Sajan's Page

04/06/2025
04/06/2025

आजको दिन

बिहानै खेर आजको दिनलाई
दर्के झरीले स्वागत गरेको छ,
किनकि अब बिस्तारै बिस्तारै
मध्य बर्खा सुरु भइसकेको छ।
जङ्गली जनावर, चराचुरुङ्गी
बिहानै आजको दिन भिजेको छ,
ताजा भएर यता उता जङ्गलमा
घुम्न निस्किसकेको छ।
बिहानैदेखि आजको दिन
झरीले यो के भन्दैछ,
यो झरीले हामी सबैलाई
बिहानै सोचमा पारिदिएको छ।
आजको दिन भन्नै पर्दा
काम कुरो मेरो धेरै नै छ,
कति कुरा चाहिँ यो झरीले
विश्राम गरिदिएकै जस्तो छ।
हुन त हामी यो सारा जगतलाई
पानी झरीको अवश्यक नै हुन्छ,
तर यसरी दिनमा नआएर
रातमा आइदिए अति उत्तम हुन्थ्यो।
जस्तै भएनी आजको दिन
हाम्रो सुरु भइसकेको छ,
यसैले हामी हाम्रो काम राम्रो सँग
अघि बढाउँदै लैजानुपर्छ।
घरि घरि त यो झरी साँच्चै
गतिलो पाराले आउँदैछ,
दिनभरि यस्तै भयो भने
हाम्रो कति काम अड्किनेवाला छ।
सधैंभरि कहाँ रहन्छ र
मौसम हाम्रो एकैना संसारमा
यसैले होला आजको दिन चाहिँ
झरीले स्वागत गरिदिएको छ।
जस्तै भएनी आजको दिन हाम्रो
सुरुवात भई सकिसकेको छ,
आफ्नो आफ्नो दिनचर्यालाई
निभाउँदै अब अघि बढ्नुपर्छ।

जुनै पनि कुराको सुरुवात भइसकेपछि अन्त अवश्य नै हुनेछ।

PM Poshan Facilities......
03/06/2025

PM Poshan Facilities......

Organic farming at Kitchen Garden.
03/06/2025

Organic farming at Kitchen Garden.

03/06/2025

कठिन समयमा

हामीले हाम्रो हौसलालाई
कहिले कमी हुनदिनु हुँदैन,
जस्तै कठिन समयमा पनि
अघि बढिनै रहनुपर्छ।
आफूले आफ्नो भएभरको
शक्ति लगाउनुपर्ने हुन्छ,
कठिन समयमा हाम्रो साँच्चै
परीक्षा अप्ठ्यारो चल्नेगर्छ।
कठिन समयमा नै हो हाम्रो
सामर्थको उजागर हुने,
यसैले कठिन समयलाई
अवसर सम्झेर स्वीकार्नुपर्छ।
कठिन समयमा हामीसँग
साथमा कोही नहुन सक्छ,
तर आफू भने हौसला नहारी
आफूलाई अघि बढाइरहनुपर्छ।
कठिन समयमा पाएको ज्ञानै
यो संसारको सत्य ज्ञान हो,
यसरी ज्ञानी मान्छे बन्नलाई
हामी पछि कहिल्यै नहटौँ।
हुन त हामी कठिन समयमा
आफूलाई कमजोर सम्झनेछौँ,
तर सत्य चाहिँ यो हुन्छ कि
आफ्नो सामर्थको परिचय हुन्छ।
कठिन समयमा आफ्नो पराय
छर्लङ्गेसँग चिन्न सकिन्छ,
अनि हामीलाई अघि बढ्ने
बाटो स्पष्ट भएर जानेछ।
सामर्थ्यवान भएर जिन्दगीमा
कठिन समयमा संघर्ष गरौँ,
अवश्य नै फेरि हाम्रो जीवनमा
सुखको दिनहरू फर्केर आउनेछ।
यसैले कठिन समयमा हामी
धैर्य धारण गर्नुपर्ने हुन्छ,
अवसर पाउन साथ फेरि हामी
अघि बढेर जानुपर्छ।

कठिन समयमा हाम्रो जीवनको मुख्य परीक्षा चल्नेछ। यसैले हामी आफूले आफुलाई सामर्थवान बनाउने प्रयास गरौं।

02/06/2025

Old nepali song of Late Tara Devi, A small tribute to her 💐🌹👏....

DG Class...
02/06/2025

DG Class...

02/06/2025

आराम

हामीलाई थाकेर सुत्दाखेरि
आरामको निद्रा मज्जाले आउँछ,
यसैले बेलुकि सुत्दाखेरि
कामले थाकेको हुनुपर्छ।
थाकेर बसेको मान्छेलाई
आराम जिउमा चाहिने हुन्छ,
यसैले समयसमयमा हामी
थकाई मेटाउने काम गर्नुपर्छ।
कामै मात्रै गरिरहेमा
हामीलाई धेरै भार पर्नेछ,
यसैले थकाई मेटाउनलाई हामी
आराम पनि गर्नैपर्छ।
थाकेको बेला आराम गर्दा
हामीलाई शान्ति मिल्नेछ,
अनि फेरि जिउमा सक्दो
नयाँ ऊर्जाले भरिदिनेछ।
जिउलाई आराम छैन भने
धेरै थकान महसुस हुन्छ,
यसो हुँदा मन लगाएर
आफ्नो काम गर्न सकिँदैन।
ढाकेको मनलाई पनि हामीले
आराम दिनुपर्ने हुन्छ,
अनि मात्र हाम्रो दिमागले
सही काम गर्नुसक्छ।
आरामै मात्र गरेर फेरि
समय बर्बाद गर्नु हुँदैन,
समयदेखि साथ छोडेमा
जीवनमा प्रगति गर्न सकिँदैन।
जीवनमा हामी सन्तुलन बनाएर
अघि बढ्दै जानुपर्छ,
थाकेको बेला आराम गरेर
आफूलाई मजबुत बनाउनुपर्छ।
मेसिनलाई पनि तातिएपछि
केही आराम चाहिने हुन्छ,
यसैले हामी मान्छेलाई पनि
थकाई मेटाउन आराम चाहिन्छ।

थाकेको बेला आराम गर्नु नै फेरि नयाँ ऊर्जा आफूमा भर्नु हो।

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Sajan's Page publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Sajan's Page:

Partager