हिमाल सम्वाद

हिमाल सम्वाद सूचना/समाचार सामाग्रीहरूको पेज ।

19/01/2025

साम्देन लामा निर्विरोध चयन

टिस्टा भेल्ली 19 जनवरी;
साम्देन लामा, ( परिचित नाम सञ्जय लामा ),Indian Gorkha Janashakti Front (IGJF ) R/R Block Co - Ordination Committee को Chief Co - Ordinator ( मुख्य संयोजक ) निर्विरोध चयन भएका छन् । 18 जनवरीको दिन टिस्टा भेल्ली चियाबारीमा अवस्थित एउटा सामुदायिक भवनमा, R/R Block अन्तर्गत पर्ने 11 वटै ग्राम पञ्चायतबाट पार्टी सदस्यहरूलाई लिएर आयोजित सभाले साम्देन लामालाई मुख्य संयोजक चनय गरेको छ । यस अवसरमा पार्टीको पूर्णाङ्ग R/R Block lable Co-Ordination समितिको पनि गठन गरियो ।
सभामा अन्य बाहेक CWC का सदस्यहरू एनबी खवास, जितेन राई- सभासद, पूरण तामाङ, कपिल सुब्बा- सभासद, सन्नी बोम्जन - सभासद, किरण सुब्बा अनि लक्ष्मी राई विशेषरुपमा उपस्थित थिए ।

इण्डियन गोर्खा जनशक्ति फ्रन्ट               (IGJF)      जातीय र क्षेत्रीय एकीकरणको निम्ति                      नयाँ दिशा...
17/01/2025

इण्डियन गोर्खा जनशक्ति फ्रन्ट
(IGJF)

जातीय र क्षेत्रीय एकीकरणको निम्ति
नयाँ दिशा

सबै भारतीय र भारतीय गोर्खाहरूले
मात्र होइन विगतमा विश्वले नै दार्जिलिङ पहाडलाई हेर्ने दृष्टिकोणमा, दार्जिलिङको गरिमा र गौरवमय इतिहास अपरम्पार मानिन्थ्यो। अहिले आएर यो दार्जिलिङ पहाडको गरिमा तथा गौरव छताछुल्ल र लथालिङ्ग अवस्थामा पुनेको यथार्थ सबैको सामु स्पष्ट छ । एक मुष्ठमा भन्नुपर्दा जातिको राजनैतिक धरातल खस्कन्दै गइरहेको
छ ।
यो भीर - पहरा, खोला - नाला, कन्दरा हाम्रो भन्दै धेरै चोटि हामी गोर्खा जातिको छात्तीमा सधैं दन्किरहने छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलन गर्यौं, हजारौं युवा - युवतीहरूले आफ्नो प्राणको आहुति दिएर शहिद बनें तर हामीले हाम्रो जाति, माटोको निम्ति कुनै सम्वैधानिक व्यवस्था धरी हासि गर्न सकेनौं , फलस्वरुप अझ हाम्रो जाति,भूमि,भाषा, संस्कृति,परम्परामाथि अतिक्रमण भइरहेको सर्व विदित नै छ ।
दार्जिलिङ पहाडमा नयाँ सूर्यको उदय भइरहेछ ।त्यसर्थ लथालिङ्ग भएको हाम्रो भूमि, भाषा, परम्परा,संस्कृति र कुलधर्मलाई सुरक्षित गर्न प्रभावकारी एवं दुरदर्शी व्यक्तित्वहरूलाई एकत्रित गर्दै नयाँ परिवर्तनको आह्वान
गर्दछौं ।
जातीय र क्षेत्रीय एकिकरणको निम्ति नयाँ दिशाको प्रमुख उद्देश्यहरू :-
१) भारतका विभिन्न राज्यहरूमा छरिएर बसोबास गर्दै आएका गोर्खाहरूको राष्ट्रिय चिन्हारी, सुरक्षा र संरक्षणको लागि भारतीय सम्विधान अन्तर्गत ऐतिहासिक पृष्ठभूमि बोकेको दार्जिलिङ, कालेबुङ,तराई अनि डुर्वसका भू - भागहरूलाई मिलाएर राष्ट्रिय हितमा छुट्टै गोर्खाल्याण्ड राज्यको
गठन ।
२) गोर्खा जाति एउटा फरक र चालचलन र चरित्र भएको प्रकृति पुजक र आ - आफ्नो कुलधर्म पालन गर्ने अरू भारतीय जाति भन्दा अविकसित जाति भएको हुनाले यो जाति भित्रको छुटेको जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउने ।
३) दार्जिलिङ, कालेबुङ, डुवर्स अनि तराई क्षेत्रका चिया बगान अनि सिन्कोना बगानमा श्रमिकहरूको निम्ति न्युनतम पारिश्रमिक ऐन् (Minimum wages act. ) लागु गराउने।
४) दार्जिलिङ, कालेबुङ तराई अनि डुवर्स क्षेत्रमा भूमि तथा भूमि सुधारको ( Land & land reforms) विशेष ऐन् ( Special provision [ Law ] ) ल्याएर त्यहाँको खाँटी रैथाने मुलबासी गोर्खा, आदिवासी र अन्य मुलवासीलाई आ- आफ्नो जमिनमा प्राकृत ( Natural ) अधिकार प्रदान गर्ने ।
५) सीमाङ्कण ( Delimitation) -
निकट भविष्यमा हुने Delimitation Commission ,(सीमाङ्कण आयोग ) - मा जनसङ्ख्यालाई आधार नबनाएर उत्तर- पूर्वी राज्य ( North Eastern States ) - मा जस्तो दार्जिलिङ, कालेबुङ, तराई अनि डुवर्स क्षेत्रलाई समेटेर सीमाङ्कण गराउने दावी गर्ने ।

