Green Sikkim

Itinéraire

Green Sikkim Welcome to Green Sikkim News Channel, your trusted source for unbiased coverage of Sikkim, India, and global news.

We deliver updates on politics, current affairs, and environmental issues.Thank you for choosing Green Sikkim News Channel.

राष्ट्रिय बाँस मिसनअन्तर्गत पश्चिम सिक्किमका विभिन्न बाँस प्रशिक्षण केन्द्रहरूको स्थलगत निरीक्षणगेजिङ, २८ जुलाई २०२६।राष...
28/07/2026

राष्ट्रिय बाँस मिसनअन्तर्गत पश्चिम सिक्किमका विभिन्न बाँस प्रशिक्षण केन्द्रहरूको स्थलगत निरीक्षण
गेजिङ, २८ जुलाई २०२६।
राष्ट्रिय बाँस मिसन (National Bamboo Mission) अन्तर्गत सञ्चालन भइरहेका विभिन्न योजनाहरूको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्ने उद्देश्यले उद्यान तथा नगदेबाली विभागका सचिव श्री टी. टी. भोटियाको नेतृत्वमा पश्चिम सिक्किमको गेजिङ–बर्मिक क्षेत्रका विभिन्न बाँस प्रशिक्षण केन्द्रहरूको स्थलगत निरीक्षण सम्पन्न भयो।
उक्त निरीक्षण कार्यक्रममा अतिरिक्त निर्देशक श्री रबिन गुरुङ, अतिरिक्त निर्देशक (उद्यान) श्री कर्मा शेर्पा, उपनिर्देशक (उद्यान) श्री भानु कुमार क्षेत्री, संयुक्त निर्देशक (उद्यान) श्री ताशी भोटिया, ही गाउँ सिस्को बैंकका प्रबन्धक पाल्मु भोटिया, मिल्क युनियनका अध्यक्ष श्री यम कुमार मिश्र, ओएसडी श्री सनबीर लिम्बू, सीएलसीका प्रतिनिधिहरू, पञ्चायत अध्यक्ष तथा पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो।
निरीक्षण टोलीले सर्वप्रथम बर्थाङस्थित श्री नारदमुनि शर्माको निवासमा रहेको बाँस प्रशिक्षण केन्द्रको अवलोकन गर्यो। त्यसपछि बर्थाङकी लाभार्थी श्रीमती देवीमाया शर्मा तथा डेङ्गो नलेज सेन्टरका डा. टिकाप्रसाद शर्माको केन्द्रमा पुगेर बाँस खेती, उत्पादन, तालिम तथा भविष्यका योजनाहरूबारे विस्तृत छलफल गरियो।
यसै क्रममा टोलीले सम्भक १३ माइलस्थित श्रीमती राधादेवी शर्माको निवासमा रहेको बाँस केन्द्रको समेत स्थलगत भ्रमण गर्यो। साथै श्री बिरहाङ लिम्बूद्वारा सञ्चालन गरिएको बाँस प्रशिक्षण केन्द्र तथा बाँसबाट निर्मित अचार र अन्य मूल्य अभिवृद्धि (Value Added) उत्पादनहरूको अवलोकन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्यान विभागका सचिव श्री टी. टी. भोटियाले राष्ट्रिय बाँस मिसनअन्तर्गत उपलब्ध योजनाहरूको अधिकतम सदुपयोग गर्न लाभार्थीहरूलाई आग्रह गर्नुभयो। उहाँले बाँसमा आधारित उद्यमशीलता, मूल्य अभिवृद्धि, सीप विकास तथा दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्न सरकार निरन्तर प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि विभागबाट आवश्यक सहयोग उपलब्ध गराइने विश्वास व्यक्त गर्नुभयो।

Sikkim Krantikari Morcha held a comprehensive coordination meeting at Namchi Town Hall to fine-tune preparations for the...
25/07/2026

Sikkim Krantikari Morcha held a comprehensive coordination meeting at Namchi Town Hall to fine-tune preparations for the upcoming 9th Jan Unmukti Diwas and 2nd Aama Samman Diwas.

The high-level session saw extensive participation across the party structure, bringing together state cabinet ministers,
MLAs,advisors,chairman,spokespersons,alongside key administrative appointees such as OSDs and CLC presidents.The meeting also saw strong turnouts from the party frontal wings, particularly the youth cadre and Nari Shakti representatives, underscoring a joint effort toward community mobilization. Key discussions centered around event logistics, venue setup, and inter-departmental coordination to ensure smooth ex*****on and maximum public engagement for both celebrations.

