Pratappur News

Pratappur News अन्लाइन पोर्टल
प्रतापपुर मिडिया प्रा. लि.
सम्पर्क : 9860674070

पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले पाल्हीनन्दन गाउँपालिका- ६ मा परालको कुन्योमा लुकाइराखिएको अवस्थामा १ हजार ८ सय थान भ...
17/12/2025

पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले पाल्हीनन्दन गाउँपालिका- ६ मा परालको कुन्योमा लुकाइराखिएको अवस्थामा १ हजार ८ सय थान भेप (इलेक्ट्रिक चुरोट) करिब ४५ लाख रुपैयाँ बराबराबरको भेप बरामद भएको हो।

मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारअन्तर्गतका १८ वटा कार्यालयमा ...
17/12/2025

मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारअन्तर्गतका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।
पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारीले नियम उल्लङ्घन गरेको पाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेको लगायतका अनियमितता भेटिएका थिए ।

नेपालले कतारलाई दिएका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई कतार एयरवेजको कार्गो विमानमा भैरहवास्थित अन्तराष्ट्रिय विम...
17/12/2025

नेपालले कतारलाई दिएका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई कतार एयरवेजको कार्गो विमानमा भैरहवास्थित अन्तराष्ट्रिय विमानस्थलमा लोड गरिदै गरेको तस्वीर !! Pratappur News

17/12/2025

निर्वाचन आउन ७८ दिन बाँकी : राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्नसक्ने

17/12/2025

एलन मस्क ६ खर्ब डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति
Pratappur News

नेकपा एमालेको नेतृत्व चयनका लागि आज बिहान ८ बजेबाट मतदान हुँदैछ । अध्यक्षमा कसले बाजि मार्ला ?
17/12/2025

नेकपा एमालेको नेतृत्व चयनका लागि आज बिहान ८ बजेबाट मतदान हुँदैछ । अध्यक्षमा कसले बाजि मार्ला ?

आज बुधबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
17/12/2025

आज बुधबार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

09/12/2025

आज भ्रष्टाचारविरुद्धको दिवस

🙏 जय पाथिभरा माताको जय 🙏पूर्वको पवित्र भूमि ताप्लेजुङमा अवस्थित माता पाथिभरा देवीअनन्त शक्तिकी अधिष्ठात्री, भक्तको मनोका...
09/12/2025

🙏 जय पाथिभरा माताको जय 🙏
पूर्वको पवित्र भूमि ताप्लेजुङमा अवस्थित माता पाथिभरा देवी
अनन्त शक्तिकी अधिष्ठात्री, भक्तको मनोकामना पूरा गरिदिने मायालु माता।🕉️🙏💖

जो जसले सच्चा मनले बोलाउँछ, माताले अवश्य सुन्दिनुहुन्छ।
जसको घर-परिवारमा दुःख–कष्ट छ, माताको कृपाले सहजै हटेर जान्छ।🌹💖🙏

आजको दिन माताको स्मरण गरौँ,उनको मार्गमा चलौँ,
र उहाँले दिएको शक्ति, आस्था र विश्वासलाई हृदयमा राखौँ।

🙏 पाथिभरा माताको जय होस्, सबैमा शान्तिको वर्षा होस् 🙏🕉️🙏💖

चीनले भन्यो – “भारतको भैंसीको मासु नेपालमा काटेर पठाए पनि हामी लिंदैनौं, नेपालमै जन्मेको र हुर्केको भैंसी चाहियो”१ खर्ब ...
09/12/2025

चीनले भन्यो – “भारतको भैंसीको मासु नेपालमा काटेर पठाए पनि हामी लिंदैनौं, नेपालमै जन्मेको र हुर्केको भैंसी चाहियो”

१ खर्ब ५० अर्बको सपना एक सर्तले तत्कालका लागि धरापमा !

नेपालले चीनमा भैंसीको मासु निर्यात गर्ने तयारी गरे पनि चिनियाँ पक्षले कडा सर्त राखेपछि यो योजना तत्कालका लागि अन्योलमा परेको छ। चिनियाँ भन्सार प्रशासन (GACC) ले नेपालबाट निर्यात हुने भैंसीको मासु नेपालमै जन्मेर पालिएको (born and raised in Nepal) र ३० महिनाभन्दा कम उमेरको हुनुपर्ने स्पष्ट अडान लिएको छ। यसको अर्थ भारतबाट जीवित भैंसी ल्याएर नेपालमा बध गरेर वा प्रशोधन गरेर पठाइने मासु चीनले स्वीकार गर्ने छैन।

यो सर्तले नेपाली मासु व्यवसायीहरूलाई ठूलो झट्का दिएको छ किनभने हाल नेपालमा उत्पादन हुने भैंसीको मासु आन्तरिक खपतलाई पनि मुश्किलले पुग्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भैंसीको संख्या निरन्तर घट्दो क्रममा छ र वार्षिक मासु उत्पादन करिब १ लाख १६ हजार मेट्रिक टन मात्र छ। निर्यात गर्नुपरेमा हालको अवस्थामा ७० प्रतिशतसम्म भारतबाट भैंसी आयात गर्नुपर्ने बाध्यता छ।

सरकारले भैंसीको नश्ल सुधार, कृत्रिम गर्भाधान, अनुदान र पकेट क्षेत्र विकासका कार्यक्रम अघि सारे पनि ती सबै दीर्घकालीन प्रकृतिका हुन्। यस्ता कार्यक्रमले फल दिन कम्तीमा २–३ वर्ष लाग्ने विज्ञहरू बताउँछन्। यसैकारण व्यवसायीहरूले तत्कालका लागि चीन निर्यात सम्भव नभएको बताएका छन्।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय प्रोटोकल सम्झौता र हिमालयन फूड इन्टरनेशनल तथा चिनियाँ कम्पनीबीच भएको ठूलो MoU ले ठूलो आशा जगाएको थियो। तर चिनियाँ पक्षको यो नयाँ सर्तले छोटो समयमै ठूलो परिमाणमा निर्यात गर्ने सपना अनिश्चित बनेको छ।

कालिकोटको तिलागुफा नगरपालिका-२ स्थित रमणीय देवारतोली गाउँ । तस्बिर : विष्णु नेपाल
09/12/2025

कालिकोटको तिलागुफा नगरपालिका-२ स्थित रमणीय देवारतोली गाउँ । तस्बिर : विष्णु नेपाल

NPL को पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। यो खेल जित्ने टोली फाइनलमा प्रवेश ...
09/12/2025

NPL को पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। यो खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। Pratappur News

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Pratappur News publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Pratappur News:

Partager