Safal Sansar

Safal Sansar संघर्षका कथा, सफलताका कथा, सकारात्मक खबर, प्रेरक भनाइहरू तथा मनछुने लाइनहरू... दियो जस्तै; उज्यालो छर्ने हाम्रो प्रयास ।

मान्छेले भन्छ मेरपछी मलामी । लास्टमा किन मलामी चाहियो ? सासलाई चाहिने हो साथीभाइ जे पनि । साथ्, सहयोग, माया, प्रेम सासला...
21/12/2025

मान्छेले भन्छ मेरपछी मलामी । लास्टमा किन मलामी चाहियो ? सासलाई चाहिने हो साथीभाइ जे पनि । साथ्, सहयोग, माया, प्रेम सासलाई चाहिने हो लासलाई होइन । लास भनेको काठको मुढा जस्तो हो ढल्यो भने सिद्धियो । मैले मलामी कमाए भन्छ, म भन्छु तैले कहाँबाट देखिस् भाइ ? मेरो लास भएपछी मलाई फरक पर्दैन तर म जिउदो हुँदा मेरो माया गर्ने मान्छेहरू ओरिपरी हुनुपर्यो । तर मलैई इर्ष्या गर्ने, मेरो पेटमा कैची राख्ने मान्छे भने मेरो छेउमै नआउन । र, आउन पनि दिन्न । — रमेश उप्रेती

चाहे त्यो आफ्नै आमा हुन्, वा नेपाल आमा । आमा आमा नै हुन् । आमा महान हुनुहुन्छ । 🙏
21/12/2025

चाहे त्यो आफ्नै आमा हुन्, वा नेपाल आमा । आमा आमा नै हुन् । आमा महान हुनुहुन्छ । 🙏

हिनाको अन्तमा गोपालले २० हजार तलब पायो । त्यो तलब लिएर उसले २ हजार आफ्नै गोजीमा राख्यो, ४ हजार आफ्नो श्रीमतीलाई दियो र ब...
20/12/2025

हिनाको अन्तमा गोपालले २० हजार तलब पायो । त्यो तलब लिएर उसले २ हजार आफ्नै गोजीमा राख्यो, ४ हजार आफ्नो श्रीमतीलाई दियो र बाँकी रहेको १४ हजार आमाको हातमा राखिदियो ।

आमाको हातमा त्यत्रो धेरै रकम परेको देखेर गोपालको श्रीमती असन्तुष्ट हुँदै भनिन्, 'आमालाई १४ हजार रुपैयाँ र मलाई जम्मा ४ हजार दिनुभयो। घरको सबै काम म गर्छु, अनि मसँग यो भेदभाव किन ?'

यो सुनेपछि गोपालले चुपचाप आमाको हातबाट १४ हजार लिएर आयो र श्रीमतीको हातमा थमाइदियो र भन्यो, 'ल लेउ १४ हजार तर यो पैसाबाट ५ हजारको घर भडा तिर्नु ।' पतल्नीले त्यो पैसा चुत्त्याइन । गोपालले फेरी भने, '४ हजार उधारो रासनको पनि दिनु ।' श्रीमतीले त्यो पनि छुट्याइन । 'त्यसपछि विजुली पानी र स्कुल फिको लागि ३ हजार छुट्याउनु ।' यति गर्दासम्म उनीसंग जम्मा २ हजार बचेको थियो ।

बचेको पैसा देखाउदै गोपालले भन्यो, 'आमासँग यही २ हजार रुपैयाँ मात्र बच्थ्यो । यसलाई पनि उहाँ हामीमाथि नै खर्च गर्नुहुन्थ्यो । आमालाई आफ्नो गोजीमा राख्नको लागि पैसा चाहिँदैन, बस थोरै सम्मान चाहिन्छ । उहाँ घरको व्यवहार हेर्ने स्तरमा भएकोमा खुसी हुनुहुन्छ ।'

यति सुनेपछि श्रीमतीले १४ हजार आमालाई फिर्ता दिनु भन्दै आफ्नो भागको ४ हजार लिइन ।

शिक्षा — आफ्ना माता-पितालाई घरको मालिक बनाइराख्नुहोस् । यति सानो इज्जतको आडमा उहाँहरूको आयु बढ्नेछ । आमा-बाबु आफ्नो अन्तिम साससम्म आफ्ना बच्चाहरूको लागि बाँच्छन् । आफ्ना लागि बाँच्न उहाँहरूलाई आउँदैन ।

सायद, औपचारिक निमन्त्रणामा आएको भिड थिएन होला यो । सायद, गाडी बाट ओह्रालिएको जमात थिएन होला यो । सायद, खाजाको नास्ताको व...
20/12/2025