Hee Patal Gears Up for Grand Constituency-Level Independence Day Celebrations Preparations for the Gyalshing–Bermiok Con...
22/07/2026

Hee Patal Gears Up for Grand Constituency-Level Independence Day Celebrations

Preparations for the Gyalshing–Bermiok Constituency’s Independence Day bash are officially in full swing Today, key leadership—including Milk Union Chairman Shri Yam Kumar Mishra, Fisheries OSD Shri Sanbir Limboo, CLC President Shri Kamal Tamang, local school representatives, and community members—gathered at Hee Patal JHS for a joint meeting and ground inspection ahead of tomorrow’s final coordination meeting.

From forming event committees and organizing cultural performances to setting up team roles and managing ground logistics, every detail was carefully mapped out. The delegation also inspected the school venue firsthand to ensure top-notch arrangements, setting the stage for a smooth, memorable, and spirited celebration for the entire constituency.

10/07/2026

पर्वतारोहणको क्षेत्रमा एउटा गौरवपूर्ण र ऐतिहासिक कीर्तिमान कायम गर्दै मियोङ निवासी साहसी महिला प्रविणा राईले विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्ट (सगरमाथा) को सफलतापूर्वक आरोहण गर्नुभएको छ।
अनेकौं कठिन चुनौती र प्रतिकूल मौसमको सामना गर्दै शिखरमा पाइला टेकेर उहाँ सकुशल आफ्नो गृहगाउँ फर्किएपछि यतिबेला सम्पूर्ण मियोङ क्षेत्रमा खुसीयाली छाएको छ।

आफ्नो माटो र देशको नाम विश्वभरि रोशन गरेर फर्कनुभएकी राईको यस अभूतपूर्व सफलताको कदर गर्दै सम्पूर्ण गाउँलेवासी, अखिल किराँत राई संघ (AKRS) मियोङ, AKRS गेजिङ जिल्ला तथा स्थानीय विभिन्न सामाजिक संघ–संस्थाहरूले संयुक्त रूपमा उहाँको भव्य स्वागत तथा नागरिक अभिनन्दन गरेका छन्।
बर्फोक चन्दाबुङमा आज परम्परागत ‘बेथी’ धान रोपाइँ उत्सवको विशेष समारोहका बीच उहाँलाई खादा, माला र अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको हो।

गेजिङ, १० जुलाई २०२६: गेजिङ जिल्ला अन्तर्गतको बर्फोक चन्दाबुङमा आज परम्परागत ‘बेथी’ धान रोपाइँ उत्सव भव्य रूपमा सम्पन्न ...
10/07/2026

गेजिङ, १० जुलाई २०२६: गेजिङ जिल्ला अन्तर्गतको बर्फोक चन्दाबुङमा आज परम्परागत ‘बेथी’ धान रोपाइँ उत्सव भव्य रूपमा सम्पन्न भएको छ।
ही मर्ताम ब्लक र कृषि विभाग, गेजिङ जिल्ला को संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य क्षेत्रको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नु र सामूहिक खेतीको भावनालाई उजागर गर्नु रहेको थियो। यस विशेष समारोहमा गेजिङ बर्मेक समष्टिका माननीय विधायक श्रीमान लोकनाथ नेपाल मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कृषि र सांस्कृतिक परम्पराको यो उत्सवमा स्थानीय जनसमुदायको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न विभागका अध्यक्षहरू, सल्लाहकारहरू, ओ.एस.डी., जिल्ला पञ्चायत, स्थानीय पञ्चायत र युवा कार्यकारिणी समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै, सी.एल.सी. (CLC) अध्यक्ष, विभिन्न सम्बद्ध विभागका अधिकारीहरू, स्वयम सहायता समूह (SHG) का सदस्यहरू, विद्यार्थीहरू र गेजिङ बर्मेकका आम जनताले धान रोपाइँ कार्यक्रममा उत्साहपूर्वक भाग लिएर यस उत्सवलाई सफल बनाए। गेजिङ–बर्मेक निर्वाचन क्षेत्रमा हरेक वर्ष परम्परागत बेठी धान रोपाइ महोत्सव भव्य रूपमा आयोजना हुँदै आएको छ। यस महोत्सवले कृषिप्रति सम्मान, सामूहिक श्रमको भावना, आपसी एकता तथा हाम्रो मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

10/07/2026

Empowering the next generation to lead the change🌱 The students and faculty of Government Secondary School, Lower Bermiok are stepping up for the Environment Education Programme. Small lifestyle changes, major global impact. 🌍💚

The newly constructed "Samaj Ghar at HECS Berthang" under the Culture Department, Government of Sikkim, was officially i...
09/07/2026

The newly constructed "Samaj Ghar at HECS Berthang" under the Culture Department, Government of Sikkim, was officially inaugurated today, July 9, 2026.

