Routine of Baglung Banda

Routine of Baglung Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Baglung Banda, News & Media Website, 60 Campbell Crescent, Kingston, ON.

यदि तपाईं संग तपाईंको गाउँ ठाउँको सुन्दर दृश्य छन् / गाउँमा घटेका घटना छन्/ व्यावसायिक बिज्ञापन र जुन्सुकै कार्यक्रम को प्रत्यक्ष प्रसारण को लागि हामिलाइ सम्झन सक्नुहुन्छ हामी सबैमाझ पुर्याउने कोसिस गर्नेछौँ ❣️
Mail :- [email protected] ; 9765642202

03/18/2025

धवलागिरी बहुमुखी क्याम्पस मा आज भैरहेको स्ववियु निर्वाचन को माहोल
Live,

03/18/2025

सर्बोदय क्याम्पस बागलुङमा अखिल(छैठौं) को प्यानल नै निर्वाचित भएको छ। टिमलाई हार्दिक बधाई एबम शुभकामना ।।

03/18/2025

Good morning 🌞😃

03/18/2025

Dear Students: आज हुने स्ववियुको चुनाबबाट जितेका पदाधिकारीहरुबाट तपाईले के अपेक्षा राख्नु भएको छ? 😁

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड बक्यौता उठाउन बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतले बक...
03/17/2025

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड बक्यौता उठाउन बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतले बक्यौता उठाउनबाट रोक्न उर्जा तथा जसलस्रोत मन्त्री दीपक खड्काले गठन गरेको एक समितिलाई काम तत्काल काम नगर्नू नगराउनु भन्दै अन्तरिम आदेश दिएको छ । यससंगै उक्त समितिले काम गर्न रोक लागेको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार यो आदेशसँगै अब पुनः प्राधिकरणलाई वक्यौता उठाउन बाटो खुलेको छ ।

03/16/2025

Facebook हैन बुकको पाना पलटाम: अब त जम्मा ४ दिन मात्र छ SEE को लागि... तयारी त धमाधम हुँदै होला, हैन त? 😁

मानिस हराएको सुचना !
03/16/2025

मानिस हराएको सुचना !

सवारीसाधन अन्तर्गत अब यस्तो ऐन आउदै छ:  - Over Speed चलाए रु 5000  - लापरबाही पुर्ण सवारी चलाए रु 25000- चोरीको सवारी चल...
03/16/2025

सवारीसाधन अन्तर्गत अब यस्तो ऐन आउदै छ:

- Over Speed चलाए रु 5000
- लापरबाही पुर्ण सवारी चलाए रु 25000
- चोरीको सवारी चलाए रु 50,000
- Traffic संकेत हटाए वा बिगारेमा रु 5 देखि 20 हजार
- नंया प्रस्तावमा पहिलोपटक नै रु. 10,000 हजार जरिवाना हुने
- मदि!रा सेवन गरेर सवारी साधन चलाए: अहिलेको भन्दा २० गुणा बढी जरिवाना हुने,
- हर्न बजाए, कागजात नभर, मोबाइल चलाउफै सवारी चलाए, हेल्मेट र सिटबेल्ट नलगाए रु 1 हजार जरिवाना हुनेछ!

आफ्नो कार्यक्रम सकेर काठमाडौं फर्किदा रातीको १०:३० भैसकेको र भोक लागिरहेका बेला विमानस्थलको पार्किङमा चिया नास्ता बेच्ने...
03/16/2025

आफ्नो कार्यक्रम सकेर काठमाडौं फर्किदा रातीको १०:३० भैसकेको र भोक लागिरहेका बेला विमानस्थलको पार्किङमा चिया नास्ता बेच्ने आमाबाट खाजा खाइरहेका गायक दुर्गेस थापा ! हेलिकप्टरमा हिन्ने उहाँ चाहेको भए त्यही भित्र महङ्गो रेस्टुरेन्टमा जानसक्थे होला तर उहाँ हामीले सोचे भन्दा फरक देखिए खाजाको पैसा २६० भएको ठाउँमा हजार रुपैयाँ छोडेर जानुभयो ! आफ्नो परिवारको लागि संघर्ष गरिरहेकी आमाको अनुहारमा खुसी छरेर निस्किनु भयो ! उच्च सम्मान !🙏💚

03/15/2025

Good news : नेपाल आयल निगमले petrol मूल्य प्रति लिटर ५ र डिजेल ,मट्टीतेल प्रति लिटर ४ रुपैयाँले घटाएको छ।😲

