Fresh News & Entertainment

Fresh News & Entertainment देश बिदेश का ताजा खबर को लागि लाइक फलो गर्नु होला🙏🙏

28/01/2025

२८६१ औं सोनाम ल्होछार महोत्सव भव्य सांस्कृतिक कार्यक्रमसहित आयोजना हुँदै

मोरङ, उर्लाबारी–९, दुर्गापुरीमा २८६१ औं सोनाम ल्होछार महोत्सव आयोजना हुने भएको छ। नेपाल तामाङ घेदुङ, उर्लाबारी–८ र ९ द्वारा आयोजित यो महोत्सव माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

यस महोत्सवमा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा गायक डम्बर नेपाली, योगेश मगर एण्ड द सनबर्स्ट ब्यान्ड, द अन्तरा ब्यान्ड, तारा थेवे लिम्बू, छेसाङ तामाङ, Grex & The Ecstasy Band, The Miracle Band, तथा Old Skool Dance Studio को प्रस्तुति हुने बताइएको छ। तामाङ सांस्कृतिक झल्को दिने तामाङ सांस्कृतिक नृत्य पनि कार्यक्रमको आकर्षणको केन्द्र हुनेछ।

महोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित विविध गतिविधिमार्फत भव्य र आकर्षक बनाउन आयोजकले तयारी तीव्र पारेका छन्।

स्थान: उर्लाबारी–९, दुर्गापुरी, मोरङ मिति: माघ १७–२१

आयोजक: नेपाल तामाङ घेदुङ, उर्लाबारी–८ र ९

यो महोत्सवले तामाङ समुदायको संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास गरिएको छ। महोत्सवलाई सफल बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आर्थिक तथा नैतिक सहयोग गरिसकेका छन्।

उर्लाबारी-८, आम्बारी बजारका सुशील कुमार दासको बाख्राले पाँच बच्चा जन्माएपछि गाउँमा हर्षको लहर फैलिएको छ। तीन बोका र दुई ...
18/01/2025

उर्लाबारी-८, आम्बारी बजारका सुशील कुमार दासको बाख्राले पाँच बच्चा जन्माएपछि गाउँमा हर्षको लहर फैलिएको छ। तीन बोका र दुई पाठीको एकैपटक जन्मले गाउँलेलाई अचम्मित बनाएको छ। यो दुर्लभ घटना स्थानीय समुदायमा बाख्राको स्वास्थ्य र पालनपोषण प्रति चासो बढाउने विषय बनेको छ।

उर्लाबारी नगरपालिकाले दिपिका लिम्बुको उपचारमा पहलउर्लाबारी / उर्लाबारी-९ की दिपिका लिम्बूको मुटु समस्याका कारण जीवन-मरणक...
23/10/2024

उर्लाबारी नगरपालिकाले दिपिका लिम्बुको उपचारमा पहल

उर्लाबारी / उर्लाबारी-९ की दिपिका लिम्बूको मुटु समस्याका कारण जीवन-मरणको दोसाँधमा रहँदा उनको उपचारका लागि उर्लाबारी नगरपालिकाले पहल गरेको छ। नगरपालिकाको सहयोगमा विराटनगरमा मुटुरोग विशेषज्ञसँग उनको स्वास्थ्य जाँच गराई घर फर्काइएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलका अनुसार दिपिकाको स्वास्थ्यमा पहिले भन्दा सुधार आएको छ र तिहारपछि मुटुको शल्यक्रिया गराउन काठमाडौं पठाउने तयारी भइरहेको नगर उपप्रमुखको सचिवालयले जनाएको छ।
विपन्न परिवारकी दिपिका लिम्बूको स्वास्थ्य अवस्था बुझ्न मंगलबार नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, पूर्व नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी र वडाध्यक्ष नरबहादुर मोक्तान,सानो अभियानकर्मी बिजय आङबुहाङ (सुब्बा) उनको घर पुगेका थिए। उनीहरूले दुई थान सिरक र डसना प्रदान गरेका छन्।
उपप्रमुख पौडेलका अनुसार नगरपालिकाले दिपिका लिम्बूको परिवारलाई पानीका लागि कल पनि गाडिदिएको छ। मुटुको शल्यक्रियाका लागि लाखौं रुपैयाँ खर्च लाग्ने भएकाले सहयोगका लागि सबैलाई आग्रह गरिएको छ।

उर्लाबारी ६ को पुरानो हाटखोला tiktok Zone बन्दै !!
22/10/2024

उर्लाबारी ६ को पुरानो हाटखोला tiktok Zone बन्दै !!

