08/18/2024
(जनै)यज्ञोपवित का बारेमा जानकारी
(यस्पाली बि.सं.२०८१.०५.०३ गते)
जनैमा तीनवटा धागो हुन्छन्; प्रत्येक धागोमा तीन–तीन डोरा (नौ डोरा) र तिनलाई जोडिने गाँठाहरू पाँचवटा (पंचशिखा) हुन्छन् ।
:तीन धागोको अर्थ :
१. ब्रह्मा, विष्णु, महेश्वर त्रिमूर्तिको प्रतीक हो जनै!
२. भूत, वर्तमान र भविष्य तीन कालको सुचक हो जनै!
३. सत्व, रज, तम तीन गुणले युक्त हुन्छ जनै!
४. देव, पितृ, ऋषि तीन ऋणको बोध गराउँछ जनैले!
५. ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहनेले जनै लगाउँछन् । (चौँथो अर्थात सन्यासाश्रममा रहनेले जनै लगाउनु पर्दैन)
६. जनै लगाउनेले पाठ गर्ने गायत्री मन्त्रमा तीन चरण हुन्छन् ।
७. देवलोक, भूलोक, पाताल तीन लोकको प्रतीक हो जनै!
८. मन, बुद्धि र अहङ्कार तीन सूक्ष्म तत्त्वलाई नियन्त्रण र निर्देशन गर्छ जनैले।
:नौ डोराको अर्थः
१. मुख, दुई आँखा, नाकका दुई प्वाल, दुई कान, गुदा र उपस्थ (मुत्र द्वार) यति नौ द्वार (आधुनिक भाषामा भन्दा मानव शरीरका Input/Output device)लाई नियन्त्रण र निर्देशन गर्छ जनैले।
:पाँच शिखाको अर्थ :
१. ब्रहयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ र नृयज्ञ (अतिथि यज्ञ) यी पाँच यज्ञको फल प्राप्ति हुन्छ जनै लगाउँदा।
२. आँखा, कान, जिब्रो, नाक, छाला यी पाँच ज्ञानेन्द्रियलाई चनाखो पार्ने शक्ति प्रदान गर्छ जनैले।
३. मुख, हात, खुट्टा, गुदा, जननेन्द्रीय यी पाँच कर्मेन्द्रियलाई शुभ कार्य गर्न उर्जा प्रधान गर्छ जनैले।
४. धर्म, अर्थ, काम, मोक्ष र ब्रह्म यी पाँच पुरुषार्थ उजागर गर्ने शक्ति हुन्छ जनैमा।
५. वमन (उल्टी गरेर मुखबाट शरीरका दोष निकाल्ने), विरेचन (मलमूत्र मार्गबाट दोष निकाल्ने), बस्ती (औषधियुक्त द्रव्यहरू शरीरभित्र पठाउने), नस्य (नस लिने) र रक्ष मोक्षण (दुषित रगतलाई बाहिर निकाल्ने) यी पाँच कर्म गर्ने उर्जा पैदा गराउँछ जनैले।
जनैको लम्बाइ : ९६ अङ्गुल हुन्छ/हुनुपर्छ ।अर्थात नाभि र कम्मरको बिचसम्मको लामो हुनुपर्छ ।
:३२ विद्या भित्र
क. ४ वेद = ऋक, यजु, साम, अथर्व!
ख. ४उपवेद = धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद, स्थापत्यवेद अर्थात् निर्माणरअभियान्त्रिकी
ग. ६ अङ्ग = शिक्षा, व्याकरण, साहित्य, कल्प, ज्योतिष, छन्द!
घ. ६ दर्शन = न्याय, वैशेषिक, योग, साङ्ख्य, मिमांसा र वेदान्त!
ङ. ३ सूत्र = धर्मसूत्र, गृहसूत्र र श्रौतसूत्र!
च. ९ आरण्यक = ऐतरीय, शांख्यायन, वृहदारण्यक (काण्व र माध्य