09/03/2026
E-7-4 भिसा थप सम्बन्धी महत्वपूर्ण जानकारी ।
2024 नोभेम्बर 27 पछि TOPIK 2 वा KIIP 3 Level बिना E-7-4 भिसामा परिवर्तन गरेका व्यक्तिहरूले 2026/12/31 भित्र भिसा थप (연장) गर्दा कोरियन भाषा प्रमाणपत्र अनिवार्य रूपमा आवश्यक पर्नेछ ।
तर, विशेष कारणले कोरियन भाषा अध्ययन गर्न नसकेको अवस्थामा ६ महिनासम्म मात्र भिसा थप गर्न सकिने व्यवस्था रहेको छ।
👉 त्यसैले सम्बन्धित व्यक्तिहरूले समयमै TOPIK 2 वा KIIP 3 Level को तयारी गर्नुहोला ।