Canada ko Kura

Canada ko Kura Confession of Nepalese in Canada— from immigration tips to real-life experiences. A digital chautari for Nepalese in Canada 🇨🇦 🇳🇵

चन्द्र सूर्य कम्युनिटी कप आइतबार सन्नीब्रुक पार्कमा, चार टोली सहभागी हुनेटोरन्टो । चन्द्र सूर्य कम्युनिटी कप फुटबल प्रति...
10/02/2026

चन्द्र सूर्य कम्युनिटी कप आइतबार सन्नीब्रुक पार्कमा, चार टोली सहभागी हुने

टोरन्टो । चन्द्र सूर्य कम्युनिटी कप फुटबल प्रतियोगिता आगामी आइतबार सन्नीब्रुक पार्कमा आयोजना हुने भएको छ। प्रतियोगितामा सीएसएफसी ग्रीन, सीएसएफसी ह्वाइट, बारी एफसी र मेपल एफसी गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

आउटडोर फुटबल सिजनको समापनका अवसरमा आयोजना हुने प्रतियोगिताले खेलाडी, परिवार तथा समर्थकलाई एकै ठाउँमा भेला भएर सिजनको उत्सव मनाउने अवसर प्रदान गर्नेछ।

प्रतियोगितामा प्रतिस्पर्धात्मक खेलसँगै खेलभावना र सामुदायिक एकतालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। आयोजकले फुटबलप्रेमी तथा समुदायका सदस्यलाई उपस्थित भई टोलीहरूको हौसला बढाउन र सिजनको अन्तिम प्रतियोगितालाई स्मरणीय बनाउन आग्रह गरेको छ।

10/02/2026

? 😂

क्यालगरीमा ‘छक्का पञ्जा २’ प्रदर्शनका लागि तामाङ सोसाइटी अफ क्यालगरीको सहकार्यक्यालगरीमा नेपाली चलचित्र ‘छक्का पञ्जा २’ ...
10/02/2026

क्यालगरीमा ‘छक्का पञ्जा २’ प्रदर्शनका लागि तामाङ सोसाइटी अफ क्यालगरीको सहकार्य

क्यालगरीमा नेपाली चलचित्र ‘छक्का पञ्जा २’ को प्रदर्शनका लागि तामाङ सोसाइटी अफ क्यालगरी स्क्रिनिङ पार्टनरका रूपमा जोडिएको छ।

दीपक–दीपाको प्रस्तुतिमा, रोहित अधिकारीको निर्माण तथा दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रको प्रदर्शनसँग जोडिँदै संस्थाले नेपाली चलचित्र र समुदायलाई एकसाथ अघि बढाउने सन्देश दिएको छ।

नेपाली चलचित्रप्रेमीहरूलाई परिवार तथा साथीहरूसँग चलचित्र हेर्न र नेपाली सिनेमाप्रति आफ्नो माया तथा समर्थन जनाउन आह्वान गरिएको छ।

नेपाली चलचित्रका लागि सँगै, हाम्रो समुदायका लागि सँगै! 🎬🇳🇵🇨🇦

स्कारबरोमा अक्टोबर ४ मा ‘डी फाल्कन्स ओपन’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुनेस्कारबरो, क्यानडा। डी फाल्कन्स स्पोर्ट...
09/30/2026

स्कारबरोमा अक्टोबर ४ मा ‘डी फाल्कन्स ओपन’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने

स्कारबरो, क्यानडा। डी फाल्कन्स स्पोर्ट्स क्लबको आयोजनामा आगामी अक्टोबर ४, २०२६, आइतबार ‘डी फाल्कन्स ओपन’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता स्कारबरोस्थित २०० हाइमस रोड (200 Hymus Road) मा बिहान ८ बजेदेखि सुरु हुनेछ। खेलहरू राउन्ड रोबिन तथा नकआउट प्रणालीमा सञ्चालन गरिनेछन्।

प्रतियोगितामा सहभागी हुन प्रति टोली ६० क्यानेडियन डलर प्रवेश शुल्क तोकिएको छ। दर्ताको अन्तिम मिति सेप्टेम्बर ३०, २०२६ रहेको छ। प्रवेश शुल्क ई–ट्रान्सफरमार्फत [email protected] मा पठाउन सकिने सूचनामा उल्लेख छ।

विजेताहरूलाई नगद पुरस्कार तथा पदक प्रदान गरिनेछ। नगद पुरस्कारको रकम भने सूचनामा खुलाइएको छैन।

थप जानकारी तथा दर्ताका लागि दीपेन्द्र: ६४७–८३४–९३९९ वा विनोद: ४१६–८९७–०२६६ मा सम्पर्क गर्न सकिनेछ। स्कारबरोमा अक्टोबर ४ मा ‘डी फाल्कन्स ओपन’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने

स्कारबरो, क्यानडा। डी फाल्कन्स स्पोर्ट्स क्लबको आयोजनामा आगामी अक्टोबर ४, २०२६, आइतबार ‘डी फाल्कन्स ओपन’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता स्कारबरोस्थित २०० हाइमस रोड (200 Hymus Road) मा बिहान ८ बजेदेखि सुरु हुनेछ। खेलहरू राउन्ड रोबिन तथा नकआउट प्रणालीमा सञ्चालन गरिनेछन्।

प्रतियोगितामा सहभागी हुन प्रति टोली ६० क्यानेडियन डलर प्रवेश शुल्क तोकिएको छ। दर्ताको अन्तिम मिति सेप्टेम्बर ३०, २०२६ रहेको छ। प्रवेश शुल्क ई–ट्रान्सफरमार्फत [email protected] मा पठाउन सकिने सूचनामा उल्लेख छ।

विजेताहरूलाई नगद पुरस्कार तथा पदक प्रदान गरिनेछ। नगद पुरस्कारको रकम भने सूचनामा खुलाइएको छैन।

थप जानकारी तथा दर्ताका लागि दीपेन्द्र: ६४७–८३४–९३९९ वा विनोद: ४१६–८९७–०२६६ मा सम्पर्क गर्न सकिनेछ।

कृश्चियानो रोनाल्डो को भनाई जस्ता को तेस्तै:-राष्ट्रिय टोलीका प्रशिक्षकको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासंघका ...
09/30/2026

कृश्चियानो रोनाल्डो को भनाई जस्ता को तेस्तै:-

राष्ट्रिय टोलीका प्रशिक्षकको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि, मैले राष्ट्रिय टोलीको क्याम्प छोड्ने निर्णय गरेको छु।

उचित समयमा, मैले सधैँ पूर्ण समर्पणका साथ सेवा गरेको राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गर्नुका कारणहरूबारे सम्पूर्ण पोर्चुगिज जनतालाई जानकारी गराउनेछु।

अहिलेका लागि, पोर्चुगल र मेरा सबै सहकर्मी खेलाडीहरूलाई—कसैलाई पनि अपवाद नराखी—शुभकामना व्यक्त गर्न चाहन्छु।

09/30/2026

Canada , Calgary

नेसन्स लिगमा पोर्चुगलले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति नर्वेविरुद्ध सुपरस्टार क्रिस्टियानो रोनाल्डो विना नै ...
09/28/2026

नेसन्स लिगमा पोर्चुगलले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति नर्वेविरुद्ध सुपरस्टार क्रिस्टियानो रोनाल्डो विना नै मैदान उत्रिएको पोर्चुगलले उसकै घरमा नर्वेमाथि २-१ को जित निकाल्यो । पोर्चुगलका लागि जोआ फेलिक्स र गोन्सालो रामोसले गोल गरे भने नर्वेका लागि अर्लिङ हालान्डले गरेका थिए ।

रोग नियन्त्रण गर्न लिस्बनमा छाडियो ३० हजार 'बाँझो' लामखुट्टेलिस्बन, पोर्चुगलपोर्चुगलको राजधानी लिस्बनस्थित अल्भालादे (Al...
09/28/2026

