Artists/Celebrity Nepal

Artists/Celebrity Nepal Nepal's No. 1 Artists and Celebrity Profile Web Portal
(4)

सुकरात (Socrates) ले भनेका थिए…लोकतन्त्रको सुन्दरता जनमतमा हुन्छ, तर यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको हुन्छ। ...
06/08/2026

सुकरात (Socrates) ले भनेका थिए…

लोकतन्त्रको सुन्दरता जनमतमा हुन्छ, तर यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको हुन्छ। धेरै पटक लोकतन्त्रले बुद्धिमत्ताभन्दा प्रदर्शनलाई पुरस्कृत गर्छ। वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन्। उनीहरूले जटिल समस्याहरूका लागि अत्यन्तै सरल समाधानको आश्वासन दिन्छन्। अनि भीडले सबैभन्दा ठूलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ…

गत निर्वाचनअघि मैले एउटा चिन्ता व्यक्त गरेको थिएँ, र आजपनि त्यो चिन्ता उत्तिकै सान्दर्भिक देखिन्छ। विश्व तीव्र रूपमा बदलिँदै थियो, र छ पनि। भूराजनीतिक शक्ति सन्तुलन फेरिँदै थियो, आर्थिक गठबन्धनहरू पुनः परिभाषित हुँदै थिए। नेपालजस्तो सानो तर रणनीतिक दृष्टिले महत्त्वपूर्ण राष्ट्रका लागि यो अवस्था अत्यन्त संवेदनशील थियो र छ पनि।

यस्तो समयमा दूरदृष्टि, परिपक्वता र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने नेतृत्व अपरिहार्य थियो।

त्यो निर्वाचनमा मेरो सामु रहेको निर्णय साँच्चै नै एउटा कठिन परीक्षा थियो। एकातिर वर्षौँदेखि शासन सञ्चालन गर्दै आएका, राजनीतिक रूपमा अपेक्षाकृत अनुभवी तर सत्तामा रहँदा जनविश्वास गुमाउँदै धमिलो सार्वजनिक छवि बोकेका पुराना राजनीतिक दलहरू थिए। अर्कोतिर नयाँ भनौंदा पार्टी थियो।

मैले ‘नयाँ भनौंदा’ भन्ने शब्द जानाजानी प्रयोग गरेको हुँ, किनकि त्यो पार्टी पुरानो त निश्चित रूपमा थिएन, तर पछिल्लो निर्वाचनसम्म आइपुग्दा त्यसलाई पूर्ण रूपमा नयाँ राजनीतिक शक्तिका रूपमा पनि वर्णन गर्न सकिँदैनथ्यो। शासन सञ्चालन र सार्वजनिक जीवनमा उसले केही अनुभव हासिल गरिसकेको थियो। परम्परागत दलहरूको तुलनामा त्यो नयाँ अवश्य थियो, तर २०७९ सालको निर्वाचनमा जस्तो शतप्रतिशत नयाँ राजनीतिक शक्ति भने अब रहिसकेको थिएन।

त्यसैले दलीय आग्रहभन्दा माथि उठेर देशलाई हेर्ने नागरिकहरूले आशा र अनुभवबीच सन्तुलन खोज्दै नयाँ शक्तिलाई ‘बेनिफिट अफ डाउट’ दिन सक्ने अवस्था थियो। तर नयाँ शक्तिमा राष्ट्रलाई जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा डोर्‍याउन आवश्यक राजनीतिक परिपक्वता, दीर्घकालीन दृष्टि र शासन सञ्चालनको अनुभव अझै प्रमाणित हुन बाँकी थियो।

नेपाललाई सबैभन्दा बढी आवश्यक थियो एउटा स्थिर सरकार। स्थिरता भनेको निरन्तरता हो, जसले कठिन निर्णय लिन, राष्ट्रिय हितको रक्षा गर्न र बदलिँदो विश्व परिवेशमा विवेकपूर्ण ढंगले अघि बढ्न सक्ने क्षमता प्रदान गर्छ।

विश्व अशान्त हुँदा आफ्नै देशभित्र राजनीतिक अस्थिरता हुनु राष्ट्रका लागि निकै महँगो साबित हुन सक्छ। लोकतन्त्रले कहिल्यै पूर्ण विकल्पको ग्यारेन्टी गर्दैन। लोकतन्त्रले हामीलाई सिक्ने, गल्ती सच्याउने र अझ राम्रो भविष्य निर्माण गर्ने अवसर दिन्छ।

विश्व अझै परिवर्तनशील छ। भूराजनीतिक समीकरणहरू समय समयमा बदलिनेछन्। सरकारहरू आउनेछन्, जानेछन्। तर नेपाल बलियो तब मात्र हुनेछ, जब हाम्रो लोकतन्त्र बलियो हुनेछ; जब नागरिकको विवेक, संस्थाहरूको परिपक्वता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता कुनै पनि दल वा व्यक्तिको स्वार्थभन्दा माथि रहनेछ।

