Perthmandu

Perthmandu Official page of Perthmandu.com

पर्थमांडू समाचार, मनोरंजन एबम कार्यक्रमको लागि समर्पित पृष्ठ हो l यो पेज एउटा साझा थलो हो जो समाचार र कार्यक्रम वा कुनै पनि कुरा पर्थका नेपाली समुदायलाई सरोकार राख्छ l

नयाँ संविधानलाई विश्वभरका नेपालीहरुको स्वागत, पर्थमा जनसम्पर्कको कार्यक्रम सम्पन्न लामो समयको अथक प्रयासपछि नेपालमा जारी...
28/09/2015

नयाँ संविधानलाई विश्वभरका नेपालीहरुको स्वागत, पर्थमा जनसम्पर्कको कार्यक्रम सम्पन्न

लामो समयको अथक प्रयासपछि नेपालमा जारी नयाँ संविधानलाई विश्वभरका विभिन्न ठाउँका नेपालीहरुले स्वागत र बधाई व्यक्त गरेका छन् । नेपालमा संविध्रान जारी भएकोमा स्वागत गर्दै अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरुले दीपावली गर्दै खुशी ब्यक्त गरेका छन् । अष्ट्रेलियाका बिभिन्न शहरहरुमा दीपावली गरिएको छ । पर्थमा जनसम्पर्क समितीको आयोजनामा भएको कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरु उपस्थित भएको आपसमा खुसि साटेका थिए ।

कार्यक्रममा नावाका अध्यक्ष आङ्गदावा शेर्पा, एनआरएनएका पश्चिम अष्ट्रेलिया संयोजक राज थपलिया, आईसिसि मेम्वर भैरव ढकाल सदस्य निल थपलिया लगाएतले नेपाली जनताको दशकौंदेखिको आफ्नो संविधान आफै लेख्ने सपना र चाहनालाई साकार रुप दिदै ’नेपालको संविधान २०७२’ अत्यधिक बहुमतले पारित गरेको अवसरमा खुसी व्यक्त गर्नुभयो । साथै अष्ट्रेलियाका सिड्नी, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमा सयौंको संख्यामा जम्मा भएर नेपालीहरुको दीप प्रज्वलन गरि नयाँ संविधानको स्वागत गरेका छन् ।

यसअघि एनआरएन अष्ट्रेलियाको आयोजना र अन्य बिभिन्न संघसंस्थाहरुको सहभागितामा सिड्नी, एडिलेड,ब्रिसबन, डार्बिन लगायतका शहरमा समेत संविधान जारी भएको खुशियालीमा दीपावली गर्ने कार्यक्रम भइरहेको छ । एनआरएनले बिशेषतः आफ्नो दोहोरो नागरिकताको मागको सम्बोधन भएको भन्दै खुशियाली समेत ब्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघ—अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को कोषाध्यक्ष पदमा भैरव ढकालको उम्मेदवारीगैरआवासीय नेपाली स...
28/09/2015

गैरआवासीय नेपाली संघ—अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को कोषाध्यक्ष पदमा भैरव ढकालको उम्मेदवारी

गैरआवासीय नेपाली संघ—अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को कोषाध्यक्ष पदमा भैरव ढकालले उम्मेदवारी दिएका छन।

पश्चिम अष्ट्रेलिया पर्थमा आज सॉझ पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै ढकालले भनेका छन "संघको कोष पारदर्शी, वैज्ञानिक ढंगले प्रभावकारी रुपमा चलाउने ज्ञान सीप अनुभव र योग्यता आफूसँग हुनुका साथै संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन मैले आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको हुँ ।"

संस्थाप्रतिको जिम्मेवारी बोध गर्दै आफ्नो अग्रज तथा साथीहरुको सल्लाहमा उमेदवारी घोषणा गरेको बताए ।

घोषणाको पुर्ण पाठ तल पढ्नु होला:


आदरणीय गैरआवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु,

लामो समयको त्याग, बलिदानीपछि अन्ततः हाम्रो मातृभूमि नेपालले नयाँ संविधान पाउँदा प्रवासमा रहेका हामी लाखौँ लाख नेपालीहरु हर्षित भएका छौँ । प्रवासमा रहँदा पनि हरपल मातृभूमिको चिन्तामा डुबिरहने हामी प्रवासी नेपालीहरुमा नयाँ संविधानले एकखाले आशाको सञ्चार गरिदिएको छ । प्राकृतिक र सांस्कृतिक रुपमा धनी हाम्रो सुन्दर, शान्त र विशाल देशलाई समृद्ध पथमा लैजान नेपालमा रहेका नेपालीमात्रै होइन्, संसारभर छरिएका हामी प्रवासी नेपाली दाजुभाइ, दिदीबहिनीबीच आपसी समन्वय, मेलमिलाप तथा भाइचाराको खाँचो देखिएको छ । राजनीतिक दलहरु मिलेर अब मुलुकको एकमात्र एजेण्डा आर्थिक समृद्धि हुने बताइरहेका बेला देश र देशबासी नेपालीको प्रवासी नेपालीसँग झनै ठूलो आशा र अपेक्षा रहेको मैले पाएको छु । नयाँ नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्न पाउनु पक्कै पनि हामी प्रवासी नेपालीका लागि गर्वको कुरा हो ।

