01/03/2026
काठमाडौंको दरबारमार्ग लगायतका ठाउँमा स्टोर रहेको मल्टि–ब्रान्ड लाइफस्टाइल स्टोर ब्रान्ड हाउसले व्यावसायिक मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरका रुपमा घोषणा गरेको छ।
ब्रान्ड हाउसले यो साझेदारीलाई खेलकुद, फिटनेस तथा स्वदेशी प्रतिभाको प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धताको एक महत्वपूर्ण कदम रहेको बताएको छ।
सम्झौताअनुसार ब्रान्ड हाउसले रविन्द्रलाई एक वर्षको लागि १५ लाख रुपैयाँ प्रदान गर्नेछ। यो सहकार्यको उद्देश्य युवाहरूलाई प्रेरित गर्नुका साथै खेलकुद र लाइफस्टाइल फेसनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको ब्रान्ड एम्बेसडरले जनाएको छ।
रविन्द्रले यो साझेदारीका लागि ब्रान्ड हाउसलाई धन्यवाद दिए । उनले प्रतिष्ठित ब्रान्डको साथले थप प्रेरणा दिने र नेपालमा कम्ब्याट स्पोर्ट्सको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
हाउस–अफ–ब्रान्ड्स युवामैत्री फेसन संस्कृतिलाई प्रेरित र सशक्त बनाउने उद्देश्यले स्थापना गरिएको बताइएको छ। ब्रान्डहाउस नेपालकै पहिलो मल्टि–ब्रान्ड स्टोर हो।यसमा स्टोर दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर, कुमारीपाटी र पोखरामा छन् ।
जहाँ एडिडास, नाइक, एसिस, अन्डर आर्मरलगायत अन्य अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन उपलब्ध छन्। ब्रान्ड हाउसले सन् २०२६ मा क्याजुअल मल्टि–ब्रान्ड स्टोर सुरु गर्न लागेको जनाएको छ।