इतिहासले हामीलाई केवल कसलाई जितायौँ भनेर मात्र मूल्याङ्कन गर्ने छैन। इतिहासले हेर्नेछ कठिन समयमा हामीले राष्ट्रलाई दलभन्दा माथि राख्यौँ कि राखेनौँ, विभाजनभन्दा एकतालाई रोज्यौँ कि रोजेनौँ, क्षणिक राजनीतिक लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दियौँ कि दिएनौँ।

हामीले निर्माण गर्नुपर्ने नेपाल त्यही हो - जहाँ लोकतन्त्र केवल निर्वाचनमा सीमित नहोस्, बरु जिम्मेवारी, उत्तरदायित्व, दूरदृष्टि र राष्ट्रप्रतिको समर्पणको संस्कार बनोस्।

✍️ महानायक राजेश हमाल

भारतीय चलचित्रका चर्चित अभिनेता तथा खलनायक प्रदीप राम सिंह रावत (प्रदीप रावत) को ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयद...
04/08/2026

भारतीय चलचित्रका चर्चित अभिनेता तथा खलनायक प्रदीप राम सिंह रावत (प्रदीप रावत) को ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरसँग संघर्षरत रहेका उनको मंगलबार (अगस्ट ४) साँझ मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

१९५२ जनवरी २१ मा भारतको मध्य प्रदेशस्थित जबलपुरमा जन्मिएका रावतले करिब चार दशक लामो अभिनय यात्रामा हिन्दी, तेलुगु, तमिल, कन्नड, मलायालम तथा नेपाली भाषाका गरी २०० भन्दा बढी चलचित्र र टेलिभिजन शृङ्खलाहरुमा अभिनय गरेका थिए।

सन् १९८८ मा प्रसारित ऐतिहासिक टेलिभिजन शृङ्खला ‘महाभारत’ मा अश्वत्थामाको भूमिकाबाट दर्शकमाझ परिचित बनेका उनले त्यसपछि भारतीय सिनेमामा एकपछि अर्को अविस्मरणीय भूमिका निर्वाह गरे। विशेषगरी ओस्कार मनोनयनमा परेको ‘लगान’ मा देवा सिंह सोढी र आमिर खान अभिनीत ब्लकबस्टर चलचित्र ‘गजनी’ मा मुख्य खलनायक गजनी धर्मात्माको भूमिकाले उनलाई विश्वभरका दर्शकमाझ लोकप्रिय बनायो। यसबाहेक ‘सरफरोश’, ‘अग्निपथ’, ‘साई’ लगायतका चलचित्रमा पनि उनको दमदार अभिनयको उच्च प्रशंसा गरिएको थियो।

भारतीय सिनेमासँगै प्रदीप रावतले नेपाली चलचित्र उद्योगमा पनि आफ्नो छुट्टै छाप छोडेका थिए। उनले नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्दै नेपाली दर्शकको मनसमेत जितेका थिए।

प्रभावशाली व्यक्तित्व, दमदार आवाज र सशक्त अभिनयका कारण प्रदीप रावत भारतीय सिनेमाका सबैभन्दा स्मरणीय खलनायकमध्ये एक मानिन्छन्। उनी आज भौतिक रूपमा हामीमाझ नरहे पनि उनले निभाएका पात्रहरू र चलचित्र क्षेत्रमा पुर्‍याएको योगदान सधैं जीवित रहनेछ।

भावपुर्ण श्रद्धाञ्जली!🥀

निर्देशक झरना थापाको आगामी निर्देशकीय चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्...
04/08/2026

निर्देशक झरना थापाको आगामी निर्देशकीय चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकाबाट सुरु हुने भएको छ। निर्देशक थापाका अनुसार सुदूरपश्चिमका लुकेका पर्यटकीय स्थललाई विश्वसामु चिनाउने तथा प्रधानमन्त्री बालेन शाहले अघि सारेको पर्यटन प्रवर्द्धन अभियानलाई सघाउने उद्देश्यले चलचित्रको छायांकन बडिमालिकाबाट सुरु गर्न लागिएको हो।

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन शाह, कलाकार सुहाना थापा र अनमोल केसीको तस्बिर साझा गर्दै झरना थापाले चलचित्रमार्फत बडिमालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्। उनका अनुसार चलचित्रको छायांकन साउन २९ गतेदेखि सुरु हुनेछ भने छायाङ्कनको जिम्मेवारी सञ्जय लामाले सम्हाल्नेछन्।

झरनाले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडिमालिकाबाट मेरो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।”

उनले बडिमालिकाजस्तो धार्मिक तथा सांस्कृतिक धरोहरबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गर्दै हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडिमालिका नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा भएको बताएकी छन्।

प्रधानमन्त्री बन्नुअघि चुनावी अभियानका क्रममा बालेन शाहले बडिमालिकालाई “स्विट्जरल्यान्डको बाउ” भन्दै प्रशंसा गरेका थिए। त्यसयता बडिमालिका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइन्छ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘ए मेरो हजुर ५’ मा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघि पनि उनीहरूले ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृंखलामा जोडी बाँधेर दर्शकको मन जितेका थिए।

Happy Birthday, Sandeep Lamichhane : नेपाली क्रिकेटका स्टार लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई जन्मदिनको हार...
02/08/2026

Happy Birthday, Sandeep Lamichhane : नेपाली क्रिकेटका स्टार लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई जन्मदिनको हार्दिक शुभकामना। आगामी दिनहरूमा थप सफलता, उत्कृष्ट प्रदर्शन र सुखद भविष्यको कामना। 🏏 🎂🇳🇵

नेपाली चलचित्रका ‘एक्सन किङ’ निखिल उप्रेती निर्देशित तथा अभिनीत बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ को फर्स्ट लुक पोस्टर सार्...
30/07/2026

नेपाली चलचित्रका ‘एक्सन किङ’ निखिल उप्रेती निर्देशित तथा अभिनीत बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। साथै, चलचित्र आगामी असोज ९ गते देशभरका सिनेमाघरमा प्रदर्शन हुने घोषणा गरिएको छ।😮

सार्वजनिक पोस्टरमा निखिल उप्रेती निकै फरक र दमदार अवतारमा देखिएका छन्। लामो कपाल र दाह्री, आँखामा VR गगल्स, हातमा चील (बाज) र पिठ्युँमा ‘२.०’ बारकोडसँगै ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ भन्ने भगवद्गीताको श्लोक ट्याटुका रूपमा कुँदिएको देखिन्छ। पोस्टरले चलचित्रमा धर्म, न्याय, प्रविधि र एक्सनको संयोजन रहेको संकेत गर्छ।

चलचित्र निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो भने कृष्णा भट्टराई निर्माता र सञ्चिता लुइँटेल मुख्य निर्माता हुन्। करिब ११ वर्षपछि चलचित्र ‘भैरव’ पछि निखिल उप्रेतीले यही चलचित्रमार्फत निर्देशनमा पुनरागमन गरेका हुन्।

चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया र दीपराज राणा मुख्य भूमिकामा छन्।

‘आचार्य’को छायाङ्कन नेपालका विभिन्न स्थानका साथै भारतको पश्चिम बंगाल (डुअर्स), मुम्बई र झारखण्डमा गरी ८३ दिन लगाएर सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ। चलचित्रमा उच्चस्तरीय एक्सन र VFX प्रयोग गरिएको पनि बताइएको छ।

‘आचार्य’ को फर्स्ट लुक तपाईंलाई कस्तो लाग्यो?

कोपिला फक्रिएसँगै, सुर्य उदायसँगै,एक नयाँ विश्वास लिएर दिनको सुरुवात होस मिठो मुस्कानसँगै!!शुभ बिहानी ☕️☕️
25/07/2026

कोपिला फक्रिएसँगै, सुर्य उदायसँगै,
एक नयाँ विश्वास लिएर दिनको सुरुवात होस मिठो मुस्कानसँगै!!

शुभ बिहानी ☕️☕️

राजसंस्था बिना नेपालको परिकल्पना गर्न सकिन्न - नायक रमेश उप्रेति 😮
17/07/2026

राजसंस्था बिना नेपालको परिकल्पना गर्न सकिन्न - नायक रमेश उप्रेति 😮

यी स्कुले ड्रेसमा देखिएकी सानी नानी अहिले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। चिन्नुभयो त? 😊
15/07/2026

यी स्कुले ड्रेसमा देखिएकी सानी नानी अहिले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। चिन्नुभयो त? 😊

नेपाली चलचित्र ‘आचार्य’ मार्फत एक्सन स्टार निखिल उप्रेती र अभिनेत्री पूर्णिका सिजापति पहिलो पटक एउटै पर्दामा देखिँदै छन्...
09/07/2026

नेपाली चलचित्र ‘आचार्य’ मार्फत एक्सन स्टार निखिल उप्रेती र अभिनेत्री पूर्णिका सिजापति पहिलो पटक एउटै पर्दामा देखिँदै छन्।

यो नयाँ जोडीको केमेस्ट्री र चलचित्रलाई लिएर दर्शकमाझ अहिलेबाटै उत्सुकता बढ्न थालेको छ।

तपाईं यो नयाँ जोडीलाई पर्दामा हेर्न कत्तिको उत्साहित हुनुहुन्छ? 😊

नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली तथा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई जन्मदिनको हार्दिक शुभकामना! ❤️🌸आफ्नो स्वाभा...
04/07/2026

नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली तथा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई जन्मदिनको हार्दिक शुभकामना! ❤️🌸

आफ्नो स्वाभाविक अभिनय, मेहनत र उत्कृष्ट प्रस्तुतीमार्फत नेपाली सिनेमामा छुट्टै पहिचान बनाउन सफल स्वस्तिमा खड्कालाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र निरन्तर सफलताको हार्दिक शुभकामना।

आगामी दिनमा पनि उत्कृष्ट चलचित्रमार्फत दर्शकको मन जितिरहनुहोस्। जन्मदिनको धेरै धेरै शुभकामना!

स्वस्तिमा खड्काको तपाईंलाई सबैभन्दा मनपर्ने चलचित्र कुन हो? 😊

Address

Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when Artists/Celebrity Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share