रोग नियन्त्रण गर्न लिस्बनमा छाडियो ३० हजार 'बाँझो' लामखुट्टेलिस्बन, पोर्चुगलपोर्चुगलको राजधानी लिस्बनस्थित अल्भालादे (Alvalade) क्षेत्रमा हालै ३० हजार बाँझो भाले 'एसियन टाइगर' लामखुट्टेहरू आकाशमा छाडिएका छन्। यो कुनै गल्ती नभएर लामखुट्टेबाट सर्ने खतरनाक रोगहरू नियन्त्रण गर्न चलाइएको एक विशेष वैज्ञानिक प्रयोग हो।
कसरी गर्छ यसले काम?यस प्रयोगका अधिकारी तथा जनस्वास्थ्य विज्ञ डा. अफोन्सो मोरेराका अनुसार यी सबै लामखुट्टेहरू भाले हुन्। लामखुट्टेमा केवल पोथीले मात्र रगत चुस्ने र टोक्ने गर्छन्, त्यसैले यी छाडिएका भाले लामखुट्टेले मानिसलाई टोक्दैनन्।
यस प्रविधिमा प्रयोगशालामा प्रमाणित र सुरक्षित विधिमार्फत भाले लामखुट्टेहरूलाई बाँझो (Sterile) बनाइन्छ। जब यिनीहरूलाई प्रकृतिमा छाडिन्छ, यिनीहरूले त्यहाँ रहेका जंगली पोथी लामखुट्टेसँग संसर्ग (Mating) गर्छन्। भालेहरू बाँझो भएका कारण पोथीले फुल पारे पनि त्यसबाट बचेरा वा नयाँ लामखुट्टे जन्मिँदैनन्। परिणामस्वरुप, बिस्तारै यो प्रजातिको जनसंख्या घट्दै जान्छ।
परियोजनाको उद्देश्य'एसियन टाइगर' लामखुट्टेले डेंगु (Dengue), जाइका (Zika), र पहेंलो ज्वरो (Yellow fever) जस्ता घातक भाइरसहरू सार्ने गर्दछ। त्यसैले जनस्वास्थ्यलाई ध्यानमा राख्दै यो प्रजातिलाई उन्मूलन गर्ने लक्ष्य राखिएको छ। पोर्चुगलमा अहिलेसम्म यस चरणका विभिन्न भागमा गरी कुल ९०,००0 भन्दा बढी यस्ता लामखुट्टे छाडिसकिएका छन्।
अहिले वैज्ञानिकहरूले यी लामखुट्टेहरूको बाँच्ने र प्रकृतिमा फैलिन सक्ने क्षमताको अनुगमन गरिरहेका छन्। यदि यस पहिलो चरणको नतिजा सकारात्मक आएमा, आगामी मे महिनादेखि यसको दोस्रो र थप वृहत तुलनात्मक अध्ययन सुरु गरिने योजना छ।

🚨🇦🇷 BREAKING NEWS: मेसीको अन्तिम राष्ट्रिय खेललाई विशेष बनाउन अर्जेन्टिनामा सार्वजनिक बिदाको तयारी!विश्व फुटबलका महान् ख...
09/27/2026

🚨🇦🇷 BREAKING NEWS: मेसीको अन्तिम राष्ट्रिय खेललाई विशेष बनाउन अर्जेन्टिनामा सार्वजनिक बिदाको तयारी!

विश्व फुटबलका महान् खेलाडी लियोनल मेसी 🐐 ले अर्जेन्टिनाको जर्सीमा खेल्ने अन्तिम खेललाई ऐतिहासिक र विशेष बनाउन अक्टोबर ६ मा सार्वजनिक बिदा दिने तयारी भइरहेको खबर सार्वजनिक भएको छ।

उक्त दिन अर्जेन्टिनाका लाखौँ समर्थक घरमै बसेर आफ्ना महान् नायकलाई अन्तिमपटक राष्ट्रिय टोलीको जर्सीमा मैदानमा हेर्न उत्साहित हुनेछन्। 🇦🇷❤️

जसले अर्जेन्टिनालाई विश्वकपको गौरव दिलाए, जसले पुस्तौँ समर्थकको मन जिते—ती महान् खेलाडीलाई राष्ट्रिय टोलीबाट बिदाइ गर्ने क्षण वास्तवमै फुटबल इतिहासकै सबैभन्दा भावुक क्षणमध्ये एक बन्नेछ। 🥹🙏🏻

🐐 एक युगको अन्त्य हुँदैछ…
तर ‘मेसी’ नामको कथा कहिल्यै अन्त्य हुनेछैन। ❤️🇦🇷

Gracias por everything, Leo! 🙏🏻🐐

09/27/2026

मनाङ को सदरमुकाम मा पहिरो ले मर्स्याङदी नदी थुनिदा नदी गाऊ पसेको छ ।

Address

Toronto, ON

Website

Alerts

Be the first to know and let us send you an email when Canada ko Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Featured

  • MottaCom

    MottaCom

    63 thirteenth Street, toronto, on M8V3H 3

Share