taja news

taja news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from taja news, Media/News Company, Rajshahi Division.

के लेखौ खै यी हातहरु कामिरहेका छन यात्रा सुभ रहोस,Struggle of father- Going abroad for family.🥺💔 मेरो देश बिचरा
16/05/2023

के लेखौ खै यी हातहरु कामिरहेका छन यात्रा सुभ रहोस,
Struggle of father- Going abroad for family.🥺💔 मेरो देश बिचरा

आज दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवस्था ,यी मध्ये धेरै त पर्देसि सके होलान अहिले सम्म !...
16/05/2023

आज दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवस्था ,यी मध्ये धेरै त पर्देसि सके होलान अहिले सम्म !...

Dear jindagi...
05/05/2023

Dear jindagi...

Thu, Mar 16, 2023२ चैत, २०७९यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा सिधै प्रवेश - सरोज तामाङ | बिहीबार, चैत २, २०७९यूएईलाई ...
16/03/2023

Thu, Mar 16, 2023२ चैत, २०७९

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा सिधै प्रवेश
- सरोज तामाङ | बिहीबार, चैत २, २०७९
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा सिधै प्रवेश

घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।

३११ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ६ विकेटकाे क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल राेकिएपछि नेपाल डीएल नियमअनुसार ९ रनले विजयी भएकाे हाे ।

यूएईलाई पराजित गरेसँगै नेपाल लिग टु को शीर्ष तीनमा परेर विश्वकप छनोटमा सिधै प्रवेश गरेको हो ।

नेपालका लागि गुल्सन झाले ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । त्यस्तै, भीम शार्कीले ६७ रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गरे । आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए । कुशल भुर्तेलले पनि अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए । कप्तान रोहितकुमार पौडेलले २५ बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाए ।

बलिङतर्फ यूएईका जुनाइद सिद्धिकले तीन र आयन अफ्जल खानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पायो । यूएईका लागि भ्रित्या अरभिन्दले र आसिफ खानले विष्फोटक ब्याटिङ गर्दै टिमलाई उकासे । आसिफ र भ्रित्याले १३५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । आसिफ खानले ४१ बलमा ११ छक्का र चार चौका प्रहार गर्दै १०१ रन बनाएर अविजित रहे । त्यस्तै, अरभिन्द ९४ रन मा आउट भए । अरभिन्दले १३८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, यूएईका कप्तान मोहम्मद वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । रोहन मुस्तफाले २०, सीपी रिजवानले सात, आर्यन लाक्राले ६ र आयन अफ्जल खानले तीन रन बनाए ।

Uniglbe BBADAV
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए । दीपेन्द्रले आठ ओभरमा दुई मेडन ओभर राखेर १९ रन खर्चिएर दुई विकेट लिएका हुन् । ललितले १० ओभरमा २७ रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले १० ओभरमा ८० रन खर्चिए । उनी सर्वाधिक रन खर्चिने नेपाली बलर बने । सोमपालले ९ ओभरमा एक मेडन ओभर राख्दै ७४ रन खर्चिए ।

प्लेअफमा नामिबिया
नेपालसँग यूएई पराजित भएसँगै नामिबिया प्लेअफमा झरेको छ । नेपालभन्दा पछि पर्दै नामिबिया प्लेअफमा पुगेको हो ।

यदी नेपालविरुद्ध यूएईले जित निकालेकोे भए नामिबिया लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाउने थियो । नेपालले ३६ खेलबाट ४० अंक बनाएर लिग टुमा शीर्ष तीनमा आफ्नो यात्रालाई टुंग्यायो । यता, चौथो बनेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक हुँदा चौथो स्थानमा रहेको यूएईको ३६ खेलबाट ३३ अंक हुँदा पुछारमा रहेको पपुवा न्युगिनीको ३६ खेलबाट ११ अंक छ ।

यता, लिग टु च्याम्पियन बनेको स्कटल्यान्डको ३६ खेलबाट ५० अंक हुँदा दोस्रो बनेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।

लिग टुबाट स्कटल्यान्ड, ओमान र नेपाल विश्वकप छनोटमा सिधै प्रवेश गरेका छन् । यता, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी भने विश्वकप छनोटको प्लेअफमा झरेका छन् ।

09/03/2023

काठमाडौँ । गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसद्‍मा बिहीबार भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका हुन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपतिमा निर्वाचित भए ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमोर्चा, नेसपा र आम जनता पार्टी पौडेललाई खुलेर समर्थन गरेका थिए । बिहीबार मतदानअघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पनि पौडेलको पक्षमा उभियो । नेम्वाङलाई भने एमाले बाहेकका दलको साथ पाएको देखिएन ।

