Blessing TV

Blessing TV Welcome to the Official page of Blessing TV Nepal
Want to write us? Send your email.

बेथेल बचत तथा ऋण सहकारीद्वारा उत्कृष्ट सेयर सदस्य सम्मानबेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४औँ वार्षिक साधारण सभा...
28/12/2025

बेथेल बचत तथा ऋण सहकारीद्वारा उत्कृष्ट सेयर सदस्य सम्मान

बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाको प्रगतिमा योगदान पुर्‍याउने उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरेको छ।

आइतबार सम्पन्न कार्यक्रममा नियमित बचत, अनुशासित ऋण कारोबार तथा संस्थाप्रतिको सक्रिय सहभागिताका आधारमा छनोट गरिएका सेयर सदस्यहरूलाई प्रमाणपत्र तथा सम्मान सामग्री प्रदान गर्दै कदर गरिएको हो।

संस्थाका अध्यक्ष श्री बि. एन. पण्डितको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा अतिथि, सल्लाहकार तथा सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममार्फत सम्मानित सेयर सदस्यहरूको योगदानको उच्च मूल्यांकन गरिएको संस्थाले जनाएको छ।

संस्थाका पदाधिकारीहरूले सम्मान कार्यक्रमले अन्य सेयर सदस्यहरूलाई पनि सहकारीप्रति अझ जिम्मेवार र सक्रिय बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

बेथेल बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारण सभा सम्पन्न, उत्कृष्ट सेयर सदस्य सम्मान बेथेल बचत तथा ऋण सहकारी संस्था लिमि...
28/12/2025

बेथेल बचत तथा ऋण सहकारी संस्थाको १४औँ साधारण सभा सम्पन्न, उत्कृष्ट सेयर सदस्य सम्मान

बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा २०८२ साल पौष १३ गते आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष श्री निरज बोहराले गर्नुभएको थियो ।

साधारण सभा राष्ट्रिय गानसँगै औपचारिक रूपमा सुरु भएको थियो। सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री बि. एन. पण्डितले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, संस्थाका सल्लाहकारहरू, सेयर सदस्यहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा संस्थाका सदस्य ए. पूर्ण बहादुर सुनुवारले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सेयर सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसपछि नेपाल बप्तिस्ट काउन्सिलअध्यक्ष तथा नेपाल ख्रीष्टियन समाजका (NCS) महासचिब पा. राजेन्द्र मल्लले शुभकामना मन्तव्य राख्दै सहकारी संस्थाहरूले समुदायको आर्थिक सशक्तीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सहकारीको सफलताका लागि पारदर्शिता, अनुशासन र सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।

सभाको कार्यसूचीअनुसार लेखा समितिको प्रतिवेदन समितिका संयोजक श्री सुगम महतोले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाको लेखा परीक्षण अवस्था, वित्तीय अनुशासन तथा खर्च व्यवस्थापनसम्बन्धी विस्तृत विवरण प्रस्तुत गरिएको थियो।

त्यसपछि कोषाध्यक्ष श्री सीता गुरुङ तथा अमृता तामाङले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय विवरण, नाफा–नोक्सानीको अवस्था, निक्षेप संकलन तथा ऋण लगानीको प्रगतिबारे जानकारी गराउनुभएको थियो। साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेटसमेत सभामा प्रस्तुत गरिएको थियो, जसमा संस्थाको दिगो विकास, सेवा विस्तार र सदस्य लाभलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको थियो।

यसै क्रममा ऋण उप–समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा ऋण प्रवाहको अवस्था, ऋण असुली प्रगति, जोखिम व्यवस्थापन तथा भविष्यमा ऋण प्रणालीलाई अझ प्रभावकारी बनाउने योजनाहरू समावेश गरिएको थियो।

सभामा प्रस्तुत सबै प्रतिवेदन तथा बजेटमाथि सेयर सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। छलफलपछि सुझावहरू समेट्दै सबै प्रतिवेदन तथा बजेट सर्वसम्मत रूपमा अनुमोदन गरिएका थिए।

साधारण सभाको अवसरमा संस्थाको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। नियमित बचत, अनुशासित ऋण कारोबार तथा संस्थाप्रतिको प्रतिबद्धताको आधारमा छनोट गरिएका सेयर सदस्यहरूलाई प्रमाणपत्र तथा सम्मान सामग्री प्रदान गर्दै कदर गरिएको थियो। यस सम्मान कार्यक्रमले अन्य सदस्यहरूलाई पनि संस्थाप्रति अझ सक्रिय र जिम्मेवार बन्न प्रेरणा दिएको सहभागीहरूको भनाइ रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री बि. एन. पण्डितले सभालाई सम्बोधन गर्दै संस्थाको निरन्तर प्रगतिमा सहयोग पुर्‍याउने सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सल्लाहकार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा सहकारीलाई अझ सुदृढ, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो।

23/12/2025

Address

16 Bond Street, Hurstville
Sydney, NSW
2220

Alerts

Be the first to know and let us send you an email when Blessing TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Blessing TV:

Share