सुखद पनि मान्नुपर्छ, विश्वमा छरिएर रहेका ४० लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौँ विश्व सम्मेलन यही ऐतिहासिक क्षणमा काठमाडौँमा हुँदैछ । एनआरएनको स्थापनाकालदेखि नै संसारभरका नेपालीले उठाउँदै आएको ‘एकपटकको नेपाली, सँधैको नेपाली’ भन्ने भावनालाई नयाँ संविधानले सम्बोधन गर्दै नागरिकताको निरन्तरताको विषयलाई नयाँ संविधानले निरन्तता दिएको छ । यो संसारभर छरिएर रहेका हामी नेपालीका लागि उपलब्धिको कुरा हो । एनआरएनको एकदशक लामो अभियानपछि प्राप्त यो उपलब्धिका लागि एनआरएनका संस्थापक, अग्रज, अभियन्ता एवं सबै प्रवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई बधाई दिन चाहन्छु ।

देश ऐतिहासिक मोडमा रहेको र भूकम्पले पनि थिलोथिलो पारेको यो अवस्थामा एनआरएनएको अबको नेतृत्व सामु संस्थागत हितसँगै देश र देशबासी नेपालीको बृहत्तर हितमा काम गर्नुपर्ने निकै ठूलो जिम्मेवारी हाम्रो माझमा छ । खासगरि, बैशाख १२ गतेको विनाशकारी भूकम्पले हजारौँ नागरिकको दुःखद निधन भएको, लाखौँ घरबारविहीन भएको अवस्थामा हामी प्रवासी नेपालीले देशमा पु¥याएको योगदानले एनआरएनको छवि उच्च बनेको छ । महाभूकम्पमा अहारोत्र खट्नुहुने, तन, मन र धनले सहयोग गर्नुहुने सम्पूर्ण प्रवासी नेपालीहरुमा म आभार व्यक्त गर्न चाहन्छु । एनआरएन आइसीसीको पूर्वघोषित योजना अनुसार भूकम्प पीडित एक हजार घर निर्माण गर्नुपर्नेछ । विपत्तिको क्षणमा राष्ट्रले हामीबाट गरेको ठूलो अपेक्षालाई नभुली राष्ट्र निर्माणको सच्चा साझेदार बन्नुपर्ने दायित्व हाम्रो माझमा छ । यसैगरी, काठमाडौँको बालुवाटारमा संघको आफ्नै भवन निर्माणका लागि शिलान्यास भइसकेको छ ।

अर्कोतर्फ, एनआरएनले ठूला–ठूला परियोजनामा मात्रै हात हालेको, ठूला–ठूला लगानीकर्ताको मात्र सहयात्री बनेको भन्ने गुनासालाई पनि अब सम्बोधन हुन जरुरी देखिएको छ । ठूला परियोजनामा मात्रै होइन्, साना–साना पुँजी भएका गैरआवासीय मित्रहरुलाई पनि समेटेर उनीहरुलाई सुहाउँदो परियोजनामा सामूहिक लगानीको वातावरण सिर्जना गर्न जरुरी छ, जसले गर्दा ठूला–साना सबै लगानीकर्ताका लागि लगानीको वातावरण सिर्जना होस् र देशको आर्थिक विकासमा सबै वर्ग र तप्काका गैरआवासीय नेपालीहरु समेटिनुन् । यसतर्फ अब हामीले सोच्नैपर्ने बेला आएको छ ।

गैआवासीय नेपाली मित्रहरु,

यिनै अभिभारामा सहयात्री बन्नका लागि मेरा अग्रज तथा सहकर्मी मित्रहरुको सल्लाह बमोजिम यही अक्टोबर १३ देखि १७ तारिखसम्म काठमाडौँमा हुन लागेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को महाधिवेशनमा मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । संघको कोष पारदर्शी, वैज्ञानिक ढंगले प्रभावकारी रुपमा चलाउने ज्ञान सीप अनुभव र योग्यता आफूसँग हुनुका साथै संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन मैले आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको हुँ ।

यहाँहरुलाई अवगत नै छ, म लामो समयदेखि गैरआवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही आफुलाई क्रियाशिल गराउँदै आएको छु । राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको स्थापानकालदेखि विभिन्न जिम्मेवारी अनि अन्तर्राष्ट्रिय समन्वय परिषदको आइसीसीको जिम्मेवारीसम्म आइपुग्दा विश्वभरि छरिएका लाखौं नेपाली र देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीको साझा समस्यालाई संस्थागत रुपमा समाधान गर्नमै समर्पित रहेँ । एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष, च्यारिटी कोषको अभियन्ता तथा एनआरएन आइसीसीको सदस्यका रुपमा दायित्व सुम्पनुहुने सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आजको यस सुखद क्षणमा म स्मरण गर्न चाहन्छु । साथै, आजसम्म एनआरएन अभियानलाई सफल बनाउन हरपल उत्प्रेरणा दिनुहुने मेरा अग्रजहरु, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षकज्यू, संस्थापक अध्यक्षज्यू, संरक्षकज्यूहरु, वर्तमान अध्यक्षज्यू, सल्लाहकारज्यूहरु, अन्तरर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का सहकर्मी साथीहरुलाई यहाँहरुको सक्रिय सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।

एनआरएनको अभियानलाई अझ बढी सक्रियता र प्रतिबद्धतामुलक सहभागी रहने अठोटका साथ मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको हुँ । र, यहाँहरुले दिनुहुने जिम्मेवारी इमान्दार भएर आफ्नो क्षमताले भ्याएसम्म पूरा गर्ने अठोट व्यक्त गर्न चाहन्छु ।

सहयोगको अपेक्षासहित ।
धन्यवाद !