सुभ बिहानी🌅 तपाईंको दिन शुभ रहोस् !❤️🙏
22/10/2024

सुभ बिहानी🌅
तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज विश्वकर्मा पूजाकाठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधन...
17/09/2024

आज विश्वकर्मा पूजा

काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् ।

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगेर सेलाइन्छ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

नुतन राईलाई उर्लाबारी उद्योग बाणिज्य संघको महासचिवमा जिताउनुहोस्। उहाँ सबैको मान्छे हुनुहुन्छ र संघको समृद्धि र विकासमा ...
13/08/2024

नुतन राईलाई उर्लाबारी उद्योग बाणिज्य संघको महासचिवमा जिताउनुहोस्। उहाँ सबैको मान्छे हुनुहुन्छ र संघको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ। दलका उम्मेदवारलाई विशिष्टता हुन्छ भने, स्वतन्त्र उम्मेदवारको नेतृत्वमा सबैलाई समान अवसर र सुविधाको प्राप्ति हुने अपेक्षा गर्न सकिन्छ। यसैले, सबैलाई लाभ पुग्ने र संघको समग्र उन्नति सुनिश्चित गर्न नुतन राईलाई समर्थन गर्न आग्रह छ। उहाँको प्रयास र प्रतिबद्धताले उर्लाबारी उवा संघलाई नयाँ उचाईमा पुर्याउनेछ।

उर्लाबारी नगरको बजेट ८ करोड ३१ लाखले घट्यो मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ र ०८२ का लागि १ अर्ब ५ करो...
20/06/2024

उर्लाबारी नगरको बजेट ८ करोड ३१ लाखले घट्यो
मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ र ०८२ का लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मिनाकुमारी खतिवडाले बजेट प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको हो । उपप्रमुख खतिवडाले प्रस्तावित गर्नु भएको बजेट आर्थिक वर्ष ०८० र ०८१ को भन्दा ८ करोड ३१ लाख ८१ हजार ५०२ रुपियाँले कमी हो ।

आव २०८० र ०८१ मा प्रस्ताव गरिएभन्दा ८ करोड ७७ लाख १६ हजार ४७ रुपियाँ मात्र वास्तविक आय गरेको नगरपालिकाले चालु खर्च तर्फ ५६ करोड ८३ लाख ८१ हजार ७१९ रुपियाँ विनियोजन भएकोमा ६३.६८ प्रतिशत अर्थात् ३६ करोड १९ लाख ८१ हजार ५०९ रुपियाँ खर्च गरेको छ । यस्तै पुँजीगत खर्च तर्फ ५६ करोड ६४ लाख ४३ हजार २८३ रुपियाँ विनियोजन भएकोमा ५९.०५ प्रतिशत अर्थात् ३३ करोड ७० लाख ५९ हजार ५१५ रुपियाँ खर्च गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ मा २१ करोड ६९ लाख ४४ हजार ११४ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।

चालु आवका लागि नगरले सङ्घीय सरकार वित्तीय समानीकरणबाट १६ करोड २१ लाख,सङ्घीय सरकार विशेष अनुदान ३ करोड, सङ्घीय सरकार सशर्त अनुदान ४५ करोड ८४ लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ५० लाख, सङ्घीय सरकार वन रोयल्टी ३७ लाख, विज्ञापन करबाट ३ लाख ५० हजार प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड १३ लाख १८ हजार ,प्रदेश सरकार समपूरक अनुदान १ करोड ५० लाख ,प्रदेश सरकार सवारीसाधन करबाट प्राप्त हुने ९७ लाख ७५ हजार, प्रदेश सरकार शसर्त अनुदान ५८ लाख २ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, मूल्य अभिवृद्धि करबाट प्राप्त हुने १० करोड ,जनसहभागिता बाट १ करोड ९० लाख र आन्तरिक आम्दानी तर्फ ९ करोड ९१ लाख ८७ हजार गरी कुल १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।

खर्चतर्फ प्रशासनिक खर्च १४ करोड ९१ लाख ६० हजार ,नगर गौरवको आयोजनाका लागि १ करोड,समपूरक कोषका लागि २ करोड,भवन निर्माण १ करोड,विपत् व्यवस्थापन १ करोड २५ लाख ,नगरपालिका विशेष क्षेत्रगत योजना तथा कार्यक्रम २७ करोड ४७ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ ।नगरले चालु खर्च ४२ करोड ८१ लाख १० हजार अर्थात् बजेटको ४०।७१ प्रतिशत र पुँजीगत तर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपियाँ अर्थात् ५९।२९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

नगरले हरेक विद्यालयमा मनोपरामर्शदाता नियुक्ति गर्ने,किसानलाई अनुदानको व्यवस्था गर्ने,वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई विशेष कार्यक्रम ,गर्भवती महिलाको घर घरमा पुगेर स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम ल्याएको छ ।

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी ले दुबइ(UAE) पुगेर ईन्गेजमेन्ट गरेका हुन ।यो जोडीलाई शुभकामना
19/06/2024

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी ले दुबइ(UAE) पुगेर ईन्गेजमेन्ट गरेका हुन ।
यो जोडीलाई शुभकामना

Adresse

Democratic Republic Of The

Téléphone

+9779869009373

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Fresh News & Entertainment publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Fresh News & Entertainment:

Partager