Global patrika

Global patrika Connecting Nepalese globally ... The official page of globalpatrika.com.

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि  पार्टी कार्यालय जाँदै नेताहरू ।जेन–जी आन्दोलनमा आगजनी भएको पार्टी ...
14/10/2025

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि पार्टी कार्यालय जाँदै नेताहरू ।

जेन–जी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्न लागेको हो ।बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

धरानका मेयर हर्क साम्पाङ्गले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको स्टाटस प्रति कटाक्ष गर्दै किसान झैँ फोहोर लेख्नु भ...
14/10/2025

धरानका मेयर हर्क साम्पाङ्गले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको स्टाटस प्रति कटाक्ष गर्दै किसान झैँ फोहोर लेख्नु भन्दा हर्क साम्पाङ झैँ फोहोर लेख्नु सुझाब दिएका छन् । माटोलाई फोहोर ठान्नेहरु विरुद्ध हामी आएका छौँ भन्दै उनले चेतावनी पनि दिएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् "किशान झैँ फोहोर लेख्नु भन्दा बरु हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि । माटोलाई फोहोर ठान्नेहरु विरुद्ध हामी आएका छौँ माटोको टिका लगाएर देश बचाउन।"

भदौ २३-२४ को जेन-जी आन्दोनमा टीओबी (T.O.B) अङ्कित टी-शर्ट तथा ज्याकेट पहिरिएका भिडिओ र फोटोहरू अहिले सामाजिक सञ्जालमा भा...
12/10/2025

भदौ २३-२४ को जेन-जी आन्दोनमा टीओबी (T.O.B) अङ्कित टी-शर्ट तथा ज्याकेट पहिरिएका भिडिओ र फोटोहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । टीओबीको अर्थ टिबेटयन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) भएको र तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी 'फ्रि तिब्बत' गतिविधि चर्काउन खोजेको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

यसै बीच टीओबी समुहका सल्लाहकार सुरेन्द्र गुरुङ (हाकिम) सँग कान्तिपुरले गरेको संवादमा टीओबीको अर्कै (द ओरिजिनल ब्रदर्स) अर्थ उल्लेख गरेका छन् । साथै उनले विभिन्न र्यापरहरुको समूहमा आफ्नो जात वा समुदायको प्रतिनिधित्व गर्ने उदेश्यले पुस्तौ (तिन पुस्ते) देखि यहीँ बस्दै आएको र नेपाली नागरिक भईसकेको तर आफ्नो पुर्खा टिबेटयन भएकाले भाईहरुले टीओबी नाम राखेको भनेर स्पस्टीकरण दिएका छन्।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रायोजित र भ्रामक प्रचार गरिएको भन्दै उनको सचिवालयले गम्भीर ध्या...
12/10/2025

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रायोजित र भ्रामक प्रचार गरिएको भन्दै उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दाहालको घरबाट जेनजी आन्दोलनअघि दुई करोड रूपैयाँ पैसा ओसारिएको चर्चा व्यापक बनेपछि सचिवालयले खण्डन गरेको छ । उक्त चर्चाको प्रमाण ल्याउन प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले चुनौती दिएका छन् ।

प्रेस सेन्टरले शुक्रबार आयोजना गरेको सम्पादकसँगको छलफलमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जे ...
10/10/2025

प्रेस सेन्टरले शुक्रबार आयोजना गरेको सम्पादकसँगको छलफलमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जे भन्दै आएको हो त्यही पुगेकाले ज्योतिषीजस्तो लाग्ने बताएका छन्।

दाहालले लाखौं जनताले सिंहदरबार घेर्छन् भनेर खबरदारी गर्दै आएको कुरा ठ्याक्कै मिलेको बताएका छन्। साथै कांग्रेस र एमालेले दुई तिहाइको घमन्ड गरे बङ्गलादेश र श्रीलङ्काको अवस्था आउनसक्ने पनि उनले भन्दै आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका ...
09/10/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए ।

भक्तपुरको गुण्डुमा पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा ओलीले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठ...
09/10/2025

भक्तपुरको गुण्डुमा पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा ओलीले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । साथै उनले सुशीला कार्कीको डरले आफु नभाग्ने बताएका छन् ।

19/09/2025

नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले आत्मालोचना र कमजोरीहरूको स्वीकारोक्तिसहित आफ्नो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी मागेका छन्

जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार पशुपति आर्यघाटमा ऊर्ज...
16/09/2025

जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार पशुपति आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब–भत्ता नलिने घोषणा गरेका छन्। घिसिङले पहिलो निर्णयका रूपमा ...
15/09/2025

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब–भत्ता नलिने घोषणा गरेका छन्।

घिसिङले पहिलो निर्णयका रूपमा डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्।

भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
09/09/2025

भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले धमाधम पदबाट राजीनामाको घोषणा गरिरहेका छन्। हालसम्म सांसद असीम शाह, सुम...
09/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले धमाधम पदबाट राजीनामाको घोषणा गरिरहेका छन्। हालसम्म सांसद असीम शाह, सुमना श्रेष्ठ, डा. तोसिमा कार्कीलगायतले राजीनामा घोषणा गरेका छन्।

यसै बीच रास्वपाकी सांसद तोसिमा कार्कीले पनि राजनीमा घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी छिन् ।

Adres

Pieter Verhaeghenlaan
Aarschot
3200

Telefoon

+32488774536

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Global patrika nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact

Stuur een bericht naar Global patrika:

Delen