मिति : २०७२।०६।११ (सेप्टेम्बर २०१५)

२०२औ भानु जयन्तिको साथै नेपाली भाषा विधालयको तेस्रो वार्षिकउत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न
19/07/2015

२०२औ भानु जयन्तिको साथै नेपाली भाषा विधालयको तेस्रो वार्षिकउत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न

गत शनिवार जुलाई १८ तारिखको दिन स्थानीय रिवरभेल कम्युनिटी सेन्टरमा २०२औ भानु जयन्तिको साथै नेपाली भाषा विधालयको तेस्रो वार्षिकउत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ र सो कार्यक्रमको अवसर पारेर ...

एमआरपी पासपोर्टको लागि एनआरएन पश्चिम अस्ट्रेलियाको संयोजकतामा नेपाली राजदुताबासको शिविर हुनेयहि आउने जुलाई ११ तारिख शनिव...
29/06/2015

एमआरपी पासपोर्टको लागि एनआरएन पश्चिम अस्ट्रेलियाको संयोजकतामा नेपाली राजदुताबासको शिविर हुने

यहि आउने जुलाई ११ तारिख शनिवारको दिन एनआरएन पश्चिम अस्ट्रेलियाको संयोजकतामा नेपाली राजदूताबास अस्ट्रेलियाको एमआरपी पासपोर्ट सम्बन्धि एक दिने शिविर संचालन हुने भएको छ l

यहि आउने २४ नोवेम्बर २०१५ देखि हस्तलिखित पासपोर्टलाई अन्तराष्ट्रिय नागरिक उड्डयान संगठन (आईकाओ)ले मान्यता नदिने प्रावधान अनुसार नेपाल सरकारले मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको छ l एमआरपीको फारम भर्न अहिले केहि कठिनाइ र झन्झटिलो भएकोले त्यसलाई मध्यनजर गर्दै नेपाली राजदूतावासको टोलिले फारम भर्न र संकलनमा मद्दत गर्ने जानकारी प्राप्त भएको छ l

यसैगरि पर्थमा रहनु भएका र एमआरपी पासपोर्ट बनाउनु पर्ने सबैलाई त्यस दिन उपस्थित हुन एनआरएन पश्चिम अस्ट्रेलियाले अनुरोध गरेको छ l
स्थानीय बेल्मोंटमा रहेको सेन्टनारी पार्क कम्युनिटी सेन्टरमा बिहान ११ बजे देखि साँझ ६ बजे सम्म आयोजना हुने उक्त कार्यक्रमको बारेमा जानकारी चाहिएमा राज थपलियालाई ०४१८९१०६१० मा र भैरव ढकाललाई ०४१२७७०९७४ सम्पर्क गर्न हुन अनुरोध गरिएको छ साथै त्यस दिन फारम भर्न आउनु हुने सबैलाई निम्न कागज पत्र लिएर आउनुहुन अनुरोध गरिएको छ ;

1.Original passport and photocopy of its photo page(data page),

2.photocopy of nepalese citizenship certificate,

3. four mrp standard photographs,

4. $190 bank draft in the name of embassy of nepal or cash,

5. correct-sized n correctly filled in 2 copies of passport application form or saved data in a device.

