
12/09/2025
भाग्य न्यौपाने आफ्नो बचाऊमा अरुलाई दोष किन ?
युट्युवे भाग्य न्यौपानेले आफ्नो बचाउ गर्र्दै भिडियो सार्वजनिक गरेका छन् । ८० केजी सुन भाग्य न्यौपानेले फिर्ता गर्नुपर्छ भनेपछि उनले आफुलाई जोगाउन दोष अर्कैलाई खनाइसके । स्थानीय मिडियाले समाचार लेखेका कारण आफुले बताएको भन्दै आफ्नो बचाउ गर्दैछन् । मिडियाकर्मी होस् वा कुनै जिम्मेवार युट्युवरले आफुबाट प्रवाह भएको सूचनाको जिम्मा लिनुपर्छ । सञ्चारकर्म गर्नेले जवाफदेही र जिम्मेवारीबाट भाग्न मिल्दैन । अर्कोलाई देखाएर भाग्न पाइदैन ।
आफुले गरेको गल्तीबाट जोगिन अन्य पत्रकारलाई झोले भन्नुको अर्थ छैन । तिमि पनि कसको झोला बोकेर कुदेको छौं, दुनियाँलाई थाहा छ । अदालतले कानुनी सजाय दिइरहेको व्यक्तिलाई जेलबाट झिकेर गृहमन्त्री बनाउनुपर्छ भन्दा तिमि कसको झोला बोकेर हिडिरहेका छौं, जवाफ दिनै पर्दैन ।
झोले तिमि भन्दा बफादार लाग्छ, किनभने उनीहरु तिमि जस्तो अफवाह फैल्याउने, आफु गल्ती गरेर अरुलाई देखाउने काम उनीहरु गर्दैनन् । जे गर्छन्, त्यसको जिम्मा पनि लिइरहेका हुन्छन् । कुनै झोलेले ८० केजी सुन भनेर गलत प्रचार गरेनन् ।
झोले पत्रकार १९ जना मान्छे मार्दा पनि किन निस्केनन् भन्ने तिम्रो प्रश्न छ । तिमिलाई हाम्रो पनि प्रश्न छ, तिमि किन निस्केनौं ? १९ जना बचाउने जिम्मा तिम्रो थियो कि थिएन ? ति १९ जना झोलेहरुको मान्छे भनेर हो ? तिमि बाहिर ननिस्केको ? याद राख, झोलेहरु बेस्या पत्रकार होइनन्, तिमि जस्तो । दुनियाँको झोका बोक्ने बेस्या पत्रकार कसैले नबनेको राम्रो । तिमिले गरिव दुखिलाई किन सहयोग गरेको थाहा हामीलाई । किनभने, त्यो गरिवी देखाएर तिमिले आम्दानी गरिरहेको छौं । दुख देखाएर हात मुख जोर्दैछौं । घर बनायौं । लाखौंको गाडिमा कुदेका छौं, गरिव र दुखीहरुलाई देखाएर र प्रदर्शन गरेर । यहाँ गरिव, दुखी भएनन् भने तिमिहरु भोकै बस्नुपर्नेछ । त्यसैले तिमिहरु देशलाई दुख्दा पनि हासिरहेका छौं । गरिवी खोजी रहेका छौं । कहिले देश बन्दैछौं भन्यौ ? हिजोको दुख हट्दैछ, देश बन्दैछ भन्यौ ? भन्दैनौं, किनभने त्यसले तिमिलाई डरल आउदैन ।
कोही मान्छे मर्नु हुदैन । सबै मान्छेको जीवन उस्तै हो । गरिव, होस् वा धनी । आगो लगाएर , तोडफोड गरेर कोही मान्छेको जीवन फर्किएन । यो त सब बदला थियो, रिसिवी थियो । यत्ति मात्रै बुझ्ने मगज थियो भने तिमिप्रति हाम्रो सद्भाव हुने थियो । अब, तिमिलाई दुख नै देखाउनुछ । अरुलाई झोले भनेर आफु उम्किुन नै छ भने पनि ठिकै छ । सबैको पाप धुरीबाट एक दिन कराउने छ । अरुको घर जल्दा खुशी नै भयौं त्यो थाहा छ । तर, भन्छौं– ८० केजी सुनको हिसाव हामीलाई चाहिन्छ । २० केजी तिमिलाई दान भयो, ६० केजी फिर्ता गर्नैपर्छ । नत्र, यो प्रश्नबाट तिमि कहिल्यै भाग्न पाउने छैनौं भाग्य ।