09/06/2026
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। भोटेकोशी बाढीले निम्त्याएको सङ्कट, उद्धार तथा राहत कार्य र आसन्न १५ औँ महाधिवेशनका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो। बैठकमा हाल नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।
यसअघि सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा सभापति थापाले १५ औँ महाधिवेशनमा सहभागी हुन र पार्टीका सबै असमझदारी महाधिवेशनको मञ्चबाटै समाधान गर्न आग्रह गरेका थिए।