See Translation

14/06/2015

सन्दर्भ एनआरएन चुनाव २०१५
एनआरएन राज्य राष्ट्रिय समन्वय समिति पश्चिम अष्ट्रेलियामा भर्खरै आंग दावा शेर्पाले स्टेट कोर्डीनेटर पदको उमेद्वारी फिर्ता लिनु भएको छ l आफ्नो फेसबुक मार्फत उमेद्वारी फिर्ता लिएयको घोषणा गर्दै आफ्ना सुभचिन्तकहरुमा पर्न गएको चोट पर्न गएकोमा क्षमा चाहदै अन्य उमेद्वारहरुलाई अग्रिम शुभकामा व्यक्त गर्न चाहेको बताउनु भएको छ l
पद्नुहोस उमेद्वारी फिर्ताको घोषणा जस्ताको तेस्तै ;
आदरणिय पर्थबासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु, बिशेष गरी मेरा शुभ-चिन्तकहरु,
पर्थ एन. आर. एन. को चुनाबी सारगर्मीले तातेको लगभग एक हप्ता बितिसकेको परिप्रेक्षमा यससंग सम्बन्धित बिषयहरुमा बहस र सहमतीका बिषयहरुलाई लिएर धेरै छलफलहरु भएको जानकारी पाउँदा एकातिर खुशी छु, भने अर्कोतिर मैले लिन लागिरहेको निर्णयले मेरा शुभचिन्तकहरुलाई दुख लाग्नेछन भन्ने बिषयमा पनि उत्तिकै सजग छु र चिन्तित पनि छु ।
मैले आफ्नो उम्मेद्दारी दर्ता हुन पूर्व र भए पश्चात पनि एन. आर. एन. डब्ल्यु.ए. का संयोजकका प्रत्यासी हाम्रा दुई भाईहरुलाई मैले उम्मेद्दारी दिनुको आशय प्रष्ट पारेको थिएँ, कि, मिलेर जाँदाको सन्देश र नमिल्दाको अवस्थामा नेपाली कम्युनिटीमा जाने सन्देशमा फरक हुन्छ; र त्यही कारण मिलेर जानुको बिकल्प नभएको कुरा बारम्बार दोहोर्याएको थिएँ । दुईमा एक, जो-सुकैले छोडेमा मैले पनि आफ्नो उम्मेदारी फिर्ता लिने आश्वासन दिएको थिएँ ।.. त्यस पछाडी पनि स्वान-रिभरमा धेरै पानी बगिसके, तर यि प्रत्यासी भाईहरुको अडानमा कुनै परिवर्तन आएको मह्शुस गरिन । हुन त धेरै जनाले मेरो उम्मेद्दारीले नेपाली समाजमा राम्रो सन्देश गएको र उहाँहरुले अब कसलाई मत दिने भन्ने दोधार अवस्थामा निर्णय लिन सहज भएको बताउनु भएको थियो । उहाँहरुले म प्रती राख्नु भएको बिश्वास र समर्थनको लागी मुरी मुरी धन्यबाद दिन चाहन्छु । तर मेरो एउटै अभिप्राय थियो मिलेर जाउन ।
लाग्छ, कुनै पनि सामजिक काममा पहिलो कार्यकाल अनुभब बटुल्ने र दोश्रो कार्यकाल आफूले परिकल्पना गरेका र कोरेका कार्यक्रमहरुलाई प्रस्तुत गर्ने सुवर्ण अवसर हो । त्यही मान्यता अनुरूप पुरानै कार्यसमितीलाई निरन्तरता दिँदा हुने बिकल्प पनि मैले आउल्याएको थिएँ । तर त्यो बिकल्प पनि स्विकार्य नहुने देखिएँ ।
यस अवस्थामा अब स्वच्छ मतदानको बिकल्प नै सबै भन्दा उत्तम हुनेछ । यस्तो अवस्थामा यि दुई उत्सुक, उर्जाशील भाईहरुको उच्च सोचाई र मर्मलाई आँच नपुगोस भन्ने हेतुले मैले आफूले आफ्नो उम्मेद्दारी फिर्ता लिने निर्णय गरेको छु । मेरो यस निर्णयले भाईहरुको अभियानमा सहजता मिलोस। आशा छ बाँकी सबै उम्मेद्दारहरुले एन. आर. एन. को निर्वाचन नियमावलीको अक्षरांश पालना गर्दै प्रजातान्त्रीक अभ्यासको नमूना देखाउन सफल होउन । सबैलाई शुभकामना ।
यसै सन्दर्भमा मैले आज भन्दा केही दिन अगि गरेको पोस्टिङ्लाई फेरी पनि बृहत्तर पर्थबासी नेपालीहरुमा राखेको छु ।
[…जहाँसम्म एन. आर. एन. मा मिलेर जाने प्रसंग थियो, त्यो बिचार प्रति मैले पनि गम्भिररूपमा नसोचेको हैन । त्यही आशाले नै मैले पनि आफ्नो पहल शुरु गरेको थिएँ । मैले पनि मध्यस्थताको प्रायस आफ्नो हुतीले भ्याएसम्म गरेँ; जुन अझै जारी छ । बुहारी सुध्रोस भनेर छोरी कुट्न सम्मको काम पनि गरे कै छु जस्तो लाग्छ, तर बुहारीलाई सुधार्ने अभिप्रायभन्दा पनि तर्साउनतिर मात्र लागिपरेका जमातहरुको पनि जत्था लागिपरेको अवस्थामा यो उदेश्य प्राप्तिमा हामी कति सफल या असफल हुनेछौँ, त्यो त समयले नै बताउँला । प्रार्थना गरौं, यसमा समाजको भलोको लागी हामी सफल हुन सकौं ।
खोलाका दुई किनारमा बसेर केवल आफूलाई मात्र वारी देख्ने र अरुलाई पारी मात्र देख्ने हाम्रो
प्रवृती लाई निरुत्साहित गरौँ ।अब कुरो आयो सक्षमताको, त्यही सक्षमताको बिश्वास अनि समय र परिस्थिती मूल्यांकन गरेर नै मैले पनि आफ्नो उम्मेद्दरी दिएको हुँ, न कि कसैको लागी तगारो बन्नका लागी, न त समाजलाई भाँड्न कै लागी ।
अब के त!
अबका हाम्रा बिकल्पहरु भनेका प्रजातान्त्रीक मूल्य, मान्यता र अभ्यासमा सिमित राखेर मतदाताहरुको स्वविबेकिय निर्णयलाई स्विकार्नु हो । प्रजातान्त्रीक अभ्यासमा हार-जीत स्वभाबिक हुन्छ र यसरी जाँदा यसबाट आएका र आउन सक्ने सकरात्मक वा नकरात्मक परिणामहरूको जिम्मेवारी मतदाताहरु पनि हुनेछन ।
मेरो सल्लाह र सुझाब,
मेरो सल्लाह,सुझाब र व्यक्तिगत धारणा हिजो के थियो, आज के छ र भोली के हुनेछ भने;
1. हामीले पदको मोहका लागी भिड्ने हैन, पदिय जिम्मेवारी र दायित्व बहनका लागी अठोटका साथ लड्ने हो ।
2. पदीय जिम्मेवारी र दायित्व बोध गर्नका लागी जो कसैले पनि अरुको नकरात्मक पक्ष र अबगुणको टिका-टिप्पणी गरेर मतदाताहरुको मन जित्ने प्रायसमा भन्दा पनि आफ्नो कार्य दक्षता, सक्षमता र आफूमा रहेका गुणलाई चुनाबी मुद्दाको रूपमा अगि सार्नुमा आफ्नो हित हुनेछ ।
3. हरेक ब्यक्तिलाई आफू कुनै पनि काममा अग्रसर भएर जान पाउने अधिकार हुन्छ र त्यसको आदर गर्नै पर्छ ।
4. सहमतीको नाममा सिमित जमात र कोठे बैठकहरुको निर्णयबाट अरुको अधिकार हनन गर्ने र स्वनिर्णय लिनबाट बन्चित गराउनु हुँदैन ।
5. सहमती सर्वमान्य हुन जरुर हुन्छ । ]
धन्यबाद
आङ दावा जाङबु शेर्पा
पुनश्च: यसबाट मेरा शुभचिन्तकहरुलाई पर्न गएको चोट प्रति फेरी पनि क्षमा चाहन्छु ।