क्षेत्रीय एकीकरण अमर रहोस् !
जातीय एकीकरण अमर रहोस् !
गोर्खा एकता अमर रहोस् !
जय गोर्खा ! जय गोर्खाल्याण्ड!!

चियाबारी सुरक्षा समिति, केन्द्रीय समितिका पदाधिकारीहरू लगायत तृणमूल अनि अन्य दल त्यागी IGJF मा सामेल Indian Gorkha Jansa...
12/01/2025

चियाबारी सुरक्षा समिति, केन्द्रीय समितिका पदाधिकारीहरू लगायत तृणमूल अनि अन्य दल त्यागी IGJF मा सामेल

Indian Gorkha Jansakti Front (IGJF) लाई मन पराएर यस दललाई समर्थन गर्ने मानिसहरूको आज ताँती लागिरहेको छ । बिस्तारै दिन बित्दै जाँदैछ अनि यस पार्टीलाई माया गरी अजय एडर्वडको हात दह्रिलो बनाउन मानिसहरू आतुर छन् । आफ्नो " हाम्रो पार्टी !" नामक राजनैतिक दललाई गोर्खा जातिको सर्वाङ्गीण हितमा/ पक्षमा काम गर्न सर्वभारतीय स्तरमा यो जातिलाई समेट्ने Indian Gorkha Jansakti Front-को नामकरण गरी दार्जिलिङ पहाडमा उदाएको राजनीतिक दलमाथि आज फेरी एकपल्ट पहाडका मानिसहरूले बलियो आशा र भरोसा गरेर समर्थन गरिरहेको छ , अजय एडवार्डलाई साथ दिइरहेको छ । नाम अनुसारकै यो दलले दिनोदिन अपार जन समर्थन पाउँदै गइरहेको छ ।
अजय एडवर्डले आरम्भदेखि नै अन्य बाहेर पहाडमा अवस्थित चियाबारी अनि चिया श्रमिक/ कर्मचारीहरूमाथि
भइरहेको अन्याय/ अत्याचार/ दमन/शोषण आदिको विरुद्धमा विद्रोहको आवाज बुलन्द बनाउँदै आइरहेको सर्वविधित छ । यसैले आज चियाबारीका बासिन्दाहरूले तिनमाथि पूर्ण आस्था राख्दै साथ दिइरहेको छ । यसै क्रममा IGJF तकदाह - टिस्टा भेल्ली समष्टिका प्रतिनिधि तथा हाम्रो पार्टीका पूर्व अध्यक्ष साम्देन लामाको नेतृत्वमा 11 जनवरी 2025 को दिन चियाबारी सुरक्षा समिति, केन्द्रीय प्रवक्ता प्रमोद क्षेत्री,संयुक्त सचिव राज तामाङ लगायत बुद्ध सुब्बा, बुद्ध मङ्गर,सचिन तामाङ अनि सुभेन्द्र कटुवालले IGJF - का केन्द्रीय संयोजक अजय एडवर्डको बाहुलीबाट पार्टीको भण्डा ग्रहण गरे । टिस्टा भेल्ली चियाबारी, भोटे गाउँस्थित सामुदायिक भवनमा आयोजित एउटा साधारण कार्यक्रममा अन्य दलहरू त्यागेर आएका धेरै मानिसहरू पनि IGJF मा सामेल भए तथा अजय एडवर्डको बाहुलीबाट झण्डा ग्रहण गरे ।
