Rajdhani Today

Rajdhani Today All the Latest News

11/08/2025
10/08/2025

मेष - तपाईंको आजको दिन शुभ रहेको छ। परिस्थिति अनुकूल रहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

वृष - समय मध्यम खालको रहला ।परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला।

मिथुन - आजको दिन शुभ रहला। नयाँ अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।

कर्कट - समय अनुकूल रहला।स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

सिंह -मध्यम खालको समय रहेको छ।परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ।

कन्या - समय शुभ रहेको छ।मान्यजनको मार्गदर्शन प्राप्ति होला । केही नयाँ अवसर मिल्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

तुला - तपाईंको आज अनुकूल समय रहला।आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

वृश्चिक - शुभ समय छ।शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेली–व्यवहारकै भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ।

धनु - तपाईंको आजको दिन शुभ रहेको छ।रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

मकर - मध्यम समय रहला।खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्।

कुम्भ - पराक्रम बढ्ने समय छ।व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ।

मीन - तपाईंको आजको दिन शुखद् रहला।राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ, पाका नेता बिदा हुनुपर्छ : गगन थापानेपाली कांग्रेसका महामन्त्री...
10/08/2025

नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ, पाका नेता बिदा हुनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति अहिले डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको दाबी गरेका छन् । उनले डेलिभरी दिन नसक्दा राजनीतिप्रति आम जनताको वितृष्णा पैदा भएको बताए । उनले भने,‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ।’

युवासँग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पुस्ताले अब देशको नेतृत्व गर्ने पनि धारणा राखे । प्रमुख दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललगायतले राजनीतिबाट विश्राम लिनुपर्ने थापाको सुझाव छ ।

उनले पाका नेताले राजनीतिबाट विदा लिए आफू धेरै खुशी हुनेपनि तर्क गरे । शीर्ष नेताहरुले राजनीतिमार्फत देशलाई डोर्याएर यहाँसम्म ल्याएकोमा भने सम्मान व्यक्त गरे । उनले पाका नेताहरुको भूमिकाको सधैं सम्मान गर्ने भन्दै राजनीतिबाट विदा हुनको लागि आफूले अवमूल्यन गरेर नभनेको जिकिर गरे ।

गैडाकोटमा दुर्घटनाः दुई जनाको मृत्युनवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ...
10/08/2025

गैडाकोटमा दुर्घटनाः दुई जनाको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौंको पशुपति क्षेत्रमा अन्तिम साउने सोमबारको तयारीसँगै प्रहरीले सुरक्षा सतर्कता कडाइ गरेको छ।भीडमा सक्रिय हुने पाके...
10/08/2025

काठमाडौंको पशुपति क्षेत्रमा अन्तिम साउने सोमबारको तयारीसँगै प्रहरीले सुरक्षा सतर्कता कडाइ गरेको छ।

भीडमा सक्रिय हुने पाकेटमार र असामाजिक तत्वलाई रोक्न आइतबार बिहानदेखि नै प्रहरीले ‘अघिल्लो वार’ अभियान सञ्चालन गर्दै ४२ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार यो कदम भक्तजनलाई सहज र सुरक्षीत वातावरणमा पूजा–दर्शन गराउन लिइएको हो।
"भीडमा अपराधी सक्रिय हुने सम्भावना उच्च हुन्छ। त्यसलाई रोक्न हामीले अग्रिम कारबाही गरेका हौं," उनले बताए।

प्रहरीको भनाइमा यस्तो सक्रिय सुरक्षा व्यवस्थापनले भीड व्यवस्थापनसँगै अपराध नियन्त्रणमा पनि मद्दत गर्ने विश्वास लिइएको छ।

10/08/2025
महिला  अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै आज राजधानीको माईतीघर मण्डलामा महिला अधिकारका लागि दबाव अभियानले धर्ना कार्...
10/08/2025

महिला अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै आज राजधानीको माईतीघर मण्डलामा महिला अधिकारका लागि दबाव अभियानले धर्ना कार्यक्रम सञ्चालन गरेको छ। संविधानले सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा लागू गराउन तथा विभेदकारी कानूनी प्रस्तावहरूको विरोधस्वरूप कार्यक्रमको आयोजना गरिएको हो।

धर्नामा सहभागीहरूले "मेरो शरीर मेरो अधिकार", "दण्डहिनता अन्त्य गर", "कानूनको नाममा महिला हिंसा बन्द गर", महिला हिंसा विरूद्ध शून्य सहनशिलता कायम गर,शैक्षिक संस्थामा हुने हिंसा दुर्व्यवहार अन्त्य गर,"संविधानले दिएको हक, कानूनमा किन भयो लक", लगायतका नाराहरू सहितका प्लेकार्ड बाेकेका थिए ।धर्नामा दाेहाेरी मार्फत महिला अधिकारका सवाललाई उठाएका थिए ।धर्ना यहि भदाै २९ गते सम्म प्रत्येक आईतबार ३ देखि ५ बजेसम्म संचालन हुनेछ भने असाेज ३ गते संविधान दिवसकाे दिन व्यापक र्यालि समेत आयाेजना गर्न लागिएकाे छ ।

