11/09/2026
मलेसियामा कार्यरत नेपाली तथा विदेशी कामदारद्वारा बाढीपीडितका लागि सहयोग
मलेसिया। भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि मलेसियामा कार्यरत नेपाली तथा विदेशी कामदारहरूले आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन्।
SDP Manufacturing Sdn Bhd मा कार्यरत नेपाली तथा विदेशी कामदारहरूबाट संकलन गरिएको RM १,१४० (मलेसियन रिंगेट) अर्थात् रु. ४२,५२२ बराबरको रकम आज प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
उक्त सहयोग अभियानबारे जिवन खड्काले जानकारी दिँदै, मातृभूमिमा आएको विपत्तिमा विदेशमा रहेका नेपाली तथा अन्य सहकर्मीहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताए।
सहयोग संकलन तथा अभियानमा पहल गर्ने दीपेन्द्र लौडारीलाई धन्यवाद दिँदै खड्काले सहयोग गर्ने सम्पूर्ण नेपाली तथा विदेशी कामदारहरूप्रति आभार व्यक्त गरेका छन्।
विदेशमा रहेर पनि नेपालमा परेको प्राकृतिक विपत्तिमा सहयोग गर्ने यो पहलले मानवीय भावना, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको माया झल्काएको छ।
विदेशमा रहे पनि मातृभूमिको दुःखमा साथ—यही हो नेपालीपन। 🙏🇳🇵