Nepali News Australia

Nepali News Australia we are covering event, culture and news of Nepali community in Australia.

अस्ट्रेलियाकाे पीआर भिसा मानिने सबक्लास १८९ काे अर्को इन्भिटेइशन राउण्ड अक्टोबर ३१ मा हुन सक्ने देखिएको छ । डिपार्टमेन्ट...
05/10/2026

अस्ट्रेलियाकाे पीआर भिसा मानिने सबक्लास १८९ काे अर्को इन्भिटेइशन राउण्ड अक्टोबर ३१ मा हुन सक्ने देखिएको छ । डिपार्टमेन्ट अफ होम अफियर्सले सार्वजनिक सूचना मार्फत संभावित मिति ताेकेकाे हाे ‌ । यसअघि, सेप्टेम्बर ३० मा हने भनिए पनि उक्त मितिमा हुन सकेको थिएन ।‌ आफूले पढेको बिषयकाे आधारमा न्यूनतम ६५ अंक पुगेपछि याे भिसाका लागि आवेदन दिन सकिन्छ । डिपार्टमेन्टले संभावित मिति अघि आफ्नो सम्पूर्ण कागजातहरु चेक गर्न आग्रह समेत गरेकाे छ ।

दसैं र तिहार नजिकिँदो छ। घरमा बा-आमा र अग्रजहरुकाे आशिर्वाद लिन काे-काे नेपाल फर्किदै हुनुहुन्छ?
05/10/2026

दसैं र तिहार नजिकिँदो छ। घरमा बा-आमा र अग्रजहरुकाे आशिर्वाद लिन काे-काे नेपाल फर्किदै हुनुहुन्छ?

रवि–गगन घोचपेचः नेपाली काँग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा जारी छ । आइतबार उद्घाटन सत्रमा सभापति गगन थापा र रास्वपा सभ...
05/10/2026

रवि–गगन घोचपेचः नेपाली काँग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा जारी छ । आइतबार उद्घाटन सत्रमा सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेबीच रमाइलो घोचपेच भएको थियो । रविले सम्बोधन गर्दै भनेका थिए, –‘यहीँ सभामा आउनेमध्ये कतिले अस्ति घण्टीलाई भोट हाल्नुभयो होला ।’ त्यसपछि बोलेको काँग्रेस सभापति गगनले जवाफ दिदै भनेका थिए–‘ रवि जीले हामीलाई भोट हाल्नेहरू पनि यहाँ आएका होलान् भन्नुभयो । हामीले त तपाईंहरूलाई उपसभापति, पदाधिकारीदेखि कति धेरै सांसदसमेत पठाइदिएका छौं, त्यो पनि प्रशिक्षित गरेर ।’

अस्ट्रेलियाको संघीय सरकारले एकबर्षभित्र ६७ हजार १ सय आप्रवासी घटाउने उद्देश्य लिएको छ । आप्रवासीको सँख्या व्यापक कटौती ग...
04/10/2026

अस्ट्रेलियाको संघीय सरकारले एकबर्षभित्र ६७ हजार १ सय आप्रवासी घटाउने उद्देश्य लिएको छ । आप्रवासीको सँख्या व्यापक कटौती गरिनुपर्ने माग बलियो बन्दै गएको अवस्थामा लेबर पार्टी नेतृत्वको सरकारले यस्तो उद्देश्य लिएको छ । यहाँको तथ्यांक व्यूरोको तथ्यांक अनुसार, मार्च सन् २०२६ सम्म अस्ट्रेलियाको खुद बार्षिक आप्रवासीको सँख्या २ लाख ९२ हजार १ सय कायम थियो । सरकारले आर्थिक बर्ष सन् २०२६/२७ सम्म उक्त सँख्या २ लाख २५ हजारमा सीमिति गर्ने योजना लिएको हो । सोही कारण विद्यार्थी, पर्यटक र विभिन्न दक्षमुलुक कामदारको भिसामा कडाई र नयाँ प्रावधानहरु थपिदै लगिएको छ ।

दुखदः सिड्नीदेखि करिब साढे तीन घण्टाको सवारी यात्रापछि पुगिने ब्ल्याक स्प्रिङमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा नर्सि...
04/10/2026

दुखदः सिड्नीदेखि करिब साढे तीन घण्टाको सवारी यात्रापछि पुगिने ब्ल्याक स्प्रिङमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थीको ज्यान गएको छ । नर्सिङ प्लेसमेन्ट सकेर घर फर्किने बेलामा दुर्घटना हुँदा २५ बर्षीया सञ्जु राईको ज्यान गएको हो । उनको निधनपछि पार्थिब शरिरलाई नेपाल पठाउन परिवारजनले गोफण्डमी डटकम मार्फत आर्थिक संकलन अभियान सुरु गरेका छन् । यो दुखद घडीमा तपाँईले पनि सक्दो सहयोग गर्नसक्नुहुन्छ । लिंक कमेन्टमा छ । 👇