सायद, औपचारिक निमन्त्रणामा आएको भिड थिएन होला यो । सायद, गाडी बाट ओह्रालिएको जमात थिएन होला यो । सायद, खाजाको नास्ताको व्यवस्थाले गर्दा आएका लस्कर थिएन होला यो । सायद, उर्दी जारी गरेर बोलाइएको जत्त्था थिएन होला यो ।
..एक दुनियाँ उनलाई 'ठग' देखाउन मरिमेटीरहेको अवस्थामा एक अर्को दुनिया हृदयभारी आश बोकेर उनलाई यो देशको परिवर्तनको नायक स्वीकार्न तयार छ ।

युवाको आँट — नेपाली युवा अन्तर्वार्ताकार गौरव पौडेलले प्राइम टेलिभिजनबाट 'म्याराथन टक शो' लिएर आए । जसको उद्देश्य थियो १...
20/12/2025

युवाको आँट — नेपाली युवा अन्तर्वार्ताकार गौरव पौडेलले प्राइम टेलिभिजनबाट 'म्याराथन टक शो' लिएर आए । जसको उद्देश्य थियो १०० घण्टासम्म अविराम अन्तर्वाता लिएर विश्व किर्तीमान कायम गर्ने । यसभन्दा अघिको रेकर्ड ७३ घण्टा २३ मिनेटको थियो । विविध कठिनाइका वावजुद १०० घण्टा पुर्याउन नसकेतापनि उनले लगातार ७९ घण्टासम्म अन्तर्वार्ता लिएर विश्व किर्तिमान कायम गर्न सफल भएका छन् ।

आँट र साहस हुने हो भने असम्भव लाग्ने काम पनि सम्भव हुन् सक्छ भन्ने उदाहरण एक नेपाली युवा हुन सकेका छन् । कुनैबेला यो रेकर्ड पूर्व पत्रकार रवि लामिछानेको नाममा थियो ।

गौरव पौडेललाई धेरै धेरै बधाई छ !

हिन्दिमा एउटा कहावत छ 'नाम हो, बदनाम हो, पर गुमनाम ना हो ।' यही फर्मुला समातेर महेश बस्नेतले २२ वर्षको उमेरमै गाविस अध्य...
18/12/2025

हिन्दिमा एउटा कहावत छ 'नाम हो, बदनाम हो, पर गुमनाम ना हो ।' यही फर्मुला समातेर महेश बस्नेतले २२ वर्षको उमेरमै गाविस अध्यक्ष भएर सुरु गरेका राजनीतिक करियर अघि बढाउदै उनि नेकपा एमालेको केन्द्रिय सचिवसम्म निर्वाचित हुन सफल भएका छन् ।

एकपछि अर्को विवादास्पद कुरा भन्न र शेयर गर्न कहिल्यै छोडेनन् । कल्ले के भन्ला भन्दा पनि कताबाट आफ्नो नाम र काम बन्छ त्यतातिर लागेरै उनि मिडियामा छाइरहे । र, अन्तत: उही फर्मुलाले सफल पनि भए ।

उनिबाट सिक्न सकिने एउटा कुरो हो — सक्छौ उठेर भगवान बन, नसके खसेर शैतान बन तर बीचको नादान नबन ।

"म एसएलसी फेल हुँ । परिक्षामा फेल हुँदैमा आफूलाई कमजोर ठान्नु हुँदैन । तपाई फेल कक्षा दशमा हुनुभएको छ, जीवनमा होइन भनेर ...
18/12/2025

"म एसएलसी फेल हुँ । परिक्षामा फेल हुँदैमा आफूलाई कमजोर ठान्नु हुँदैन । तपाई फेल कक्षा दशमा हुनुभएको छ, जीवनमा होइन भनेर बुझ्नुपर्छ । जीवनमा त अझ धेरै परिक्षा बाँकी छ नि । तर आज कक्षा दशमा मेरो बारेमा पढाइन्छ । म एसएलसी फेल भएपछि भारत गएर भाडा माझ्ने काम गर्न सुरु गरेर लन्डनको प्रतिष्ठित होटेलमा एक्जेक्युटिभ सेफ भएर नेपाल आएको मान्छे हु । २३ वर्षको उमेरमा मेरो सुपरिवेक्षणमा १०० जना काम गर्थे । पढाइमा फेल भएको मान्छे हु तर म अंग्रेजी सहित कैयन भाषा बोल्न सक्छु, हार्वाड युनिभर्सिटी, एल युनिभर्सिटीमा लेक्चर दिएर आएको मान्छे हु । यसैले पढाइमा असफल हुनु भनेको जीवनमा असफल हुनु होइन ।"

— सन्तोष शाह, मास्टरसेफ विजेता

बाघ जब घाइते हुन्छ, तर जीवित नै रहन्छ भने त्यो सबैभन्दा खतरनाक हुन्छ । गो'ली लागेर बनेको चोट जब पुरिन्छ, त्यो मजबुद भएर ...
18/12/2025

