Bishnupur today

Bishnupur today सत्य खबरको सच्चा पहरेदार।

सप्तरीमा मैनबत्ती बालेर प्रेस स्वतन्त्रता खोज्ने तयारी सहित संखनाध  ।।।विनोद मण्डल, साउन २४ । मधेश प्रदेशको सप्तरी जिल्ल...
09/08/2023

सप्तरीमा मैनबत्ती बालेर प्रेस स्वतन्त्रता खोज्ने तयारी सहित संखनाध ।।।

विनोद मण्डल, साउन २४ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढिरहेका छन ।

नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा १ र उपधारा ३ को समेत ज्ञानको अभाब देखिएकाे जिल्ला प्रशासन कार्यालय जस्तो गरिमामय कार्यालयको लेटर प्याडको प्रयोग गर्दै भनिएको छ " सेवा लिन आउने सेवाग्राही पत्रकार सर्वसाधारणले बिना अनुमति कार्यालयको फोटो , भिडियो लगायतका सामाग्री प्रकाशन प्रसारण गरेको खण्डमा कानुनी कारवाही भैजाने सहायक प्रमुख जिल्ला अधिकारी केवन काश्यप अधिकारीको हस्ताक्षर भएको जारी सूचना माथि नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर आपत्ति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शाहीकालीन उर्दी झै जारी गरेको सूचना आफैमा खेद जनक एकातिर रहेको देखिन्छ भने अर्कोतिर जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा पत्रकारमाथि आक्रमण हुनु , जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेसमा रोक लगाउनु कतिसम्म जायज हो ?
प्रशासनबाट असुरक्षित महसुस गर्दै आएका पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेकाे सूचनालाई २४ गते राति ८ बजेसम्मको समय सूचना सच्याउनका लागि अल्टिमेटम दिएको थियो तर जिल्ला प्रशासन कार्यालयले अल्टिमेटमको सुनुवाई नगरेपछि सप्तरी सिडिओको जङ्गे उर्दी फिर्ता लिन महासंघको ३ घण्टाको अल्टिमेटम सके तासै आन्दोलनको शंखनाद भएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले भोलीदेखी चरणबद्ध आन्दोलनको लागि तयारी हुदै
सप्तरीमा हराएको प्रेस स्वतन्त्रताको मैनबत्ती बालेर खोजीमा जुटेको वुझिएको छ ।

सप्तरीको सिडियो क्रूर बन्दै ।।।विनोद मण्डल, साउन २४ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर...
09/08/2023

सप्तरीको सिडियो क्रूर बन्दै ।।।

विनोद मण्डल, साउन २४ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढिरहेका छन ।

नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा १ र उपधारा ३ को समेत ज्ञानको अभाब देखिएकाे जिल्ला प्रशासन कार्यालय जस्तो गरिमामय कार्यालयको लेटर प्याडको प्रयोग गर्दै भनिएको छ " सेवा लिन आउने सेवाग्राही पत्रकार सर्वसाधारणले बिना अनुमति कार्यालयको फोटो , भिडियो लगायतका सामाग्री प्रकाशन प्रसारण गरेको खण्डमा कानुनी कारवाही भैजाने सहायक प्रमुख जिल्ला अधिकारी केवन काश्यप अधिकारीको हस्ताक्षर भएको जारी सूचना माथि नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर आपत्ति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शाहीकालीन उर्दी झै जारी गरेको सूचना आफैमा खेद जनक एकातिर रहेको देखिन्छ भने अर्कोतिर जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा पत्रकारमाथि आक्रमण हुनु , जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेसमा रोक लगाउनु कतिसम्म जायज हो ?
प्रशासनबाट असुरक्षित महसुस गर्दै आएका पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेकाे सूचनालाई २४ गते राति ८ बजेसम्मको अल्टिमेटम दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी उर्दी फिर्ता नलिए नेपाल पत्रकार महासंघ सप्तरी चरणबद्ध आन्दोलन गर्ने तयारीमा रहेको जारी बिज्ञाप्ति फार्फत जनाएका छन ।

सप्तरी सिडिओको जङ्गे उर्दी फिर्ता लिन महासंघ को ३ घण्टाको अल्टिमेटम !

जथाभावी बाटो खन्दा आवत जावतमा कठिनाई निकाय मौन ।।।विनोद मण्डल , 20 आषाढ़ । सिराहाको धनगढीमाईको विष्णुपुर टोलमा विना उद्ध...
05/07/2023

जथाभावी बाटो खन्दा आवत जावतमा कठिनाई निकाय मौन ।।।

विनोद मण्डल , 20 आषाढ़ । सिराहाको धनगढीमाईको विष्णुपुर टोलमा विना उद्धेश्य डोजरले बाटो बिगार्दा स्थानीयलाई सास्ती उत्पन्न भएको छ ।

धनगढीमाई वाडा नंबर 12को साविक बिष्णुपूरकट्टी 6 मा भदौरे विकासको नाममा विकासको सुरुवात गर्दा आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थाको सिर्जना भएको छ ।

