
09/10/2025
बालेन बिरुद्ध फैलाईएका नकारात्मक कुराहरु को प्रमाण माग्नुहोला हल्ला फैलाउनेहरुसंग । प्रमाण भए संगै जाउंला मुद्दा दर्ता गर्न । बालेन को देश प्रतिको माया उसको गीत शब्द fb Status मा मात्र नखोज्नुहोला । बालेन आफु बद्नाम हुन तयार छ तर देश बद्नाम हुने कुनैपनि तत्वसंग मिल्दैन । देशलाई माया गर्ने तपाई हामी बिचकै मान्छे हो बालेन । मेरो बिश्वास हो बालेन ।
प्रिय हर्क सर ,
तपाईको लागी भोट माग्ने म पनि एक हुं । तपाईलाई माया गर्ने म पनि एक हुं । देशमा GenZ ले ल्याएको परिवर्तन तपाईजस्तो देशभक्त जनसेवकले सरकार चलाउनु हुन्छ र आउने पुस्तालाई देशको फेरिएको स्वरुप देखाउनुहुन्छ भनेर हो ।
बिन्ति गर्छु देश र शहिद भाईबहिनीहरु सम्झेर दुवैजना एक ठाउमा आईदिनुस । अरुको कुरा सुनेर आवेग हैन , एक अर्काको कुरा सुनेर योजना बुन्नुस सुन्दर शान्त नेपाल को।
✍️ Nischal Basnet