Gorkha Globe

Gorkha Globe Australia NSW

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
14/09/2025

शुभ प्रभात 🙏 आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज आइतबार : रातो मछिन्द्रनाथको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻
14/09/2025

आज आइतबार : रातो मछिन्द्रनाथको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻

14/09/2025

काठमाण्डु – जेनजी आन्दोलनमा घर जलेपछि ३ दलका शीर्ष नेताहरू घरवारविहीन भएका छन् ।

जेनजी आन्दोलनकारीहरूले घर जलाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित थुप्रै नेताहरू अहिले घरवारविहीन भएका हुन् ।

एमाले अध्यक्ष ओलीको भक्तपुरको बालकोटमा रहेको निवास आन्दोलनकारीको आगजनीबाट जलेर खरानी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारमा रहेको भाडाको घर पनि आगोले भष्म भएको छ ।

कांग्रेसका सभापति देउवाको बुढानिलकण्ठको निवास पनि खरानी बनेको छ । ओली र देउवाको निवास आफ्नै हो भने प्रचण्ड भाडाको घरमा बस्दै आएका थिए ।

प्रचण्ड र ओलीको गृहजिल्ला क्रमश: चितवन र झापामा रहेका घर समेत जलाइएको छ ।

आन्दोलनकारीहरूले अधिकांश पूर्वमन्त्री, सांसद र नेताहरूको घर तोडफोड गरेका छन् भने आगो लगाएर ध्वस्त बनाइदिएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरमा रहेको घर, पार्टीका सम्मानिक नेता झलनाथ खनालको डल्लुस्थित घरसहित दर्जनौं पूर्वमन्त्री, सांसद तथा नेताहरूको घर जलेको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायतका नेताहरूको घर जलेको छ ।

पूर्वमन्त्रीहरू प्रकाशमान सिंह, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, विष्णु पौडेल, रघुवीर महासेठ, राजेन्द्र महतो, गगनकुमार थापा, शंकर पोखरेल, वर्षमान पुन, रामशरण महत, प्रकाशशरण महत, योगेश भट्टराई, गोकर्ण विष्ट, चक्रपाणी खनाल, गिरिराजमणि पोखरेल, रामकुमारी झाँक्री, गोकुल बास्कोटा, महेश बस्नेतसहित नेताहरूको घर पनि जलेर नष्ट भएको छ । कतिपय नेताहरूको घरमा तोडफोड र लुटपाट समेत भएको छ ।

अध्यक्ष प्रचण्डका दुवै छोरीहरू रेनु दाहाल र गंगा दाहालको पनि घर जलेको छ । आन्दोलनकारीहरूले आगो लगाउँदा नेताहरूको घर मात्र ध्वस्त भएको छैन, त्यहाँ भएका सबै सामान पनि खरानी भएका छन् ।

यसैगरी कतिपय नेताहरूको घरमा तोडफोड गरी क्षति पुगेको छ भने घरका सामान पनि लुटिएको छ ।

वर्षौंदेखि आलिशान महलमा बस्दै आएका नेताका घरलाई आन्दोलनकारीले निशाना बनाएपछि अहिले खण्डहरमा परिणत भएका छन् । जसका कारण नेताहरू डेरा खोज्न थालेका छन् ।

अहिले तीनै जना नेताहरू घरवारविहीन भएपछि उनीहरूको लागि नयाँ घर भाडामा खोज्नैपर्ने अवस्था आएको छ ।

दशकौंसम्म देशको शासन–सत्ता आफ्नो नियन्त्रणमा लिएका यी ३ नेता जीवनको उत्तरार्द्धमा घरवारविहीन भएका छन् ।

आन्दोलन हिंसात्मक बन्दै गएपछि नेताहरू सेनाको ब्यारेकमा ज्यान जोगाउन सफल भएका थिए । सेनाको ब्यारेकभित्र रहेका नेताहरू अहिले डेरा खोज्दैछन् ।

14/09/2025

Address

Blacktown
Sydney, NSW
33700

Telephone

+61434139965

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Globe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Globe:

Share