातार विकेट गुमाएको थियो।

शर्टले ४५ रन जोड्ने क्रममा ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरमा डार्शीसहित रोहित र दिनेश गरी शीर्ष तीन ब्याटरको विकेट विराटनगरका सुवास भण्डारीले लिए।

लुम्बिनीका सन्दीप जोरा र जेजे स्मिट डक आउट भए। जोरालाई कप्तान सन्दीप र स्मितलाई प्रतिश जिसीले क्याच गराए।

त्यसपछि दिलिप नाथ १ रनमा आउट भए भने निशोसन डिक्वेलाले २९ रन जोड्न सके। सन्दीपबाट १८औं ओभरको पाँचौ बलमा क्याच भएका डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा शेर मल्ललाई ७ रनमा प्रतिश जिसीले क्याच गराए। रुबेल ट्रम्पलम्यानले नटआउट ११ रन जोडे।

बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिँदा ४ ओभरमा १४ रन मात्र दिए। प्रतिश जिसीको नाममा पनि ३ विकेट रह्यो। उनले ४ ओभरमा २७ खर्चिए। कप्तान सन्दीप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए।

खेलका लागि विराटनगरमा दुई परिवर्तन गरेको थियो। नारायण जोशी र सूर्य तामाङको स्थान सुवास भण्डारी र शंकर रानाले खेले।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने पाएको थियो। लुम्बिनीले भने इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको थियो।

लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।

06/12/2025

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु.....

06/12/2025

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरू छुट्टिएर चुनाव लड्दा फेरि पुरानै राजनीतिक दलको वर्चस्व स्थापित हुने जोखि...

भेषराज सापकोटाको प्रस्तुतीमा नेपाली भजन ‘सद्दे मनको बैराग्य’ सार्वजनिक
05/12/2025

भेषराज सापकोटाको प्रस्तुतीमा नेपाली भजन ‘सद्दे मनको बैराग्य’ सार्वजनिक


मेलबर्न – नेपाली भजन तथा आध्यात्मिक संगीतप्रेमीहरूलाई समर्पित नयाँ भजन ‘सद्दे मनको बैराग्य’ औपचारिक रूपमा सार्...

आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाको अध्यक्षमा डा. अधिकारी, ५ बर्षमा पशुपतिनाथ मन्दिर बनाउने प्रतिवद्धता
04/12/2025

आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाको अध्यक्षमा डा. अधिकारी, ५ बर्षमा पशुपतिनाथ मन्दिर बनाउने प्रतिवद्धता


मेलवर्न । आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाले आफ्नो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्दै डा. राजु .....

21/11/2025

Melbourne - In a decisive move to uphold professional standards within Australia’s migration advice industry, the Office of the Migration Agents Registration Authority (OMARA) has sanctioned four migration agents following a series of investigations conducted between 20–23 October 2025. Accordin...

21/11/2025

काठमाडौं । टिभी शो होस्ट विशाल भण्डारीले एमाले नेता महेश बस्नेतसँगको फोटो भाइरल बनेपछि प्रष्टीकरण दिएका छन् । उन...

21/11/2025

नेपालमा राम्रो व्यापार गरेको चलचित्र ऊनको स्वीटर आजबाट भारतमा रिलिज भएको छ । सिक्किमको राजधानी गान्तोकमा शुक्र.....

21/11/2025

काठमाडौं । मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओल...

Address

Level 8, Suite 804, 365 Little Collins Street
Melbourne, VIC
3000

Alerts

Be the first to know and let us send you an email when Connect Nepali Media - कनेक्ट नेपाल मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Connect Nepali Media - कनेक्ट नेपाल मिडिया:

Share