20/12/2025
अस्ट्रेलियाली भूमिमा साम्बाको शानः नेपाली राष्ट्रिय महिला टोलीकी स्टार फरवार्ड एवम् कप्तान सावित्रा भण्डारी साम्बाले अस्ट्रेलियाको महिला ए लिगमा शनिबार सनसनीपूर्ण प्रर्दशन गरेकी छन् । वेलिंगटन फिनिक्सबाट खेल्दै साम्बाले सिड्नी एफसी विरुद्ध दुई गोल गर्दै अस्ट्रेलियाको घरेलु लिगमा शानदार सुरुवात गरिन् । उनको दुई गोलको मदतसँगै वेलिंगटनले सिड्नी एफीलाई ७–० ले हराएको छ। साम्बाले खेलको १३औँ र ६९ औँ मिनेटमा गोल गरेकी थिइन् ।