पश्चिम अष्ट्रेलिया चुनावी दौड़धूप सुरू, मतदान जुलाई ४ तारिखमागैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अष्ट्रेलिया (ए...
14/06/2015

पश्चिम अष्ट्रेलिया चुनावी दौड़धूप सुरू, मतदान जुलाई ४ तारिखमा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अष्ट्रेलिया (एनआरएन अष्ट्रेलिया) को चुनाव नजिकिदै जादा नेपाली समुदाय पर्थमा पनि यसको सरगर्मी सुरु भएको छ । एनआरएन राज्य समन्वय समिति पश्चिम अष्ट्रेलियाको कोर्डिनेटर पदमा ३ जनाको उमेद्वारी परेको छ । वर्तमान कोर्डिनेटर राज थपलिया, सचिव रविन रावल र नेप्लिज युनाइटेड फुटबल कल्बका प्रेसिडेन्ट आंग दावा शेर्पाले कोर्डिनेटर पदको लागी आ-आफ्नो उमेद्वारी प्रस्तुत गर्नु भएको छ ।

डेप्युटि कोर्डिनेटरको पदमा दिपक शर्मा र मनि राईले उम्मेदवारी दिएका छन् । सचिवमा शैलेश मैनालिकोमात्र उम्मेद्वारी परेकोले कुनै दावी विरोधि नपरेमा उनी निर्विरोध विजयी हुने पक्का छ भने कोषाध्यक्ष पदको लागी आशिष अधिकारी र रघु श्रेष्ठको उम्मेद्वारी परेको छ । त्यस्तै सदस्यको ९ पदको लागी शेखर घिमिरे, दिपक शाक्य, नवीन मैनाली, संजय चौधरी, राजन घिमिरे, अच्युत खड्का, सुवास श्रेष्ठ, भोजराज खत्री, नवीन विडारी, राजेश बुढाथोकी, कृष्णमान श्रेष्ठ र स्मृति पोखरेलको उम्मेद्वारी परेको छ ।

राज्य समितिका पदाधिकारी र सदस्यको चुनाव जुलाई ४ तारीख़का दिन अनलाइनमार्फत हुनेछ ।हरेक दुई वर्षमा हुने निर्वाचनमा पश्चिम अष्ट्रेलियाबाट यसपाली मत खसाल्नका लागि ४०१ योग्य सदस्य पुगेका छन् ।

भुकम्प पिडितलाई जी फाइवको सहयोगी साथ, चलचित्र मन्जरीको सफल प्रदर्शनगत आइतवार मे ३१ तारिखको दिन स्थानीय पर्थमा रहेको स्टे...
04/06/2015

भुकम्प पिडितलाई जी फाइवको सहयोगी साथ, चलचित्र मन्जरीको सफल प्रदर्शन

गत आइतवार मे ३१ तारिखको दिन स्थानीय पर्थमा रहेको स्टेट लैब्ररिमा नेपाली कथानक चलचित्र मन्जरीको सफलतापुर्बक प्रदर्शनी भएको छ l जी फाइब अर्थात् पर्थमा रहेको ५ इवेन्ट संस्था हाम्रो पर्थ, अस्नेपाल, पर्थ नेपाल, नमस्ते नेपाल र हावा इन्टरटेन्टमेंट्सले संयुक्त रुपमा नेपालमा गएको भुकम्प पिडितहरुको सहयोगार्थ मन्जरीको प्रदर्शनी गरेको हो l

