25/09/2025
लौ तै परमेश्वरी तमु त पूर्वै खाँडादेवी,खाँडामाई,खाँडा योगिनी देवी! तमुले त कल्पै सत्यजुगमा शुम्भ निशुम्भको खोडैले खप्पर शिरै तोडी आफ्नो हाता लिएछौ नि खोडैमा लागिआएको दैतेको रक्ती दुर्गै खोलामा पखाली नाची नाची तमुले त हे खाँडा रानी तम्रो हातको खडग यसै धरतमा गाडी लिएछौ नि!!
कल्पै जुग बिति आउदा खेरीमा गोर्खे शाह राजा नि आफ्नो फौजी साथ हाता लिई तमरो थानी मानिमा आउदा खेरीमा तमुले त सपनामै दर्शन दिई गोर्खे राजैलाई उपदेश वर दिई आउदा खेरीमा नि।गोर्खे फौज गढीको युद्ध लडी जिति आएछौ नि युद्ध जिति आउदा खेरीमा गोर्खे राजै अति भक्ती दण्ड ढोग गरि फूलापाती,धुप,अक्षेता चोखो निधो गरि तम्रो शिला पथर राजधानी लिइ सुनकै गजुर,सुनकै आसन मै बसाउला भनी लिई आउदा खेरीमा तमु त अलापै भएछौ नि खाडादेवी रानी।गोर्खे राजैको कयौ प्रयास विफल भै आउदा खेरीमा तमुले त सपनामै हे गोर्खे राजै न त मलाई सुन,चादी,हिरा न सुनैको मन्दिर चाहियो म यसै वन डाडाकाडा मै खुशी छु म राजधानी जान्न भनी सत्ये काईरन बताई आउदा खेरीमा गोर्खे राजैले गोर्खे राज्यबाट बाघको दो शिला साथाहाता ल्याई चढाइ आएछौ नि पुजैको थाली,खोडा,ढ्याङरो,शंख चढाई आएछौ नि खाडा देवी रानी।१० अम्ला जोडी लौ तै देवी परमेश्वरी मै बालै गोर्खे पृथ्वी नारायण शाहले तमुलाई त वर्षको एकबाजी बडा दशैमा सुनपंखी,राँगा महिषको छाक लगाउछु भोग लगाउछु भनी वर्षको एकबाजी राज्यबाट छाकभोग लगाई आएछौ नि खाडादेवी रानी।
लौ परमेश्वरी मै बालाको रख्वार गरिलेउ,जो मनले आटेको सो पुर्याईदेउ,नौ ग्रह साङगे गरि लेउ सबैको मन जिताईलेउ तमुलाई कोटि ढण्ड ढोग नमस्कार छ परमेश्वरी मै बाला *आफ्नो पूरा नाम* को बिन्ती सुनिदेउ खाडादेवी रानी!🔱🙏❤️