मनसुन वर्षाको मौषममा बिकाशको नाटक गर्दै बजेट पचाउने मनसायले विकासको यो उदाहरणले स्थानीयलाई कूनै फाईदा हुने अवस्था रहेको देखिँदैन ।

भदौरे विकासले वर्षौ कानमा तेल हालेर सुत्ने अनी वर्षाको बेलामा बिकासको नाटक गर्ने क्रियाकलापले स्थानीय जनतालाई झुक्याउने र मान्छेको घर आगन डुबाउने काम भइरहेको वर्तमान स्थिति रहेको देखिन्छ ।

बाटो सबन्धमा वाडा अध्यक्ष जय प्रकाश ठाकुरलाई टेलिफोन सम्पर्ग गर्दा आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताउनु भएको छ ।

बाटोको बारेमा तत्काल बास्तविकता बुझेर निकायको ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।

04/07/2023
विडम्बनाका बीच ग्रामिण सडक ।।।बिनोद मण्डल १९ आषाढ़ । मधेश प्रदेशको जिल्लाहरूको ग्रामिण सडकको अवस्था चिन्ताजनक रहेको देखि...
04/07/2023

विडम्बनाका बीच ग्रामिण सडक ।।।

बिनोद मण्डल १९ आषाढ़ । मधेश प्रदेशको जिल्लाहरूको ग्रामिण सडकको अवस्था चिन्ताजनक रहेको देखिन्छ ।

भदौरे विकाश र कागजमा विकाश सीमित राखेर बजेटको दुरुपयोग गरेको सहजै अनुमान लगाउन सकिन्छ ग्रामिण सडकहरुलाई देखेर ।

मधेसका अधिकांश ग्रामिण सङ्कहरुमा वर्षाको समयमा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको देखिन्छ ।

समयमा सडक मर्मत सम्भारमा स्थानिय सरकारले ध्यान नदिदा ग्रामिण बस्तीका सडकहरु हिलाम्मे भएपछि आवत जावतमा कठिनाई उत्पन्न हुने स्थिति रहेको छ ।

सडक मर्मत सम्भारमा ध्यान केन्द्रित गर्न सरकारलाई स्थानिय जनताले सडकमा धान रोप्ने , हिलोमा उभिने लगायतको सांकेतिक विरोध गरेर जानकारी गराउँदा पनि निकाय मौन रहनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ ।

मधेश प्रदेशको बारा जिल्लाको महागढ़ीमाई नगरपालिका वडा नम्बर ८ को सडक अवस्था हेर्दा निकायको ध्यान नगएको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रहरीद्धारा  जनचेतना मुलक कार्यक्रम सम्पन्न ।।। विनोद मण्डल १९ आषाढ़ । खोटाङ प्रहरीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरे...
04/07/2023

प्रहरीद्धारा जनचेतना मुलक कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल १९ आषाढ़ । खोटाङ प्रहरीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका वडा नं. ११ मौसिरे स्थित समुदाय- प्रहरी साझेदारी अवधारणा अनुसार अस्थायी प्रहरी पोष्ट राजापानी खोटाङबाट खटि गएको प्रहरी टोलीले "लागुऔषध दुुर्व्यसन रोकथाम तथा न्युनिकरण सम्वन्धि '' जनचेतनामुलक कार्यक्रम स्थानियहरुको सहभागितामा सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

धनगढीमाईमा खेती फाटफुट शुरू ।।।विनोद मण्डल १९ आषाढ़ । सिराहाको धनगढीमाईका विभिन्न ठाउँहरूमा खेती शुरु भएको छ ।मनसून शुरू...
04/07/2023

धनगढीमाईमा खेती फाटफुट शुरू ।।।

विनोद मण्डल १९ आषाढ़ । सिराहाको धनगढीमाईका विभिन्न ठाउँहरूमा खेती शुरु भएको छ ।

मनसून शुरू भएपनि समयमा वर्षा नहुँदा वैकल्पिक उपाय निकालेर किसानहरूले खेती शुरु गरेको देखिन्छ ।

धनगढीमाईको दक्षिणी भागमा मोटर, बोरिङको सहायतामा किसानहरूले खेती शुरु गरेको देखिन्छ भने उत्तरी भेगमा सिँचाइको अभावमा आम किसानहरूले बीउ सार्ने काम अर्थात् खाँऊर शुरू गरेको छ ।

आकासे भर रहेको यस क्षेत्रमा समयमा वर्षा नहुँदा किसानहरू चिंतित वनेका छन ।

स्थानिय सरे खोलाको पानीले करिब दुई सय बिगाहा क्षेत्रफलमा सिँचाइ हुने अवस्था रहे पनि उक्त पानीलाई हालसम्म ब्यबस्थापन गर्न सकिएको छैन ।

किसानलाई सिँचाइ मीटर आवस्यक रहे पनि उत्तरी भेगमा रहेको बस्तीहरूमा सरकारको अदुरदर्शिता कारणले उक्त सुविधा हालसम्म प्राप्त हुन सकेको छैन

साईकल बितरण कार्यक्रम सम्पन्न ।।।बिनोद मण्डल १९ आषाढ़ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको          पाल्हिनन्दन गाउँपालिक...
04/07/2023

साईकल बितरण कार्यक्रम सम्पन्न ।।।

बिनोद मण्डल १९ आषाढ़ । लुम्बिनी प्रदेशको पछिम
नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा रहेको श्री राजनारायण नमूना माविका विद्यार्थीलाई साईकल बितरण गरिएको छ ।

आर्थिक वर्ष २०७९/८०मा पश्चिम नवलपरासीकाे पाल्हिनंदन गाउपालिका अन्तर्गत बेटी " बचाऊ बेटी पढाऊ"अभियान अन्तर्गत पाल्हिनंदनका श्री राजनारायण नमुना मा.बि गेर्मीमा अध्ययनरत विद्यार्थी लाई एक औपचारिक कार्यक्रम गरी साईकल बितरण गरिएको हो ।

पाल्हिनन्दन गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता र वडा न.५ का वडा अध्यक्ष दयाशँकर त्रिपाठी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भु गुप्ता लुम्बिनी प्रदेश सभा सदस्य मा.वैजनाथ जैसवाल लगायतको उपस्थितिमा कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई २१ वटा नि:शुल्क साईकल वितरण गरिएको हो ।

साईकल बितरण कार्यक्रममा स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थितिमा साईकल बितरण गरिएको वुझिएको छ ।

विद्यार्थीलाई टाईबेल्ट वितरण कार्यक्रम सम्पन्न ।।।विनोद मण्डल १९ आषाढ़ । सिराहाको धनगढीमाई १३ मा रहेको आधारभूत बिद्यालय ...
04/07/2023

विद्यार्थीलाई टाईबेल्ट वितरण कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल १९ आषाढ़ । सिराहाको धनगढीमाई १३ मा रहेको आधारभूत बिद्यालय कैलाशपुरमा एक औपचारिक कार्यक्रम गर्दै विभिन्न ठाउँहरुबाट प्राप्त सहयोग स्वरूपको टाई बेल्ट वितरण गरिएको छ ।

सेन्ट जेभियर्स स्कूल देउनिया झापावाट सहयोगस्वरूप प्राप्त करिब १०० पिस टाई भएको र धनगढिमाई न.पा.१३ निवासी नवराज लम्सालवाट प्राप्त टाई बेल्ट एक औपचारिक कार्यक्रम गरी आधारभूत बिद्यालय कैलाशपुरका विद्यार्थीलाई वितरण गरिएको प्रध्यानाध्यापक अमर योञ्जनले जानकारी गराउनु भएको छ ।

अत्यन्त मनोरम वातावरणमा पठन पाठन सञ्चालन भइरहेको उक्त विद्यालयमा भौतिक संरचना लगायतका सबै पक्ष अति सुन्दर रहेको अवस्था रहेको देखिन्छ ।

धनगढिमाई न.पा.१३ निवासी नवराज लम्सालद्वारा आधारभूत बिद्यालय कैलाशपुरका विद्यार्थीलाई टाई बेल्ट सहयोग ।
04/07/2023

धनगढिमाई न.पा.१३ निवासी नवराज लम्सालद्वारा आधारभूत बिद्यालय कैलाशपुरका विद्यार्थीलाई टाई बेल्ट सहयोग ।

नेपाल विद्युत प्राधिकरणलाई २० लाखको चेक ।।।विनोद मण्डल आषाढ १८ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मह...
03/07/2023

नेपाल विद्युत प्राधिकरणलाई २० लाखको चेक ।।।

विनोद मण्डल आषाढ १८ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले पालिका भरिका सम्पुर्ण सिचाई ग्राहकहरूले खपत गरेको विद्युत महशुल पालिकाका तर्फबाट तिर्नु भएको छ ।

पालिका भित्रका ग्राहकहरुले खपत गरेको विद्युत महशुलको रकम करिब २१ लाख भएपनि अर्को बजेटबाट महशुल नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई तिने गरी तत्काललाई सबै किसानलाई सिंचाइमा सहजताका लागि खपत भएको Unit बराबरको विद्युत महशुल भुक्तानी बापत रू २० बीस लाखको चेक नेपाल विद्युत प्राधिकरण लहानका प्रमुख इन्जिनियर हिमांशु कुमार यादवलाई पालिका अध्यक्ष सन्तोष कुमार महतोले हस्तान्तण गर्नु भएको हो ।

जेठ मसान्त सम्मकाे बिल भुक्तानीका लागि कार्यपालिकाको बैठकबाट पास गराएर अगाडि बढेको पालिका अध्यक्ष महतोले बताउनु भएको छ ।

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक का...
03/07/2023

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ ।अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । समपुर्ण गुरुहरु प्रति नमन गर्दै गुरु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्दछौं । 🙏🙏

Adresse

Democratic Republic Of The

Téléphone

+9779748453765

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Bishnupur today publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Bishnupur today:

Partager