Samjhana Rai- सम्झना राई

Samjhana Rai- सम्झना राई सत्यतथ्य जानकारीलाई जस्तको तस्तै देखाउने एक रिपोर्टर...

उर्लाबारी फिटनेस सेन्टर  सञ्चालनमा आयो ।उर्लाबारी / आधुनिक मेसिन सहित उर्लाबारी -५ मधुमल्लारोड स्थित पंचावटी अस्पताल अगा...
11/11/2025

उर्लाबारी फिटनेस सेन्टर सञ्चालनमा आयो ।
उर्लाबारी / आधुनिक मेसिन सहित उर्लाबारी -५ मधुमल्लारोड स्थित पंचावटी अस्पताल अगाडि युवा ब्यवसायी मदन राई (काजी ) ले उर्लाबारी फिटनेस सेन्टर सञ्चालनमा ल्याउनु भएको छ ।
करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याईएको सो ब्यामशालामा महिला , पुरुष लाई छुट्टाछुट्टै समय मिलाएर प्रशिक्षण गराईने र हाल बजारमा उपलब्ध आधुनिक मेसिन हरु समाबेश गरि जिमखाना सञ्चालनमा ल्याएको सञ्चालक राईले जानकारी दिनुभएको छ ।

06/11/2025

#लखन थापा मगरकाे सालिक अनावरण
माेरङ मिक्लाजुङ ३ बाेक्रेमा एतिहासिक दिवस मनाईयाे। Samjhana Rai

लखन थापा मगरको सालिक अनावरण, मोरङ मिक्लाजुङ–३ बोक्रेमा ऐतिहासिक दिवस मनाइयोमोरङ, मिक्लाजुङ गाउँपालिका–३ बोक्रे।नेपालका प...
06/11/2025

लखन थापा मगरको सालिक अनावरण, मोरङ मिक्लाजुङ–३ बोक्रेमा ऐतिहासिक दिवस मनाइयो

मोरङ, मिक्लाजुङ गाउँपालिका–३ बोक्रे।
नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा मोरङ मिक्लाजुङ गाउँपालिका–३ बोक्रे टोलमा आज एक ऐतिहासिक कार्यक्रमका बीच लखन थापा मगरको सालिक (मूर्ति) अनावरण गरिएको छ।

राष्ट्रको स्वतन्त्रता, जनताको अधिकार र समानताको लागि आफ्नो जीवन अर्पण गरेका सहिद लखन थापाको योगदानलाई सदैव जीवित राख्ने उद्देश्यले स्थानीय युवाहरू, समाजसेवी र बासिन्दाहरूको संयुक्त पहलमा उक्त सालिक निर्माण गरिएको हो।

कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष श्री दिनेश पौडेलले पानसमा दियो बालेर गर्नुभयो भने, सालिक अनावरण प्रमुख समाजसेवी सन बहादुर राना मगरज्यूको हातबाट गरियो।

कार्यक्रमको सभाध्यक्ष जय थापा मगर र राम कुमार राई रहनुभयो।
त्यसैगरी मुख्य अतिथि गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, विशिष्ट अतिथि वडा नम्बर ३ का अध्यक्ष सन्तोष थापा मगर, अतिथि खगेन्द्र मादेन तथा अन्य स्थानीय समाजसेवी, प्रहरी, राजनीतिक दलका अग्रज, बुद्धिजीवी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष थापा मगरले सालिक निर्माण कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै, बोक्रे टोललाई ‘लखन थापा मगर चोक’को रूपमा नामकरण गरिएको घोषणा गर्नुभयो। साथै, वडा कार्यालयबाट वरिपरि बार लगाउने कार्यका लागि रु. १ लाख बजेट छुट्याएको पनि जानकारी दिनुभयो।

त्यसैगरी कार्यक्रमका अतिथि पूर्व वडा अध्यक्ष खगेन्द्र मादेनले सालिक निर्माणमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, यो कामले बोक्रे टोल मात्र होइन, सम्पूर्ण मिक्लाजुङ क्षेत्रको गौरव बढाएको बताउनुभयो।

सालिक निर्माणमा अहोरात्र खटिएका प्रमुख अभियन्ताहरूमा
१. शेरबहादुर राना मगर
२. सुमन राना मगर
३. भीमबहादुर राना मगर
४. डम्बर श्रेष्ठ
५. सोम राना मगर
रहेका छन्।

त्यस्तै, लखन थापा मगर चोक निर्माण समितिमा

अध्यक्ष: जय थापा मगर

सचिव: राम कुमार राई

कोषाध्यक्ष: लक्ष्मी राना मगर
रहनुभएको छ।

बोक्रे टोलमा मगर समुदायको जनसंख्या करिब १% मात्र भए पनि अन्य जातजातिसँगको सहकार्य र एकताबाट बनेको यो सुन्दर, शान्त बस्ती आजदेखि “लखन थापा मगर चोक”का रूपमा चिनिन थालेको छ।

