Nepal Europe online TV

Nepal Europe online TV Nepal Europe Online TV is a news & media website based in Nepal & Europe.

आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी। हिन्दू सनातन परम्पराअनुसार आज नागदेवताको पूजाआराधना गरी घरको मूल ढोका वा खाम्...
17/08/2026

आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी। हिन्दू सनातन परम्पराअनुसार आज नागदेवताको पूजाआराधना गरी घरको मूल ढोका वा खाम्बोमा नागको चित्र टाँसेर यो पर्व मनाइँदैछ। नाग पञ्चमीपछि नेपाली सनातनी समाजमा चाडपर्वको मौसम सुरु भएको मानिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि नै चलिआएको मानिन्छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा तथा जल र सहकालसँग सम्बन्धित देवताका रूपमा लिइन्छ। नाग प्रसन्न भए पानीको अभाव नहुने विश्वासका कारण वर्षा र जलस्रोतको सम्मानसँग पनि नागपूजा जोडिएको पाइन्छ। वराहपुराणमा श्रावण शुक्ल पञ्चमीमा नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख रहेकाले पनि यो दिन नागपूजाका लागि विशेष मानिएको बताइन्छ।

❇️ दैलोमा नागको चित्र किन टाँसिन्छ? 🐍

नाग पञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको चित्र पूजा गरेर घरको मूल ढोकामाथि टाँस्ने परम्परा छ।

नागको चित्रमा दूध, दही, अक्षता, दूबो, कुश, चन्दन, सिन्दूर, फूल, लाभा, फलफूल तथा प्रसाद चढाइन्छ। कतिपय स्थानमा गाईको गोबरबाट नागको आकृति बनाई पूजा गर्ने तथा पोखरी, कुवा, इनार, नागदह र नागस्थानमा पुगेर नागदेवताको पूजा गर्ने चलनसमेत छ।

धार्मिक विश्वासअनुसार घरमा नागको चित्र टाँस्दा वर्षभरि सर्प, बिच्छी तथा अन्य विषालु जीवको भय नहुने, आगलागी, मेघ र चट्याङको जोखिमबाट रक्षा हुने विश्वास छ। घरको जगमुनि नागको बास हुने र नाग रिसाएमा घरको जग नै भत्किन सक्ने मान्यताका कारण पनि नागलाई घरको रक्षकका रूपमा पूजा गर्ने परम्परा रहेको बताइन्छ।

नाग पञ्चमीका दिन भूमिमा हलो जोत्न, जमिन खन्न वा नयाँ जग राख्न नहुने धार्मिक मान्यता पनि छ।

❇️ परीक्षित तक्षकदेखि जनमेजयसम्मको कथा:

नाग पञ्चमीसँग जोडिएको प्रसिद्ध पौराणिक कथा राजा परीक्षित, तक्षक नाग र उनका छोरा जनमेजयसँग सम्बन्धित छ।

तक्षक नागले डसेपछि राजा परीक्षितको मृत्यु भयो। बाबुको मृत्युको बदला लिन उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प नष्ट गर्ने उद्देश्यले सर्पमेध महायज्ञ सुरु गरे। यज्ञको प्रभावले असंख्य सर्पहरू यज्ञकुण्डमा तानिएर भष्म हुन थाले।

ज्यान जोगाउन तक्षक नाग देवराज इन्द्रको शरणमा पुगे। तर यज्ञको शक्ति बढ्दै जाँदा तक्षकसँगै इन्द्रसमेत यज्ञकुण्डतर्फ तानिन थाले। त्यसपछि आस्तीक ऋषिले जनमेजयलाई सम्झाई यज्ञ रोक्न आग्रह गरे। जनमेजयले आस्तीकको आग्रह स्वीकार गर्दै यज्ञ स्थगित गरे र बाँकी नागहरू विनाश हुनबाट जोगिए। यही प्रसङ्गलाई नाग पञ्चमीसँग जोडेर नागपूजाको परम्परा बसेको धार्मिक मान्यता पाइन्छ।

❇️ किसानकी छोरी र नागिनीको अर्को कथा:

नाग पञ्चमीसँग जोडिएको अर्को लोकप्रिय किंवदन्तीअनुसार एक किसानले खेत खन्ने क्रममा नागका तीनवटा बच्चा भेट्टाएर मारिदिए। आहारा खोजेर फर्किएकी नागिनीले आफ्ना बच्चा मरेको देखेपछि क्रोधित भएर किसान, उनकी श्रीमती र दुई छोरालाई मारिन्।

किसानकी छोरी भने घरबाहिर रहेकाले बचिन्। पछि नागिनीले उनलाई पनि भेटेर मार्न खोज्दा उनले आफ्नो गल्ती नभएको बताउँदै नागिनीको पूजा गर्ने र दूध चढाउने वाचा गरिन्। उनको भक्तिबाट प्रसन्न नागिनीले वर माग्न भनेपछि उनले आफ्ना आमाबुबा र भाइहरूलाई जीवनदान दिन आग्रह गरिन्। नागिनीले वर दिई किसानको परिवारलाई पुनर्जीवन दिएको र त्यो दिन श्रावण शुक्ल पञ्चमी भएकाले त्यसै दिनदेखि नागपूजा गर्ने परम्परा बसेको जनविश्वास छ।

❇️ शिव, विष्णु, कृष्ण र नाग:

नागलाई भगवान् शिव र विष्णुसँग विशेष रूपमा जोडेर पनि हेरिन्छ। भगवान् शिवले नागलाई गहनाका रूपमा धारण गर्छन् भने भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने धार्मिक मान्यता छ।

गणेशको एक हातमा नाग रहेको, लक्ष्मण र बलरामलाई शेषनागको अवतार मानिएको तथा श्रीकृष्णले बाल्यकालमै कालिय नागको दमन गरेको प्रसङ्ग पनि पुराणमा पाइन्छ। बौद्ध परम्परामा पनि नागको विशेष स्थान रहेको मानिन्छ। बुद्धका मूर्तिमा नागफणाको आकृति तथा मत्स्येन्द्रनाथसँग कर्कोटक नागको सम्बन्धसमेत उल्लेख पाइन्छ।

अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ। नागपूजा हुने घरमा लक्ष्मीको वास हुने धार्मिक विश्वाससमेत नेपाली समाजमा पाइन्छ।

❇️ गोरखनाथ र नागको कथा:

नेपालसँग जोडिएको अर्को प्रसिद्ध धार्मिक प्रसङ्ग गुरु गोरखनाथ र मत्स्येन्द्रनाथसँग सम्बन्धित छ। गोरखनाथले नौ नागको आसनमा बसेर बाह्र वर्षसम्म तपस्या गर्दा नागहरू दबिएर पानी नपरेको र त्यसपछि उनका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइएको कथा पाइन्छ। मत्स्येन्द्रनाथ आएको देखेपछि गोरखनाथ उठ्दा नाग मुक्त भए र वर्षा भएको धार्मिक किंवदन्ती छ।

❇️ धर्मसँगै प्रकृतिको सन्देश:

नाग पञ्चमी केवल पूजा र धार्मिक आस्थाको पर्व मात्र होइन, प्रकृति र जीवजन्तुप्रतिको सम्मानको संस्कार पनि हो।

सर्पहरूले खेतबारीमा अन्न नोक्सान गर्ने मुसा तथा विभिन्न जीव नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छन्। यसले पारिस्थितिकीय सन्तुलन कायम राख्न सहयोग गर्छ। त्यसैले नाग पञ्चमीले सर्पलाई केवल डर वा विषसँग जोडेर नहेरी प्रकृतिमा यसको महत्त्व बुझ्न र अनावश्यक रूपमा सर्प तथा अन्य जीवजन्तु नमार्न सन्देशसमेत दिन्छ।

धार्मिक मान्यतामा नागलाई जल, वर्षा, भूमि र संरक्षणसँग जोडिएको पाइन्छ भने आधुनिक दृष्टिले पनि सर्प खाद्य शृंखला र पर्यावरणीय सन्तुलनको महत्वपूर्ण हिस्सा हो।

आज काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजा हुने गर्दछ। नागदेवतालाई दूध, अक्षता, दूबो, चन्दन, फूल, खीर, लाभा तथा रोटीलगायतका प्रसाद चढाउने चलन छ।

यस दिन कतिपय भक्तजन नागदेवताका नाममा व्रत बस्ने, खीर पकाएर प्रसाद चढाउने तथा नागस्तोत्र पाठ गर्ने परम्परा पनि पालना गर्छन्। राहु केतुको दोष शान्तिका लागि नाग वा भगवान् शिवको पूजा तथा मन्त्रजप गर्ने धार्मिक विश्वाससमेत रहेको छ।

यसरी हेर्दा नाग पञ्चमी धर्म, संस्कृति, पौराणिक कथा, प्रकृतिप्रतिको सम्मान र सहअस्तित्वको सन्देश बोकेको नेपाली समाजको महत्वपूर्ण पर्व हो।

नाग पञ्चमीको सम्पूर्णमा हार्दिक शुभकामना। 🐍

करिब पाँच महिनाअघि सिंगापुर गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएका छन् । केहीबेरअघि देउवा त्रिभुवन अन्तर...
13/08/2026

करिब पाँच महिनाअघि सिंगापुर गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएका छन् । केहीबेरअघि देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
उनलाई पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

काठमाडौँ । अवकाश हुन करिब एक साता बाँकी रहँदै राजीनामा दिएका सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...
13/08/2026

काठमाडौँ । अवकाश हुन करिब एक साता बाँकी रहँदै राजीनामा दिएका सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार बिदाइ गरेको छ। मंगलबार राजीनामा दिएका अधिकारीलाई मुख्य सचिव गोविन्दबहादुर कार्कीसहित कार्यालयका अधिकारीहरूले बिदाइ गरेका हुन्।

बागमती प्रदेशको प्रमुख सचिव रहेका अधिकारीलाई केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखेको थियो। करिब ३९ वर्ष निजामती सेवामा बिताएका उनी नियमित अवकाशको केही दिनअघि नै सेवाबाट बाहिरिएका हुन्।

बिदाइका क्रममा मुख्य सचिव गोविन्द कार्की तथा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले अधिकारीको आगामी जीवन सुखमय रहोस् भन्ने शुभकामना दिएका छन्।

‘सरकारप्रति कुनै असन्तुष्टि छैन’
नियमित अवकाशको केही दिनअघि अधिकारीले राजीनामा दिएपछि उनको निर्णयलाई सरकारप्रतिको असन्तुष्टिसँग जोडेरसमेत चर्चा भएको थियो। तर उनले त्यसलाई अस्वीकार गर्दै आफ्नो निर्णयको सरकारप्रतिको असन्तुष्टि वा राजनीतिक कारणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।

‘वर्तमान सरकारप्रति मेरो कुनै असन्तुष्टि छैन। सरकारले लगाएका काम र जिम्मेवारीप्रति म प्रतिबद्ध छु,’ अधिकारीले भने।

बिदाइपछि प्रशासनको सम्पर्कमा आएका अधिकारीका अनुसार नियमित अवकाशको समय नजिकिइसकेको, तत्काल थप जिम्मेवारी पाउने अवस्था नरहेको र प्रधानमन्त्री कार्यालयमा समेत जिम्मेवारीमा नरहेकाले पेन्सनपट्टालगायत अवकाशपछिका प्रशासनिक प्रक्रिया समयमै टुंग्याउन उनले केही दिनअघि नै राजीनामा दिएका हुन्।

‘अब थप जिम्मेवारी दिने कुरा पनि रहेन, यहाँ पनि जिम्मेवारीमा थिइनँ,’ अधिकारीले भने, ‘प्रशासनिक काम समयमै टुंग्याउन र औपचारिक प्रक्रिया करिब एक साता अगाडि सार्न सहज होस् भनेर यो निर्णय लिएको हुँ।’

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले बुबालाई सम्बोधन गर्दै मेस्सीले फेसबुकमा लेखेका छन्, ‘बुबा, तपाईं हामीलाई छाडेर ...
12/08/2026

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले बुबालाई सम्बोधन गर्दै मेस्सीले फेसबुकमा लेखेका छन्, ‘बुबा, तपाईं हामीलाई छाडेर जानुभयो भन्ने कुरामा म अझै विश्वास गर्न सकिरहेको छैन। अब तपाईंलाई कहिल्यै देख्न र कुरा गर्न पाउँदिनँ भन्ने सोच्न पनि निकै गाह्रो भइरहेको छ। तपाईं दुःखमा हुनुहुन्थ्यो, तर तपाईं धेरै चाँडो जानुभयो। हामीले सँगै बिताउन अझै धेरै समय बाँकी थियो।’

विश्वकपको स्मरण गर्दै मेस्सीले आफूलाई अन्तिम विश्वकप खेल्न बुबाले नै प्रेरित गरेको तर प्रतियोगिता सुरु हुनुअघि नै बुबाको स्वास्थ्य अवस्था बिग्रेको उल्लेख गरेका छन्।

‘म तपाईंका लागि विश्वकप जितेर नयाँ ट्रफी देखाउन चाहन्थेँ, तर मैले सकिनँ। मेरो शरीर र गोडाले साथ दिएनन्। म कहिल्यै सहज महसुस गर्न सकिरहेको थिइनँ,’ उनले भनेका छन्।

आफ्ना बुबा नै अभिभावक, साथी र फुटबल प्रतिनिधि भएको उल्लेख गर्दै मेस्सीले बाल्यकालमा कामबाट फर्किने बित्तिकै आफूलाई तालिममा लैजाने गरेको स्मरण गरेका छन्।

बुबाको अभावमा फुटबल करिअर अघि बढाउन कठिन हुने बताउँदै मेस्सीले लेखेका छन्, ‘तपाईंविना के गर्ने र कसरी अघि बढ्ने मलाई थाहा छैन। म त केवल फुटबल खेल्थेँ, तर अब तपाईंविना धेरै समयसम्म फुटबल खेलिरहन्छु भन्नेमा मलाई निकै शङ्का छ। सुरुदेखि नै तपाईं मेरो साथमा हुनुहुन्थ्यो।’

आफ्ना बालबालिकालाई पनि बुबाआमाले दिएकै संस्कार र शिक्षा दिने प्रतिबद्धता जनाउँदै मेस्सीले लेखेका छन्, ‘तपाईंको आत्माले शान्ति पाओस् र स्वर्गबाटै हामीलाई हेरचाह गरिरहनुहोस्। सबै कुराका लागि धन्यवाद। बुबा, म तपाईंलाई धेरै माया गर्छु।’


पत्रकार किशोर श्रेष्ठ पक्राउ, के छ आरोप ? पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट ...
12/08/2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ, के छ आरोप ?

पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको उच्च स्रोतले पुष्टि गरेको छ । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पोर्चुगलका स्टार फुटबलर क्रिस्टिआनो रोनाल्डोले लामो समयदेखिकी आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्।इन्स्ट...
12/08/2026

पोर्चुगलका स्टार फुटबलर क्रिस्टिआनो रोनाल्डोले लामो समयदेखिकी आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्।

इन्स्टाग्राममा पोस्ट गरिएको एउटा तस्बिरमा विवाहको औँठी लगाएका उनीहरूका हात देख्न सकिन्छ। पोस्ट भएको ३० मिनेटभित्रै उक्त तस्बिरमा ३० लाख 'लाइक' आएका थिए। रोनाल्डोका प्रतिनिधिहरूले जनाएअनुसार लिज्बननजिकैको रिजोर्ट 'कास्काइस' मा आफ्ना पाँच जना छोराछोरीहरूको उपस्थितिमा उक्त "निजी र आत्मीय" समारोह सम्पन्न भएको थियो।

पोर्चुगलका सञ्चारमाध्यमले मङ्गलवारको कार्यक्रमलाई 'वर्षविवाह' ('वेडिङ अफ द यिअर') भनेका छन्।रोड्रिगेज काम गर्ने गरेको मड्रिडको गूची शपमा भेटेपछि विगत एक दशकदेखि यो जोडी सँगै रहँदै आएको छ। गत महिना पोर्चुगलका लागि आफ्नो छैटौँ विश्वकप खेलेका रोनाल्डो हाल साउदी क्लब 'अल-नासर'मा आबद्ध छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिएको छ।मंगलबार बिहान सामाजिक सञ्जाल...
11/08/2026

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिएको छ।
मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोष्ट हालेर धन्यवाद दिएको हो।
क्यानले सोमबार एकदिवसीय राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रूपमा सन्दिप लामिछानेलाई नियुक्त गरेको छ।
क्यानले पौडेललाई बिदाइ गर्दै एक पटक नेता भइसकेको व्यक्ति सँधैका लागि नेता बनेको उल्लेख गरेको छ।
‘पुरूष राष्ट्रिय टोलीको कप्तानको रूपमा तपाईंको नेतृत्वमा, हामीले उल्लेखनीय माइलस्टोनहरू हासिल गर्यौं र यस्ता क्षणहरू सिर्जना गर्यौं जुन नेपाल क्रिकेटको यात्राको एउटा गर्विलो हिस्सा बनेर रहनेछन्,’ क्यानले लेखेको छ, ‘टोली, देश र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैं प्रेरणाको स्रोत बनेको छ। हामीलाई विश्वास छ कि तपाईंले आफ्नो सम्पूर्ण यात्रामा देखाउनुभएको उही भावना, गर्व र समर्पणका साथ नेपालको सेवा गरिरहनुहुनेछ। एक पटकको नेता, सधैंको नेता।’
२०७९ को कात्तिकमा रोहित नेपालको कप्तान बनेका थिए। त्यतिबेला पनि रोहितले सन्दीपकै स्थान लिएका थिए।
बलात्कार मुद्दामा सन्दीप लामिछाने निलम्बनमा परेपछि रोहितले कप्तानको जिम्मेवारी पाएका थिए। यो मद्दामा अहिले सन्दीपले सफाइ पाएका छन्।
नेपालको टी-२० कप्तान भने दीपेन्द्रसिंह ऐरी छन्।
सन्दीपले चार वर्षपछि कप्तानमा पुनरागमन गर्दा मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपाली टोलीको नेतृत्व गर्नेछन्। प्रिमियर कप एकदिवसीय फर्म्याटमा हुनेछ। यो एसिया कप छनोट समेत हो।