उक्त प्रदर्शनीबाट उठेको १२०० डलर गोर्खामा रहेको विधालयको पुन निर्माणको लागि खर्चिने आयोजक जी फाइबले जानकारी गराएको छ l

यसैगरि नेपाली समुदाय पर्थ, कार्यक्रम सफल पारिदिनु हुने दर्शक र नेपाली कथानक चलचित्र मन्जरीका निर्माता गणेश देव पाण्डेलाई हृदय देखि धन्यवाद दिन चाहेको जी फाइबले जानकारी दिएको छ l

स्कुल पूर्णनिर्माणकोलागि पर्थ नेपालको च्यारिटि क्रिकेट म्याच सम्पन्नगत महिना नेपालमा गएको महाभुकम्पबाट क्षति भएका स्कुल ...
03/06/2015

स्कुल पूर्णनिर्माणकोलागि पर्थ नेपालको च्यारिटि क्रिकेट म्याच सम्पन्न
गत महिना नेपालमा गएको महाभुकम्पबाट क्षति भएका स्कुल पूर्ण निर्माणको लागि गत सोमवार जुन १ तारिखको दिन स्थानीय क्युडेलमा रहेको पिट पार्कमा च्यारिटी क्रिकेट म्याच सम्पन्न भएको छ l पर्थ नेपाल क्रिकेट क्लबले आयोजना गरेको उक्त खेलमा चार टिमको समावेश रहेको थियो l रातो, निलो, पहेलो र हरियो टिम बिभाजन गराएर खेलाएको उक्त टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल रातो र नेपाल हरियो एकआपसमा उपाधिको लागि भिडेका थिए l पहिलो ब्याटिंग गर्दै नेपाल हरियो टिमले नेपाल रातो टिमलाई १०७ रनको टार्गेट दिएको थियो l दोस्रो ब्याटिंग गर्न मैदानमा उत्रेको नेपाल रातोले टिमका कप्तान आशिष अधिकारीले विजयी रन हान्दै १२ बल बाकी छदै लक्ष्य प्राप्त गरेर विजयी भएको छ l
यसैगरि पर्थ नेपाल क्रिकेट क्लबका संजय चौधरीले उक्त प्रतियोगिताबाट एक हजार दस डलर उठेको र उक्त सम्पूर्ण रकम भुकम्पबाट क्षति भएको विधालय पुन निर्माणमा खर्चिने र अहिले कुन जिल्लाको विधालयलाई सहयोग गर्ने भन्ने निर्णय नभएकोले नेपालमा यस बिषयमा अध्धयन भैरहेको जानकारी गराउनु भएको छ l
पर्थ नेपाल क्रिकेट क्लबले यस प्रतियोगितालाई सफल पारिदिनु हुने सम्पूर्ण नेपाली समुदय पर्थ, प्रतियोगितामा सहभागी खेलाडीद्वय, नेप्लिज युनाइटेड फुटबल क्लब अफ वेस्टर्न अस्ट्रेलियाका प्रेसिडेन्ट आङ्ग दावा शेर्पा, नावा पर्थका प्रेसिडेन्ट डा बिष्णु देवकोटा, एनआरएन वेस्टर्न अस्ट्रेलियाका भाइस प्रेसिडेन्ट राज थपलिया, एनआरएन आइसीसी सदस्य भैरव ढकाल, पशुपतिनाथ बौधनाथ मन्दिरका प्रेसिडेन्ट यादव शर्मा र यस प्रतियोगितालाई प्रयोजन गरेर मद्दत गर्नु हुने भिसा हबका सम्पन्न घिमिरेलाई विशेष धन्यवाद दिन चाहेको र खेलको दौरान अफिसियेलको भूमिका निर्वाह गर्नु हुने तुलसी बिक्रम थापा, चन्द्र खरेल, प्रकाश तिमल्सिना, सम्पन्न घिमिरे र शम्भु पोख्रेललाई पनि मुरी मुरी धन्यवाद दिना चाहेको जानकारी गराएको छ l

पर्थमा सहयोग संकलन अपटेड नेपालमा वैशाख १२ मा गएको बिनासकारी महाभुकम्पवाट पिडित भएका नेपालीहरुलाई सहयोग गर्न पर्थमा च्यार...
04/05/2015

