Kaji Acharya

Kaji Acharya
Hara Hara Mahadev 🔱
🇳🇵 🍁

01/31/2026

आमाको कुरा सुनौँ

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती।तृतीयं शारदा...
01/23/2026

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती।
तृतीयं शारदा देवी चतुर्था हंसवाहिनी॥
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी॥
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥
एतानि द्वादश नामानि त्रिसन्ध्यं यः पठेन्नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥

🙏 सरस्वती माताले सही र गलत छुट्याउने विवेक, बुद्धि र ज्ञान प्रदान गरून्।
✨ सरस्वती पूजा को हार्दिक शुभकामना ✨

बालेन शाहले आज शुक्रबार बिहान पाथीभरामाताको दर्शन गरेका छन्।      #
01/23/2026

बालेन शाहले आज शुक्रबार बिहान पाथीभरामाताको दर्शन गरेका छन्।

#

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन्।उनले मंगलबार (२०८२ माघ ६ गते) आफ्नो पदबाट राजीनामा दि...
01/20/2026

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन्।

उनले मंगलबार (२०८२ माघ ६ गते) आफ्नो पदबाट राजीनामा दिएका हुन् भनेर अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । पुनले यस कदमको कारणका रुपमा अब प्रतिनिधिसभा सदस्य निर्वाचन चुनावमा उम्मेदवारी दिने तयारीमा लाग्ने भन्दै राजीनामा दिएका जानकारी आएको छ ।

01/19/2026

हामीलाई कुर्सीको लडाइँ होइन, देशको भविष्य चाहिएको हो।
यो चुनाव कुनै दलको जित–हार मात्र होइन,
हाम्रो भोलि कस्तो नेपालमा बाँच्ने भन्ने निर्णय गर्ने समय हो।
त्यसैले अब भावनामा होइन, विवेक र योजनामा आधारित भएर छनोट गरौँ। 🇳🇵

बालेनको राजिनामा
01/18/2026

बालेनको राजिनामा

कुलमान घिसिङको मन्त्री पदबाट राजीनामाठिक कि बेठिक?
01/07/2026

कुलमान घिसिङको मन्त्री पदबाट राजीनामा
ठिक कि बेठिक?

12/21/2025

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने स्पष्ट अडान लिएका छन्। हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा उनले सरकारको दबाबप्रति तीखो प्रतिक्रिया दिँदै “बयान दिन्न भने गोली ठोके हुन्छ” भन्ने कडा अभिव्यक्ति दिएका छन्। #जेनजीआन्दोलन

12/21/2025

हिन्दु धर्मप्रति आस्था राखेकै कारण बङ्गलादेशमा एक युवाको निर्मम हत्या गरिएको घटनाप्रति म घोर भर्त्सना गर्दछु।
धर्म मान्ने अधिकार प्रत्येक मानिसको मौलिक अधिकार हो। तर कसैले आफ्नो धर्मप्रति आस्था राख्यो भन्दैमा दिनदहाडै हत्या गर्नु कुनै पनि सभ्य समाजले स्वीकार गर्न नसक्ने जङ्गली र अमानवीय प्रवृत्ति हो।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपालस्थित बङ्गलादेशको राजदूतावासले यथाशीघ्र स्पष्ट र जिम्मेवार जवाफ दिनु आवश्यक छ।

धर्मका नाममा हुने हिंसाको अन्त्य हुनैपर्छ।

✊ न्यायको माग गरौँ
✊ धार्मिक स्वतन्त्रताको सम्मान गरौँ

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओलीएमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ...
12/21/2025

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने स्पष्ट अडान लिएका छन्। हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा उनले सरकारको दबाबप्रति तीखो प्रतिक्रिया दिँदै “बयान दिन्न भने गोली ठोके हुन्छ” भन्ने कडा अभिव्यक्ति दिएका छन्।

ओलीले आयोगले नतिजा निकालिसकेपछि फेरि जाँच दिनु नपर्ने तर्क गर्दै, बयान दिनु व्यक्तिको स्वेच्छाको विषय भएको बताए। राजनीतिक वृत्तमा यस अभिव्यक्तिले नयाँ बहस र तरंग सिर्जना गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।
12/21/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।

कसैलाई मात्र जिम्मेवार ठानेर धेरै जनालाई सजिलो बाटो देखाउने, धरौटी तिरेर बाहिरिने, रविलाई थुनिराख्ने, पीडितको पैसा फिर्त...
12/20/2025

कसैलाई मात्र जिम्मेवार ठानेर धेरै जनालाई सजिलो बाटो देखाउने, धरौटी तिरेर बाहिरिने, रविलाई थुनिराख्ने, पीडितको पैसा फिर्ता गर्न निष्क्रिय रहिरहने—यस्ता घटनाहरूले धेरै प्रश्न जन्माएका छन्। रवि मात्रै होइन, यस प्रक्रियामा भएको अन्य राजनीतिक र प्रशासनिक पक्षहरूको पनि मूल्याङ्कन आवश्यक छ।

एउटै व्यक्तिको समर्थनमा यति ठूलो भीड जम्मा हुनु सामान्य घटना होइन। जनता सचेत छन् र आफ्नो अधिकार बुझ्छन्। अब समय आएको छ कि नयाँ सोच, परिवर्तन चाहने समूहहरू पुराना प्रणालीका विरुद्ध सशक्त भएर अगाडि बढून्। जनताको आवाजको सम्मान गर्ने प्रयास यहीँबाट सुरु हुन्छ।

Address

Oshawa, ON

Alerts

Be the first to know and let us send you an email when Kaji Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share