The ceremony was led by Chief Guest Shriman Lok Nath Sharma, Hon’ble Area MLA and Advisor for the PHE&W/R/D, alongside the members of Health and Environmental Conservation Society (HECS)
The event was attended by prominent dignitaries, including Sikkim Milk Union Chairman Shriman Yam Kumar Sharma, OSD Fisheries Sanbir S***a, District Vice President KB Limboo, CLC President Kamal Tamang, and CLC General Secretary KB Chettri. CLC youth executives, Zilla and Gram Panchayat members, and the local public of Berthang gathered to celebrate the milestone.

Operating as a registered body since 1995 (and under the FCRA since 2011), HECS noted that the new facility will serve as a vital community hub for local welfare.

Refurbished Lower Bermiok Secondary School Inaugurated in Gyalshing DistrictGYALSHING, SIKKIM 9July - Residents of Lower...
09/07/2026

Refurbished Lower Bermiok Secondary School Inaugurated in Gyalshing District

GYALSHING, SIKKIM 9July - Residents of Lower Bermiok celebrated a major milestone today with the inauguration of the newly repaired Lower Bermiok Secondary School.

The inauguration ceremony was led by Shri Lok Nath Sharma, Hon’ble Area MLA and Advisor for the Public Health Engineering and Water Resources Department.

Along with Hon’ble chairman sikkim milk union shriman yam kumar sharma,OSD fisharies Sanbir s***a, District vice president KB Limboo,Clc president kamal Tamang,Clc general secretary KB chettri,Clc youth executives,zilla panchayat members ,panchayat members,school students,staffs,AE from social walfare department,social walfare inspector&AD education department hee martam BAC.

The project, which aimed at repairing and improving the infrastructure of the secondary school, was funded by the Ministry of Tribal Affairs (DAJGUA), Government of India, under the Government of Sikkim Social Welfare Department.

The total cost of the project was ₹ 75 Lakhs and it was executed by Shri Gyan Kumar S***a.

Work on the school began on January 14, 2026, and was successfully completed within the scheduled timeframe.
The project aimed to provide students with a modern and conducive learning environment, including upgraded classrooms, libraries, laboratories,washroom both Girls&boys and other essential facilities.

We are delighted to inaugurate the newly renovated Lower Bermiok Secondary School,said Shri Lok Nath Sharma at the inauguration ceremony.

The inauguration was attended by students, teachers, parents, and community members who expressed their excitement and gratitude for the improved facilities.
This is a wonderful moment for our community,said a parent. We are grateful to the government and all those involved in making this project a reality.

This will greatly benefit our children and provide them with the resources they need to succeed.

The newly repaired Lower Bermiok Secondary School is expected to provide better educational opportunities for students and contribute to the overall development of the region.

गेजिङ-बर्मेकमा पञ्चायत विकास योजनासम्बन्धी ग्राम सभा सम्पन्न८ जुलाई २०२६: सिक्किमको गेजिङ जिल्ला अन्तर्गत १३ माइल सामुदा...
08/07/2026

गेजिङ-बर्मेकमा पञ्चायत विकास योजनासम्बन्धी ग्राम सभा सम्पन्न

८ जुलाई २०२६: सिक्किमको गेजिङ जिल्ला अन्तर्गत १३ माइल सामुदायिक भवनमा आज एउटा महत्त्वपूर्ण ग्राम सभा (बैठक) भयो।

यो बैठक आर्थिक वर्ष २०२६-२७ को पञ्चायत विकास योजना बनाउनका लागि आयोजना गरिएको थियो।
बर्मेक बर्थांग पञ्चायत (GPU) ले आयोजना गरेको यस बैठकलाई "सबकी योजना, सबका विकास" भन्ने नाराका साथ चलाइएको थियो।

यस बैठकमा पञ्चायत सदस्यहरू, सिक्किम मिल्क युनियनका अध्यक्ष, र ही मार्तामका खण्ड विकास अधिकारी (BDO) का साथै विभिन्न सरकारी विभागका अधिकारीहरू उपस्थित थिए।

बैठकमा गाउँलेहरूको पनि ठुलो सङ्ख्यामा उपस्थिति थियो।बैठकमा गाउँको विकास गर्ने, बाटोघाटो र संरचना राम्रो बनाउने, स्थानीय आम्दानी बढाउने र गाउँलेका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरियो।

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Green Sikkim publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager