31/05/2026
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक भएलगत्तै नेपाली बजारमा सुनको मूल्यमा इतिहासकै सबैभन्दा ठुलो वृद्धि (Skyrocket) भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजेटपछिको कर तथा राजस्वको हेरफेरका कारण सुनको भाउमा एकैदिन रु २०,५०० को भारी वृद्धि भएको छ।
बजेट आउनु अघिल्लो दिन (शुक्रबार) प्रतितोला रु २,९०,६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बजेट घोषणा लगत्तै बढेर प्रतितोला रु ३,११,१०० पुगेको छ।