अस्ट्रेलियाका सहायक अन्तराष्ट्रिय शिक्षामन्त्री जुलियन हिल्सले भिसा प्रणालीको दुरुपयोग गरी वा छलछाम गरेर फाइदा लिनेहरूवि...
03/10/2026

अस्ट्रेलियाका सहायक अन्तराष्ट्रिय शिक्षामन्त्री जुलियन हिल्सले भिसा प्रणालीको दुरुपयोग गरी वा छलछाम गरेर फाइदा लिनेहरूविरुद्ध संघीय सरकारले कडा कदम चाल्ने बताएका छन् । यस क्रममा आधारहीन भिसा दाबी गर्न मानिसहरूलाई सघाउने आप्रवासीसम्बन्धी वकिल र एजेन्टहरू पनि कारबाहीको दायरामा पर्ने उनको भनाई छ । ‘विद्यार्थी देखि आप्रवासीहरुलाई झुटो आशा बेच्ने यस्ता पेशाकर्मीहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ’, सहायक नागरिक मन्त्री समेत रहेका उनले भनेका छन्,–‘ त्यसका लागि हामीले केहि समयअघि घोषणा गरेका आप्रवासी नीतिको व्यवहारिक कार्यान्वयन गर्नेछौँ ।’

सिड्नीमा हिन्दु काउन्सिल अफ अस्ट्रेलियाको आयोजनामा शनिबार ७० किलोमिरट पदयात्रा गरिएको छ । वर्षमा दुई पटक आयोजना गरिने यो...
03/10/2026

सिड्नीमा हिन्दु काउन्सिल अफ अस्ट्रेलियाको आयोजनामा शनिबार ७० किलोमिरट पदयात्रा गरिएको छ । वर्षमा दुई पटक आयोजना गरिने यो पदयात्रा मेज हिल (Mays Hill) स्थित मुरुगन मन्दिरबाट सुरु भई सहभागीहरूले स्ट्रयाथफिल्ड (Strathfield) स्थित साईबाबा मन्दिरमा विश्राम लिए र अन्ततः हेलेन्सबर्ग (Helensburgh) स्थित श्री वेंकटेश्वर मन्दिरमा पुगेर यात्रा सम्पन्न गरेका थिए ।

अस्ट्रेलियाको दुई राज्यमा  भएको तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा  ३ जनाको ज्यान गएको छ भने ९ जना भन्दा बढी घाइते भएका छ...
03/10/2026

अस्ट्रेलियाको दुई राज्यमा भएको तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने ९ जना भन्दा बढी घाइते भएका छन् । शनिबार बिहान सिड्नी नजिक न्यूक्यासलमा भएको एनआरएलको फाइनलपछि भीडमा कार दुर्घटना हुँदा कम्तिमा ९ जनाको घाइते भएको न्यू साउथ बेल्स प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, शुक्रबार साँझ मेलर्बनस्थित डेर पार्कमा भएको सवारी दुर्घटनाको २ जना र न्यू साउथ बेल्सको ग्रामिण इलाका ब्ल्याक स्प्रिङमा भएको सवारी दुर्घटनाको थप एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

आज (२ अक्टोबर २०२६)देखि अस्ट्रेलियामा डिपेन्डेन्ट भिसा अप्लाइ गर्न नपाइने भएको छ । सरकारले घाेषणा गरेकाे आप्रवासी नीति ब...
02/10/2026

आज (२ अक्टोबर २०२६)देखि अस्ट्रेलियामा डिपेन्डेन्ट भिसा अप्लाइ गर्न नपाइने भएको छ । सरकारले घाेषणा गरेकाे आप्रवासी नीति बमाेजिम डिपार्टमेन्ट अफ होम अफियर्सले एक परिवर्तित प्रावधान जारी गर्दै आजदेखि विद्यार्थी भिसामा रहेकाले डिपेन्डेन्टमा आफ्नो परिवार ल्याउन नपाउने भएकाे हाे । तर, पिएचडी अध्ययन गर्ने ( डाक्टाराेल) र सरकारी स्पाेन्सरसीप पाएकाहरुले भने ल्याउन पाउने छन् ।

नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले शुक्रबार प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र साहसँग शिष्टाचार भेटवा...
02/10/2026

नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले शुक्रबार प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र साहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो क्रममा उहाँहरुबीच, नेपालको जलवायुसम्बन्धी कार्ययोजना तथा रसुवामा आएको विनाशकारी बाढीपछिको प्रतिकार्यबारे छलफल हुनुका साथै, नेपाल–अष्ट्रेलिया सम्बन्धको सुदृढ अवस्था र यस सम्बन्धलाई अझ अघि बढाउने साझा प्राथमिकताहरूबारे पनि परामर्श भएको थियो ।

Address

Sydney, NSW
2194

Alerts

Be the first to know and let us send you an email when Nepali News Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News Australia:

Shortcuts

Share