यहि महिनाकाे अन्तिम शनिवार दिउँसो :१२ बजे  डा. मनिष कुमार साह (MBBS,MD) छाला तथा यौन रोग विशेषज्ञ आउदै हुनुहुन्छ ।छाला त...
10/08/2025

यहि महिनाकाे अन्तिम शनिवार दिउँसो :१२ बजे डा. मनिष कुमार साह (MBBS,MD) छाला तथा यौन रोग विशेषज्ञ आउदै हुनुहुन्छ ।

छाला तथा यौन रोग भन्नाले छालामा हुने विभिन्न समस्या र यौन सम्पर्कमार्फत सर्ने रोगहरूको समूहलाई जनाइन्छ।

१. छालासम्बन्धी रोग (Dermatology)
छालामा हुने संक्रमण (ब्याक्टेरिया, भाइरस, फङ्गस)

👉️एलर्जी, एक्जिमा, सोरायसिस

👉️दाग, पिम्पल (Acne), कालो/सेतो दाग

👉️छालामा हुने ट्युमर, फोडा, घाउ

👉️कपाल झर्ने समस्या, नङको रोग

२. यौन रोग (Venereology I)
यौन सम्पर्कबाट सर्ने रोगहरू:

👉️सिफिलिस (Syphilis)

👉️गोनोरिया (Gonorrhea)

👉️हर्पिस (Herpes)

👉️एचआईभी / एड्स (HIV/AIDS)

👉️ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमण

👉️यौनअङ्गमा हुने संक्रमण, घाउ, चिलाउने, डाबर आदि

माैका नछाेडनु है !

10/08/2025

हामी सबैको प्रयास र सहयोगबाट आज एक ठूलो कार्य सम्पन्न भएको छ।स्व. हरि मोहन मुखियाज्यूको उपचारको क्रममा बेचिएको खेत आज फिर्ता भएको छ।
साथै केही ऋण पनि मिनाहा भएको छ।यो यात्रा सजिलो थिएन — हाम्रो मधेशको इज्जत, हाम्रो सिरहा जिल्लाको प्रतिष्ठा, र दलित समुदायको सम्मानसँग जोडिएको पीडादायी घटना थियो।
KMC Hospital काठमाडौंमा बन्धक राखिएको त्यो शव केवल शव मात्र थिएन, यो हाम्रो सामूहिक आत्मसम्मान थियो।नेता भनाउने धेरैलाई सम्पर्क गरें, तर साथ पाएनौं। साथ पाएर पनि अन्तिम क्षणसम्म अडिने त हाम्रा सर्वसाधारण जनता, दलित समुदायका साथीहरू र जिल्लावासीहरू मात्र थिए।
आजसम्म जम्मा रु. ६ लाख १० हजार ९ सय सहयोग संकलन भई हस्तान्तरण गरिएको छ।यो सम्भव बनाउने सम्पूर्ण सहयोगी साथीहरूलाई हृदयदेखि धन्यवाद।

10/08/2025

मानव अधिकार अनुसन्धानको लागि घटना स्थलमा राजगढ गाउँपालिका नेपाली कांग्रेस सभापति दाजु दिपेन्द्र यादब ज्यु सँग गरेको कुराकानी सुन्नुहोला ।।
एउटा प्रशन साच्चिकै लालु यादवलाई नै किन २ गोली लाग्यो..?

सप्तरी जिल्ला राजगढ–२ कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गोली लागी भएको निधन अत्यन्त दुःखद र पीडादायी विषय हो । यो  घटन...
10/08/2025

सप्तरी जिल्ला राजगढ–२ कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गोली लागी भएको निधन अत्यन्त दुःखद र पीडादायी विषय हो । यो घटनापछि आज म स्वर्गीय यादवको घर र घटनास्थल पुगेर शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाका बारेमा विस्तृत जानकारी लिएको छु ।
स्वर्गीय लालु यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने हार्दिक प्रार्थना गर्दछु ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेका छन् । सत्य तथ्य छिट्टै सार्वजनिक हुनेमा पूर्ण विश्वास व्यक्त गर्दछु ।

मुख्य मन्त्री
सतिश कुमार सिंह
मधेस प्रदेश

Adresse

Gaushala, Mahottari
Democratic Republic Of The
45701

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Rajdhani Today publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Rajdhani Today:

Partager