बाघ जब घाइते हुन्छ, तर जीवित नै रहन्छ भने त्यो सबैभन्दा खतरनाक हुन्छ । गो'ली लागेर बनेको चोट जब पुरिन्छ, त्यो मजबुद भएर निस्कन्छ । यस्तै अवस्थामा जे'लबाट निस्किएका छन्, रवि लामिछाने ।

चुनाव नजिकिदो छ, जेन-जीले निकै ठूलो वैचारिक क्रान्ति गरेको छ । पूराना दलप्रति सर्वाधिक वितृष्णा छ । दलीय र गैरदलीय सरकारका कार्यक्षमता जनताले प्रत्यक्ष देख्न र भोग्न पाएका छन् । नव युवाहरूले पृथक राजनीतिमा चासो देखाएका छन्, र उनीहरू पहिलोपटक भोट हाल्न आतुर छन् ।

र यी सबैका बीच उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा हुनको निम्ति आदेश जारी गरेको छ । जनतामाझ अब उनि कसरी प्रस्तुत हुनेछन्, त्यो भने हेर्न बाँकी छ ।

लोकेन्द्र बोहरा जम्मा २३ वर्षका भए । अछाम जस्तो दुर्गम भेगमा जन्मिएका उनले राम्रोसँग पढ्ने अवसर पाएनन् । कक्षामा सधै लास...
25/11/2025

लोकेन्द्र बोहरा जम्मा २३ वर्षका भए । अछाम जस्तो दुर्गम भेगमा जन्मिएका उनले राम्रोसँग पढ्ने अवसर पाएनन् । कक्षामा सधै लास्ट बेन्चमा बस्ने, पढ्न मन नलाग्ने भएपछि पढाइमा प्रगति गर्न सक्दिन जस्तो लग्यो उनलाई । यसैले ९ कक्षा पढेर उनि मजदुरी गर्न भारत लागे । त्यतीबेला उनि १३ वर्षका थिए । तर परिवारले, अझ विशेषगरी दाजुले पढ्नुपर्छ भनेर प्रोत्साहन गरेपछी छोडेको पढाइलाई भारतबाट फर्केर फेरी निरन्तरता दिए ।

यसरी भारतमा मजदुरी गर्दा गर्दै फर्किएका लोकेन्द्रले एसईइ घरमै पढेर पास गरे, अनि हेल्थ असिस्टेन्ट कोर्स गरेर लाइसेन्स निकाले, र लोकसेवाको तयारी गरे । लोक सेवामा नाम निकाल्नु सबैभन्दा कठिन काम मानिन्छ तर उनले फरकफरक प्रदेशमा आयोगले लिने सातवटामा परिक्षा दिए र सतवटैमा लिखित परिक्षा पास गरे । अनि तिन ठाउँमा अन्तर्वार्ता दिए, हाल उनि कर्णाली प्रदेशअन्तर्गत कालीकोट जिल्ला अस्पतालमा अहेव (चौथो तह) पदमा कार्यरत छन् ।

यसरी पढाइमा सक्षम छैन भन्ने लागेको एउटा व्यक्ति परिवार र दाजुको प्रेरणाको कारण पढाइमा सबैभन्दा अब्बल भएर निस्किए । लोकेन्द्रलाई धेरै धेरै बधाई एवं उज्ज्वल भविष्यको शुभकामना छ ।

"पैसा कमाउन सजिलो होला तर राम्रो साथीभाई जुर्न ठूलो भाग्य चाहिन्छ ।" — मदनकृष्ण श्रेष्ठ
25/11/2025

"पैसा कमाउन सजिलो होला तर राम्रो साथीभाई जुर्न ठूलो भाग्य चाहिन्छ ।" — मदनकृष्ण श्रेष्ठ

17/11/2025
सम्झना छ ? साना कक्षा पढ्दा यी कविताहरू भाका हालेर गाउथ्यौ । सायद पटक पटक गाएको भएर होला यी हाम्रो मनमा अविस्मरणीय भएर र...
15/11/2025

सम्झना छ ? साना कक्षा पढ्दा यी कविताहरू भाका हालेर गाउथ्यौ । सायद पटक पटक गाएको भएर होला यी हाम्रो मनमा अविस्मरणीय भएर रहे ।

तलका मध्य कुन कविता तपाईलाई असाध्यै मन पर्थ्यो ?

Address

12/97 99 Oaks Avenue Dee Why
Kathmandu
2099

Alerts

Be the first to know and let us send you an email when Safal Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal Sansar:

Share

प्रेरणाका क्षेत्रमा अझ लागि पर्दै

प्रेरणाको क्षेत्रमा अझ एक कदम अघि बढ्दै ! नेपाली भाषामा वृहत सामाग्रीहरु सहित नेपालकै सबैभन्दा ठुलो फेसवुक पृष्ठ अनि वेवसाइट ! आजै हाम्रो पेज लाइक एवं वेवसाइट लग अन गर्नुहोस : www.thesuccessnews.com/nepali