03/15/2025


४ महिनादेखि बेपत्ता गुल्मीका कुलबहादुर सुनारको शव फेला परेको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ पाखुते मा आज परेको हावाहुरीको कारणले एउटा घरको छानोसम्म उडाएको छ भने केन्द्रीय लाइनको पोल ...
03/15/2025

ढोरपाटन नगरपालिका वडा नम्बर २ पाखुते मा आज परेको हावाहुरीको कारणले एउटा घरको छानोसम्म उडाएको छ भने केन्द्रीय लाइनको पोल पनि ढलेको छ। जसका कारण निसीखोला गाउँपालिका बासीहरूले केन्द्रीय लाइन प्रयोग गर्नबाट वञ्चित भएका छन् , साथै आजको हावाहरुले बुर्तिबाङ बजारसहितका ठाउँहरूमा सानोतिनो क्षति पनि पुर्‍याएको छ।

03/15/2025

मुसिकोट नगरपालिका–७, न्वारा स्थित गंगा शेरचनको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
source : gtv nepal

लण्डनमा नेपाली खेलाडी  फारम बहादुर महत सम्मानित भएका छ्न ।नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (NNIPA) ले नेप...
03/15/2025

लण्डनमा नेपाली खेलाडी फारम बहादुर महत सम्मानित भएका छ्न ।


नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (NNIPA) ले नेपाली राष्ट्रिय खेलाडी फरम बहादुर महत लाई हाई वाइकम, लण्डन मा आयोजित विशेष समारोहमा सम्मान गरेको छ। कार्यक्रममा महतको खेलकुद क्षेत्रमा योगदान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागितालाई कदर गरिएको थियो।

सो अवसरमा नेपाल बाट विश्व कीर्तिमानी क्योकुशिन च्याम्पियन सुरज कार्की र NNIPA अध्यक्ष सिद्धार्थ क्षेत्री ले महतलाई औपचारिक रूपमा स्वागत गरे। हाल लण्डनमा रहेका महत आईटीएफ तेक्वान्दो लण्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आएका हुन्। साथै, उनी आगामी अक्टोबरमा इटालीमा हुने विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका छन्।

गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो नेपालका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय प्रदर्शन संयोजक महतले नेपालको तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। NNIPA अध्यक्ष सिद्धार्थ क्षेत्रीले महतलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्दै उनको आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।

त्यस्तै, NNIPA उपाध्यक्ष तथा कीर्तिमानि खेलाडी सुरज कार्कीले महतको समर्पणको प्रशंसा गर्दै खेलमार्फत नेपाली युवालाई प्रेरित र समर्थन गर्ने उनको योगदान महत्वपूर्ण रहेको बताए।

महतले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी राजेश कार्की लागायत यूकेमा रहेका सफल व्यवसायी, पत्रकार तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्रिवि क्रिकेट मैदानमा पनि फ्लडलाइट जडानको काम सुरु भएको छ र मैदानभरि ६ वटा फ्लडलाइट जडान गरिने भएको छ .❤️
03/14/2025

त्रिवि क्रिकेट मैदानमा पनि फ्लडलाइट जडानको काम सुरु भएको छ र मैदानभरि ६ वटा फ्लडलाइट जडान गरिने भएको छ .❤️

03/14/2025

दुःखद खबर: हेटौडामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ 😥

03/13/2025

होलीको बेला काठमाडौंको कालिमाटीमा ग्याङ्ग फाईट हुँदा एक जनाको ज्यान गएको छ!😥

सूचना सूचना मिति २०८१/११/२५ गतेका दिन बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नं ७ राजकुत धालपानी स्थित सुमित खत्री को श्र...
03/13/2025

सूचना सूचना मिति २०८१/११/२५ गतेका दिन बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नं ७ राजकुत धालपानी स्थित सुमित खत्री को श्रीमती बोमी खत्री राजकुत स्वास्थ चौकी जान्छु भनेर हिँडेको त्यसपछि फोन सम्पर्क नभएको फोन गर्दा स्विचप भन्छ।त्यसकारण कहीँकतै देख्नुहुने महानुभावहरुले ९७६६२५०८३९/९७६८२८९००६यो नम्बरमा सम्पर्क गर्नुहोला।सक्दो सेयर गरेर सम्पूर्ण महानुभावहरुले उहाँ सम्म पुराई दिनु होला।

Address

60 Campbell Crescent
Kingston, ON
K7M1Z5

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Baglung Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Baglung Banda:

Videos

Share