
05/16/2025
तुलसि पुन घटनामा नेपाली फानजाङलाई समेत मुद्दा चलाईयो:
यङआम (영암) स्थित बङ्गुर फार्ममा काम गर्ने तुल्सि पुनलाई शारीरिक तथा मानसिक यातना दिइ आत्म'ह'त्या गर्न बाध्य गराउने तथा त्यहाँ काम गर्ने अन्य १० जना प्रवासि श्रमिकहरुलाई कुटपिट गरेको तथा अहिलेसम्म ६२ जना प्रवासि श्रमिकको तलब, थेजिककम, बिदाको भत्ता लगाएत कुल २६ करोड वोन नदिएको अभियोगमा फर्म मालिकलाई केहि अगाडि पक्राउ गरि हिरासतमा राखिएकोमा २०२५ मे १५ मा ग्वाङ्जु जिल्ला अभियोजन कार्यालयको मोक्पो शाखाले अदालतमा मुद्दा दर्ता गराएको छ।
नेपाली व्यक्ति पनि अभियुक्त: सो फार्ममा कामदारहरूको निगरानी गर्ने काममा संलग्न एक नेपाली नागरिक लाई पनि अभियोग लगाइएको छ, जसले फर्म मालिकसँग मिलेर कु'टपि'टमा साथ दिएको बताइएको छ।
MTU, छल्लानाम्दो प्रवासी श्रमिक मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूले यो घटनालाई प्रवासी श्रमिकहरूमाथि हुने दम'न र भेदभावको ज्वलन्त उदाहरण भनेका छन्। यो घटनालाई यो अवस्थासम्म पुर्याउन MTU का उदय राईको महत्वपूर्ण भूमिका रहेको छ।