लेगस्पिनर सन्दीप लामिछाने पुन: एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटतर्फ नेपाली टोलीको कप्तान नियुक्त भएका छन्।नेपाल क्रिकेट ...
10/08/2026

लेगस्पिनर सन्दीप लामिछाने पुन: एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटतर्फ नेपाली टोलीको कप्तान नियुक्त भएका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै मलेशियामा हुन लागेको एसीसी प्रिमिअर कपदेखि लागु हुने गरी सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो।

पछिल्लो समय रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले एकपछि अर्को एकदिवसीय प्रतिस्पर्धामा असफलता हात पारेपछि कप्तान परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको थियो।

यसै बेला आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेशियामा हुन लागेको प्रिमिअर कपबाट सन्दीपलाई कप्तान दिइएको हो।

सन्दीप यसअघि सन् २०२२ मा पहिलो पटक कप्तान भएका थिए। उनको कप्तानीमा नेपालले १४ ओडीआई खेलेको थियो। तीमध्ये ४ खेलमा जित, ९ हार र एक खेल नतिजाविहीन भएको थियो।

क्यानले पछिल्लो समय ओडीआई र टी२० मा छुट्टाछुट्टै कप्तान राख्ने चलन शुरु गरेको छ। टी२० को कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्दै आएका छन्।

सन्दीपको काँधमा अब नेपालको ओडीआई मान्यता जोगाउने चुनौती हुने छ। आईसीसी विश्वकप लीग २ मा नेपाल अहिले सातौं स्थानमा झरेको छ।

🕉️श्रावण महिनाको सोमबार भगवान पशुपतिनाथको दर्शन गर्नुहोस् 🙏
10/08/2026

🕉️श्रावण महिनाको सोमबार भगवान पशुपतिनाथको दर्शन गर्नुहोस् 🙏

‼️मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन‼️अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको ...
08/08/2026

‼️मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन‼️

अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।

अर्जेन्टिनाको सञ्चारमाध्यम ‘इन्फोबाए’का अनुसार लामो समयदेखि बिरामी रहेका जर्जको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

जर्ज मेसी लियोनलका बुबा मात्र नभई उनको लामो समयका एजेन्टसमेत थिए। मेसीको बाल्यकालदेखि नै उनले छोराको फुटबल यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बाल्यकालमा मेसीलाई वृद्धि हर्मोनको कमीसम्बन्धी उपचार आवश्यक पर्दा जर्जले उपचारको व्यवस्था मिलाउन महत्वपूर्ण पहल गरेका थिए। मेसी १३ वर्षको उमेरमा स्पेन गएर बार्सिलोनामा नयाँ फुटबल यात्रा सुरु गर्दा उनी छोरासँगै स्पेन पुगेका थिए।

त्यसपछि दशकौँसम्म जर्जले मेसीको करिअर व्यवस्थापन गर्दै सम्झौता, क्लब स्थानान्तरणलगायत महत्वपूर्ण विषयमा उनको साथ दिएका थिए।

सार्वजनिक रूपमा भने जर्ज निकै कम देखिन्थे। उनी सञ्चारमाध्यमबाट टाढै रहेर मेसीको करिअरमा पर्दापछाडिबाट सहयोग गर्दै आएका थिए।

पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बनेको थियो। सन् २०२६ को विश्वकपका क्रममा पनि मेसीकी पत्नी एन्टोनेला रोकुज्जो र उनका तीन छोरा थियागो, माटेओ र सिरो खेल हेर्न उपस्थित भए पनि जर्ज देखिएका थिएनन्।

Adres

Casterhovenstraat
Hasselt
3500

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Nepal Europe online TV nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact

Stuur een bericht naar Nepal Europe online TV:

Snelkoppelingen

Delen

l="false"> Voeg toe
  • Login
  • Abonneren

    We zullen u op de hoogte stellen wanneer er iets gebeurt in Hasselt.