Laxmi bank
काँग्रेसमा राष्ट्रपतिका आकाङ्क्षीहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मालाई पन्छाएर पौडेल उम्मेदवार बनेका थिए । पार्टीले आधिकारिक रूपमा पौडेललाई अघि सारेसँगै नेताहरू एक ढिक्का भएर चुनावी अभियानमा होमिएका थिए । पछिल्लो समय देउवासँग सहकार्य गरेकै कारण पौडेल राष्ट्रपति बन्ने बाटो खुलेको थियो । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसेपछि राष्ट्रपतिमा पौडेलको चर्चा चुलिएको थियो । देउवाले राष्ट्रपतिको उम्मेदवार बनाउने बचन दिएपछि पौडेल प्रस्तावक बसेको कांग्रेस वृत्तमा चर्चा थियो । तर, पुस १० गते दिउँसो १२ बजे चुनावअघिको गठबन्धनबाट माओवादी बाहिरिएपछि पौडेल छाँगाबाट खसेजस्तै अवस्था देखिन्थे ।

‘प्रचण्डजी गठबन्धन टुट्यो भनेर (बालुवाटारबाट) हिँड्नुभयो,’ १० पुसमा पौडेलले रातोपाटीसँग भनेका थिए, ‘अब हाम्रो हातमा केही रहेन । सबै गुम्यो । मैले साथीहरूलाई मनाउन सकिनँ ।’

बालुवाटारमा तत्कालीन गठबन्धन बिर्सजन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेपछि कांग्रेस घायल बनेको थियो । सोहीबीचमा एमालेको नेतृत्वमा बनेको सात दलीय गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने ।

एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नाउपाबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भयो । यो सहमतिसँगै राष्ट्रपति हुने सम्भावनाको ढोका बन्द भएपछि पौडेल रन्थनिएका देखिन्थ्यो । पौडेलको अभिव्यक्तिले पनि त्यो देखाउँथ्यो । तर फागुन १० सम्म आइपुग्दा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेसँग सहकार्य तोड्दै कांग्रेससँग सहकार्य गर्न तयार भएसँगै पौडेलको सपनाले पुनः जीवन पाएको थियो ।

यद्यपि, राष्ट्रपति बन्न नेता कृष्णप्रसाद सिटौलाले देखाएको उत्कट आकांक्षा पौडेलका लागि टाउको दुखाइ बनेको थियो । सिटौलाले अन्तिमसम्म पनि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवामाथि चर्को दबाब बढाएका थिए । कांग्रेस नेताहरूका अनुसार राष्ट्रपतिको उम्मेदवारमाथि छलफल गर्न फागुन ९ मा प्रधानमन्त्री प्रचण्डले देउवा दम्पती बालुवाटारमा डिनर खुवाउँदै वार्ता गरेका थिए । सो क्रममा प्रचण्डले राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई नै प्रस्ताव गरेका थिए ।

तर, देउवाले प्रचण्डको प्रस्ताव अस्वीकार गरे । त्यसपछि प्रचण्डले कांग्रेसबाट सिटौलालाई उम्मेदवार बनाउन देउवालाई प्रस्ताव गरेका थिए । फागुन ११ गते पनि कांग्रेस नेताहरूको छलफलमा प्रचण्डले सिटौलाप्रति झुकाव राखेका थिए । प्रचण्डसँगको छलफलमा सहभागी कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसले सिटौलालाई उम्मेदवार बनाइदिए हुन्थ्यो भन्ने प्रचण्डमा चाहना थियो । ‘राष्ट्रपतिमा कांग्रेसले यस्तै निर्णय गर्नुपर्छ भन्ने छैन । तर म सिटौलाजी उम्मेदवार बनुन् भन्ने चाहन्छु,’ कांग्रेस नेतासँग प्रचण्डको भनाइ थियो । तर, प्रचण्डको इच्छा विपरीत देउवाले सिटौलालाई अन्य पदमा व्यवस्थापन गरेर पूर्ववचनअनुसार पौडेललाई नै अवसर दिनुपर्ने बताएका थिए ।

फागुन १३ गते बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने बचन दिएको बुझिएको छ । एक वर्षपछि राष्ट्रियसभाका एक तिहाइ सांसदको कार्यकाल सकिने र सोही बेलामा सिटौलालाई व्यवस्थापन गर्ने देउवाको बचन थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि पनि सकिने भएकाले सिटौलालाई राष्ट्रियसभा ल्याएर अध्यक्ष बनाउने देउवाले आश्वासन दिएको ती पदाधिकारीको भनाइ छ ।