पर्थमा सहयोग संकलन अपटेड

नेपालमा वैशाख १२ मा गएको बिनासकारी महाभुकम्पवाट पिडित भएका नेपालीहरुलाई सहयोग गर्न पर्थमा च्यारिटी लन्च कार्यक्रम सम्पन्न भएको छ । पश्चिम अष्ट्रेलियाको पर्थमा रहेका सात वटा नेपाली रेष्टुरेण्ट व्यवसायीहरुले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमवाट ५६०० डलर संकलन गरिएको छ । एकतामा हातेमालो भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा उल्लेख्य रुपमा पर्थवासी नेपालीहरु उपस्थित भएका थिए । संकलित रकम पश्चिम अष्ट्रेलिया ईमर्जेन्सी रिलिफ फण्डवाट एनआरएनएमा हस्तान्तरण गरिएको छ । गोर्खा नेप्लिज रेष्टुरेण्ट,एवालोन थाई रेष्टुरेण्ट,दरवार इण्डियन नेप्लीज रेष्टुरेण्ट,अन्नपुर्ण नेप्लीज रेष्टुरेण्ट, लुम्बिनी नेप्लिज रेष्टुरेन्ट ,हिमालयन नेप्लीज रेष्टुरेण्ट, र हिमाली गोर्खा रेष्टुरेण्टको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । साथै भुकम्पपिडितको सहयोगार्थ पर्थमा फण्डरेईजिङ डिनरको आयोजना गरिने जानकारी प्राप्त भएको छ । मंगलवार साँझ ५ वजे ब्राण्डोज पिजेरिया क्याफे भिक्टोरिया पार्क मा कार्यक्रम हुनेछ र सबैको उपस्थितिको लागी आव्हान गरिएको छ ।

पश्चिम अष्ट्रेलियामा महाभुकम्प पिडितलाई राहत संकलन  पश्चिम अष्ट्रेलियामा महाभुकम्प पिडितलाई राहत संकलन तिव्र पारिएको छ ।...
02/05/2015

पश्चिम अष्ट्रेलियामा महाभुकम्प पिडितलाई राहत संकलन

पश्चिम अष्ट्रेलियामा महाभुकम्प पिडितलाई राहत संकलन तिव्र पारिएको छ ।नेपालीहरु एक जुट भएर राहत संकलन अभियानमा सकृय भएका छन् । अप्रिल २९ मा नेपाल सरकारले एनआरएनलाई सिन्धुपाल्चोकमा स्वतन्त्र रुपमा वेश स्थापना गरि राहत कार्यक्रम संचालन गर्न सरकारले आग्रह गरेको थियो । सवैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अध्यक्ष शेष घलेले नेतृत्व गर्नुभएको छ । जहाँ राहत र घाईतेको उपचारको काम गरिएको छ । पहिचो चरणमा एनआरएनले भुकम्प प्रभावित विभिन्न ७ जिल्लामा राहत वितरण सुरु गरेको छ ।

सिन्धुपाल्चोक,गोरखा,नुवाकोट,धादिङ,रसुवा,काभ्रे र रामेछाप रहेका छन् । विश्वभर रहेका एनआरएन शाखाहरुले संकलन गरेको राहत रकम र सामग्री नेपालमा ल्याएर राहतलाई प्रभावकारी वनाइएको छ ।

पश्चिम अष्ट्रेलियामा फ्रेण्ड अफ नेपालको नेतृत्वमा एनआरएन पश्चिम अष्ट्रेलिया र नावाको अगुवाईमा राहत संकलनको अभियान संचालन गरिएको छ । हाल सम्ममा लगभग ३९००० डलर संकलन भएको जानकारी प्राप्त भएको छ l फ्रेण्ड अफ नेपाल राहत संकलनका लागी अधिकार सम्पन्न निकाय हो । नावाको ईमरजेन्सी रिलिफ फण्डको खातामा राहत रकम जम्मा हुनेछ त्यसपछी नावाले विस्तृत आर्थिक प्रतिवेदन तयार गरि प्रोजेक्टको अन्त्यमा सार्वजनिक गर्नेछ ।

पश्चिम अष्ट्रेलियामा संकलन गरिएको रकम फ्रेण्ड अफ नेपालको माध्यमवाट एनआरएनको खातामा ट्रान्सफर गरिनेछ । एनआरएन अष्ट्रेलिया भुकम्प पिडित राहत कोषमा २५ हजार डलर ट्रान्सफर गरिनेछ । रविन रावल र राज थपलियाले १० स्वयम्सेवक रहेको टिमको नेतृत्व गर्नुभएको छ । उनिहरुले अध्यक्ष घलेले नेतृत्व गर्नुभएको समुहमा काम गर्ने जनाइएको छ । राहत संकलन समितीमा टिम लिडरका रुपमा दिपक शाक्य र विष्णु देवकोटा, राज थपलिया,रविन रावल र अनुप धिताल साथै सल्लाहकारका रुपमा भैरव ढकाल रहनुभएको छ ।

राहत संकलनको कार्यलाई विश्वसनिय र पारदर्शी वनाउनका लागी सामाजिक सञ्जाल र अन्य मिडियावाट हप्तामा कम्तीमा २ पटक अपडेटहरु सार्वजनिक गर्नेछ । जिन्सी सामाग्री नेपाल पठाउनका लागी समस्या भएकोले यस्ता सामाग्री संकलन नगर्न अनुरोध गरिएको छ । टेन्ट, लत्ताकपडा,ब्ल्याङ्केट,स्लीपिङ ब्याग र मेडिकल सामाग्री संकलन पुर्व राज थपलियालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

