17/08/2024
सबै Try गर्दै छन.......
= Uncle को छोरी Australia try गर्दै छे ।
= मामाको छोरो US Try गर्दै छ ।
= गुल्मी, स्याङ्जा ,अर्घाखाँची तिर का साथी हरु
लोकसेवा Try गर्दै छन ।
= SLC पछि छुट्टिएको साथी देश मा केही सीप
नलागेर खाडी जान Try गर्दै छ ।
= अस्मिता ले भर्खर नर्सिङ सकि, उस्का बाबा
उस्को लागि एउटा राम्रो केटा खोज्न Try गर्दै छन ।
= गत बर्ष अधिकृत भएका मास्टरसाप काठमाडौ को
छेउ छाउ अर्को जग्गा जोड्न Try गर्दै छन ।
= आमा छोराको लागि राम्री बुहारी खोज्न इस्टमित्र
आफन्त लाई भनेर Try गर्दै छन ।
= भर्खर जुङ्गा को रेखी चढेको लगफ्ङ्गो अर्को
girlfriend बनाउन Try गर्दै छ ।
= प्रेम मा बिछोडिएको दाइ प्रेमिका लाई फकाउन
दिन रात मेसेन्जर मा Try गर्दै छ ।
= एउटा सरकारी कर्माचारी राजस्व मा सरुवा गरि दिनु
भनेर नेता र मन्त्री लाई फकाउन Try गर्दै छ ।
= ट्राफिक जाम खुलाउन Try गर्दै छ ।
= KTM बाइक टृपर लाई ओभर टेक गर्न Try गर्दै छ ।
= अनुहार सनुहार केही छैन तर पनि बद्री अस्ट्रेलिया
को केटि पट्याउन Try गर्दै छ ।
= एउटा Facebook को पेज कसरी follower बढी बनाउ
भनेर Try गर्दै छ ।
= इन्जिनियर गर्दै गरेका एउटा दाइ यो चुरोट कसरी छोडौ भन्दै
Try गर्दै छ ।
= Break up , Money problem , बेरोजगारी ले जेलिएको
कसरी सुसाइड हान्ने होला भनी Try गर्दै छ ।
यहाँ Try नगर्ने त नेता बाहेक कोहि पाइदैनन, तर सोचेर हेर्दा उनी हरु ले नि आगामी चुनाब लाई भनेर अझै गफ हन्न Try गरि रहेका हुन्छन ! जनता को भिड मा आश्वासन बाड्न Try गरि रहेका हुन्छन, कार्यकर्ता नेता अनि नेता मन्त्री हुँदै प्रधानमन्त्री बन्न Try गरि रहेका हुन्छन , यहि बिच मा हामी सबै आफू ले आफै लाई राम्रो मान्छे बनाउन भने कहिलै Try गरेनौ ! 😇
Try नै Try को दुनियाँ , 😆😆
The way of success सफल जिन्दगी को साथी