बैठकमा पनि सिटौलालाई राष्ट्रियसभा अध्यक्षको बचन दिएर देउवाले राष्ट्रपतिमा पौडेलको नाम प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई बैठकले अनुमोदन गरेपछि १३ गते दिउँसो ३ बजे ८ दलको समर्थनमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका थिए ।

यस्तो छ रामचन्द्रको रामकहानी

२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका हुन् । सवितासँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् । व्यास नगरपालिका–८ बेलथुम्कीका स्थायी बासिन्दा पौडेल हाल काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्छन् ।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । पौडेल २०१५ सालदेखि विद्यार्थी सङ्गठनको राजनीतिमा जोडिए । २०१५ देखि ०२४ को समयमा उनी नन्दीरात्री माविको विद्यार्थी सङ्घको अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बने ।

यो बीचमा पौडेललाई २०१७ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको महासचिव र २०२३ गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष बन्ने अवसर पनि मिल्यो । सोही समयमा सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव बने ।

२०२७ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी सङ्घको संस्थापक सदस्य पनि भए । १९ वर्षको विद्यार्थी राजनीतिपछि मात्र जिल्ला तहबाट पार्टी राजनीतिमा पौडेलको प्रवेश भएको थियो । २०३४ नेपाली कांग्रेस तनहुँको सदस्य भएका उनी ०३६ मा जिल्ला उपसभापति भएका हुन् ।

पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखका रूपमा २०४० सालमा पौडेल पार्टी केन्द्रीय राजनीतिमा आए । २०४३ मा कांग्रेस केन्द्रीय सदस्य बनेका उनी (२०६२–०६४) दुई वर्ष पार्टीको महामन्त्री भए । त्यसपछि उनी ०७२ सम्म पार्टी उपसभापतिको जिम्मेवारी रहे । सोही समयमा पौडेल कांग्रेस संसदीय दलको नेता पनि थिए । ०७२ सालमा भएको पार्टीको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहे ।

गत वर्षसम्म १४ औँ महाधिवेशनमा प्रतिस्पर्धाबाट ‘रिङआट’ भए पनि वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै भयो । १४ औँ महाधिवेशनमा आफ्नो गुट छिन्नभिन्न हुने देखेपछि उनी अन्तिम समयमा मौन बसेको विषयले काङ्ग्रेसभित्र तरङ्ग समेत उत्पन्न भएको थियो । जसको परिणामस्वरूप देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज बनेको थियो ।

६३ वर्ष लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताए । २०१८ देखि २०६२ सम्म विभिन्न अवधिमा गरी १५ वर्ष जेलमा उनको बन्दी जीवन व्यतीत भयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख बने ।

०५६ सालमा तनहुँ–२ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भएका पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए ।

०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पौडेल तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्‍मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए भने पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी शृङ्खलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । त्यसपछि खनालले प्रधानमन्त्रीमा बाजी गर्दा पौडेलको हातमा लाग्यो असफलता । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँपटक निर्वाचित भएका पौडेलले ०७४ को आम निर्वाचनमा तनहुँ – १ मा हार चाखे । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पौडेलले तनहुँ–१ बाट संसदीय निर्वाचनमा छैटौँ जित दर्ता गरे । लामो र अथक राजनीतिक सक्रियता पौडेलको प्रमुख पुँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक सङ्घर्षहरूमा संलग्न पौडेलले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेको देखिन्छ । काङ्ग्रेसभित्र नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताका रूपमा लिइन्छन्, उनी ।

पटक–पटक मन्त्री हुँदासमेत कुनै गम्भीर विवादमा नमुछिएका पौडेलको नेपाली राजनीतिमा इमानदार र निष्कलङ्क छवि छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सक्रिय राजनीतिबाट बिदा भएका छन् । अब संविधानको कसीमा बसेर राष्ट्रपतिको भूमिकामा विवादरहित भएर बिदा हुने चुनौती पौडेलमाथि छ ।

रामचन्द्र पौडेलराष्ट्रपति चुनाव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हार्दिक बधाई छ 🙏🙏नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र  प...
09/03/2023

हार्दिक बधाई छ 🙏🙏

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्। उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पुनः राजकीय पदमा विजयी भएका हुन्। त्यस्तै, एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन्।

28/02/2023
28/02/2023
28/02/2023

Nice songs

Address

Rajshahi Division

Website

Alerts

Be the first to know and let us send you an email when taja news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to taja news:

Share