भुकम्प पिडितको राहत संकलनका लागी च्यारिटी फुटवल प्रतियोगिता आयोजना हुँदै छ । नेप्लिज युनाईटेड फुटवल क्लव पश्चिम अष्ट्रेलियाले साउथर्न स्पीरिट फुटवल क्लव(ईटालियन क्लव)को सहकार्यमा नेपालका भुकम्प पिडितलाई राहत संकलन गर्न फुटवल प्रतियोगिता आयोजना हुँदैछ । नेप्लिज युनाईटेड फुटवल क्लव पश्चिम अष्ट्रेलियाका अध्यक्ष आङ दावा शेर्पा र साउथर्न स्पीरिट फुटवल क्लवका जिर्अजिओ सुकुले विभिन्न समुदायको संयुक्त सहकार्यमा पिडितलाई सहयोगका लागी कार्यक्रम राखिएको वताउनुभयो । प्रतियोगितामा ४ टिमको सहभागीता रहनेछ ।

यसै गरि पर्थ नेपाल क्रिकेट क्लबले आफ्नो खेलाडी र शुभचिन्तक मार्फत लगभग चार हजार डलर संकलन गरिएको जानकारी गराएको छ l उक्त संकलन गरिएको रकम मध्ये गोर्खा जिल्लामा राहत कार्यक्रम गरिरहेको बन्दिपुर् सोसेल डेव्लोपमेन्ट कमिटिलाई ६२५ डलर हस्तान्तरण गरिएको, लाइन्स क्लब अफ गैंडाकोटका मेघराज कंडेललाई १३७५ डलर हस्तान्तरण गरिएको छ जुन भुकम्पको केन्द्रविन्दु गोर्खाको बरपार्कको राहतको लागि खर्च गरिने र बाँकि रकम वेस्टर्न अस्ट्रेलिया इमरजेंसी रिलिफ फन्ड फर नेपाललाई हस्तान्तरण गरिने जानकारी फेसबुक मार्फत गराएको छ l

मर्डक युनिभर्सिटिको नेपाली विधार्थी संगठनले पनि रेडक्रस मार्फत राहत संकलन गर्ने जानकारी गराएको छ । त्यस्तै कर्टिन युनिभर्सिटि स्टुडेन्ट गिल्डले मे ६ तारिखमा फण्डराईजिगं कार्यक्रम गर्ने भएको छ र त्यहाँ बाट उठेको रकम रेडक्रस मार्फत नेपालको सहयोग गर्ने जानकारी गराएको छ।

नेपाली समुदाय बाहेकका संघ संस्था र व्यवसायीहरुले पनि राहत संकलनमा मद्दत गरेका छन l आइ एस एस सर्विस फ्यासीलिटिले नेपालमा गएको भुकम्पबाट ज्यान गुमाउनुहुने प्रति श्रदानजाली व्यक्त गर्दै आफ्नो कर्मचारी मार्फत फन्ड राइजिङ्ग क्याम्पेन सुरु गरेको जानकारी प्राप्त भएको छ l कर्मचारीबाट उठेको जति रकम उठ्छ त्यति नै आफ्नो तर्फ़बाट थप गरेर सहयोग गर्ने बताएको छ l आफ्नो कार्यलयको न्युजलेटर मार्फत जानकारी गराउदै आइ एस एसले आफ्नो कर्मचारी राज थपलिया ( क्लाइन्त सर्भिस म्यानेजर)लाई नेपाल जान र उद्धारमा सहयोग गर्न लाग्ने खर्च कम्पनिले नै ब्योहरने जानकारी दिएको छ l

त्यस्तै व्यक्तिगत रुपमा पनि सहयोग पनि जारी रहेको छ । एडिथ कोवान युनिभर्सिटिका विधार्थी हेमन्त लामिछाने आफ्ना साथीको साथ राहत कार्यमा संयमसेवकको रुपमा गत विहिवार नेपाल प्रस्थान गरेका छन भने नर्श पेसामा कार्यरत अनिता के.सी राहत सामग्री सहित आज शनिवार नेपाल जाने तयारी गर्दै छिन ।

यस दुखद् घडिमा प्रदेशमा रहेका नेपालीहरु एकजुट भएर नेपाल आमालाई लागेको घाउमा मलम लगाउने काम भैरहेको छ र निरन्तर हुने छ ।

Update on fundraising campaign by WA emergency relief fund for Nepal
01/05/2015

Update on fundraising campaign by WA emergency relief fund for Nepal

30/04/2015

Charity football competition to be held to raise funds for earthquake victims.

Nepalese United Football Club Western Australia is teaming up with Southern Spirit Football Club (Italian Club) to hold football competition to raise much needed fund for Nepal's earthquake victims.

President of Nepalese United Football Club Western Australia Mr Ang Dawa Sherpa and Mr Giorgio Succu representative from Southern Spirit Football Club said:" This event is all about different communities coming together to raise much needed fund and support each other in time of need. "

There will be four teams from different communities participating in this competition and all information about date, time & location will be published soon once it's been finalised.

Last Saturday 25th of April 2015 Nepal was hit by massive earthquake claiming more than 5500 lives and leaving thousands homeless.

Address

180/81 King William Street
Perth, WA
6053

Alerts

Be the first to know and let us send you an email when Perthmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Perthmandu:

Share