अजय एडवर्डको टिस्टा भेल्ली चियाबारीको छोटो भ्रमणावधिमा रामपुरिया फाटकमा नेहाल राई, सन्जीब राई, बीबी राई, एके राई, असित राई, धीरेन राई, स्यामसन राई, दिवस धले, हरि धले, सन्जिब धले, उषा राई, सोनिया राई, सन्ध्या धले, निषा धले, साई धले, मन्जु धले, छिरिङ शेर्पा, अन्जना क्षेत्री, रेखा राई, एन्जल राई , लगायत अन्ययले अजय एडवर्डको बाहुलीबाट IGJF को झण्डा ग्रहण गरे । यसरी नै रङ्गली बजारमा सत्तारूढ दल तृणमूल त्यागी सागर तामाङ, प्रशान्त तामाङ, सुरज प्रधान, विकास तामाङ, किरण क्षेत्री, भिक्टर तामाङ, मनिषा क्षेत्री, लिला सुब्बा, नितु तामाङ, उर्मिला राई आदिले IGJF का केन्द्रीय संयोजक अजय एडवर्डको बाहुलीबाट झण्डा ग्रहण गरे ।
IGJF ले छोटो समयमानै अपार जन समर्थन पाउनु दार्जिलिङ पहाडको निम्ति शुभ सङ्केत हो भनी जानिफकारहरूको भनाई छ ।

दार्जीलिङ,28 नोभेम्बर। Lifting krira Sangstha of Bengal द्धारा आयोजित आगामी 20 देखि 23 दिसम्बर 20024 National Men and Wo...
28/11/2024

दार्जीलिङ,28 नोभेम्बर।
Lifting krira Sangstha of Bengal द्धारा आयोजित आगामी 20 देखि 23 दिसम्बर 20024 National Men and Women Unequipped Sub Junior, Junior , Senior and Master Power Lifting Bench Press & Deadlift Championship 2024 For World Selection प्रतियोगितामा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युलाई निमन्त्रणा ।

विगत 2010 गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको आर्थिक सहयोगमा राष्ट्रिय स्तरको Power Lifting प्रतियोगितामा भाग लिई स्वर्न पदक आफ्नो हात पारेर लगतै पछि फेरि 2014 अन्तर्राष्ट्रिय स्तरमा भारत देशलाई प्रतिनिधित्व गर्दै United State of America को Las vegas मा सम्पन्न Common wealth Game को Power Lifting प्रतियोगि छनौट हुँदा सम्म पनि बिमल गुरुङले सहयोग पुराएका Common wealth Game 2014 Gold Medalist Mr Ashok Chakraborty साथै उहाँको टोली आज सिंहमारी स्थित गोजमुमो केन्द्रिय पार्टी कार्यालयमा ।
उक्त टोलीमा अन्तर्राष्ट्रिय स्तरका स्वर्ण पदक बिजेता अशोक चक्रवर्ती संगै राष्ट्रिय स्तर Power Lifting का तीन तीन पटक स्वर्ण पदक बिजेता सुकमय दास रोय , Master Group Power Lifting in 60 plus category मा प्रथम स्थान ओगटन् सफल बनेका कुन्दन लाल भगत उपस्थित थिए।

समाचार स्रोत: गोजमुमो, मिडिया सेल

28/11/2024

😆😁😄

28/11/2024

Adresse

Teesta Valley Tea Garden, Bazar Line
Democratic Republic Of The
734226

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque हिमाल सम्वाद publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager