09/09/2026
ठमेलमा भारी बोक्ने देखि सफल व्यवसायीसम्म — धादिङका केशव अधिकारी घरको आर्थिक अवस्था नाजुक भएपछि काठमाडौ छिरे । त्यो बेला पढाइ र कामलाई सँगसँगै लैजान सक्ने अवस्था थिएन । यसैले उनले पढाई छोडेर ठमेल तिर भारी बोक्ने काम गर्न थाले । त्यो बेला उनको उमेर १३/१४ वर्षको थियो ।
भारी बोक्ने काम पछि उनले होटलमा भाडा माझ्ने र कोठा मिलाउने काम पाए । त्यही बेला नै उनलाई जापानिज भाषाको बारेमा थाहा लग्यो । उनले जेनतेन जपानी भाषा पढे र गाइडको काम गर्न थाले । गाइडको काम गर्दा गर्दै उनले जापान जाने अवसर पाए । त्यो बेला २० वर्षका थिए ।
जापानमा उनले झन्डै १० वर्ष लगातार मेहेनत गरे । घर भत्काउने देखि तरकारीमा काम गरे । उनि विहान घाम झुल्किनु अघि काममा जान्थे, अनि घाम अस्ताए पछि घर फर्कन्थे । त्यो दश वर्षमा एक समय पनि नेपाल फर्किएनन् ।
र, दशौ वर्षमा उनले एउटा सानो आफ्नै इन्डियन रेस्टुरेन्ट खोले । त्यसको एक वर्ष पछि जापानिज रेस्टुरेन्ट खोले । र, उनि एकपछि गर्दै व्यवसायमा होमिए । त्यसको प्रतिफल नेपाल पनि भित्र्याए । आज ठमेलमै उनको विशाल भवन छ जसको मासिक भाडा नै ६ लाख माथि आउछ । कुनै बेला यही ठाउमा उनि मासिक ६०० को लागि भरि बोक्ने काम गर्थे ।
यसरी देख्न सकिन्छ, जुन सुकै मेहेनत गर्दै जाने र आम्दानीलाई लगानी गर्न सक्ने हो भने सफल हुन सकिन्छ । केशव अधिकारीको जीवन कथाले यही सिकाउदछ ।