कार्यक्रमले राष्ट्रिय एकता, सहिदप्रतिको सम्मान र स्थानीय पहिचानलाई बलियो बनाएको स्थानीयवासीहरूले बताएका छन्।

---

29/10/2025

फरार रानी आए छोराछोरी भेट्न चल्यो रुवाबासी 😰😰😰 #

25/10/2025

टुक्रा टुक्रा पारेको अवस्थामा भेटियो 😰
लेटाङ सीमाना भन्दा करिब १ किलोमिटर टाढा, तार जालि को घेरा भित्र अंशु गौतमको शव फेला परेको छ ।
khabar #

24/10/2025

एक साहसी महिला गोमा रोक्का को कथा #

हराएकी बालिकाको सव टुक्रा टुक्रा भएको  अवस्थामा जगलमा भेटियो😰लेटाङ सीमाना भन्दा करिब १ किलोमिटर टाढा, तार जालि को घेरा भ...
24/10/2025

हराएकी बालिकाको सव टुक्रा टुक्रा भएको अवस्थामा जगलमा भेटियो😰
लेटाङ सीमाना भन्दा करिब १ किलोमिटर टाढा, तार जालि को घेरा भित्र अंशु गौतमको शव फेला परेको छ ।

शवको अवस्था हेर्दा कसैले काटेर टुक्रा टुक्रा पारेको आशंका गर्न सकिने स्रोतले जनाएको छ । कमरभन्दा माथि एकतर्फ र कमरभन्दा तल अर्को तर्फ छुट्टाछुट्टै अवस्थामा शव फेला परेको थियो भने दुवै हात नभएको अवस्थामा शव भेटिएको अंशु गौतमका दाइले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

16/10/2025

⚠️ रातारात बन्न थाल्यो सामुदायिक वनभित्र लाखौँकाे कपुरथान forest forest #

12/10/2025

वृद्धभत्ता लिन बिहानदेखि साँझसम्म लाइनमा वृद्ध–वृद्धाहरूको भीड

चाडपर्वको समयमा असहज र पीडादायी लाइनमा बस्न बाध्य जेष्ठ नागरिकहरूको पीडा अब सरकारले देख्ने कि ? #

11/10/2025

रुकुम पश्चिम — रुकुम पश्चिमकी २५ वर्षीया जाेगमाया बिक असाेज २४ गते “हस्पिटल जान्छु” भनी घरबाट निस्केकी थिइन्। त्यस यता उनी परिवारकाे सम्पर्कमा छैनन्।

जाेगमायाले ३ वर्षकी र डेढ वर्षकी दुई साना छाेरीहरू छाडेर घरबाट हस्पिटल जान हिँडेकी थिइन्। तर घर फर्किन नसकेपछि परिवार निकै चिन्तित बनेका छन्।

परिवारका अनुसार हालसम्म उनकाे कुनै अत्ता-पत्ता लागेको छैन। जाे कसैले देखे वा जानकारी भएकाे खण्डमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्पर्कका लागि:
📞 राजु बिक – 9707743259
📞 विकास शाह – 9766446261

रुकुम पश्चिमकी २५ वर्षीया जाेगमाया बिक सम्पर्क विहिनरुकुम पश्चिम — रुकुम पश्चिमकी २५ वर्षीया जाेगमाया बिक असाेज २४ गते “...
11/10/2025

रुकुम पश्चिमकी २५ वर्षीया जाेगमाया बिक सम्पर्क विहिन

रुकुम पश्चिम — रुकुम पश्चिमकी २५ वर्षीया जाेगमाया बिक असाेज २४ गते “हस्पिटल जान्छु” भनी घरबाट निस्केकी थिइन्। त्यस यता उनी परिवारकाे सम्पर्कमा छैनन्।

जाेगमायाले ३ वर्षकी र डेढ वर्षकी दुई साना छाेरीहरू छाडेर घरबाट हस्पिटल जान हिँडेकी थिइन्। तर घर फर्किन नसकेपछि परिवार निकै चिन्तित बनेका छन्।

परिवारका अनुसार हालसम्म उनकाे कुनै अत्ता-पत्ता लागेको छैन। जाे कसैले देखे वा जानकारी भएकाे खण्डमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्पर्कका लागि:
📞 राजु बिक – 9707743259
📞 विकास शाह – 9766446261

10/10/2025

अमेरिका बाट Ganga koirala सरको फेरि दिनदुखिलाई सहयोग #

Adresse

Urlabari Morang
Democratic Republic Of The
56604

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Samjhana Rai- सम्झना राई publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager