04/09/2025
दुःख पछिको सुख: केहि आशाका साथ ठुलो सपना देखेर गाउँमा नै कुखुरापालन गरिरहेका सिन्धुपाल्चोकका ३५ वर्षीय मदन कुमार थापाले विभिन्न रोगका कारण एकैपटक आफुले पालेको कयौं कुखुराहरु गुमाउँदा ठुलो घाटा बेहोर्नुपर्यो । त्यसपछि परिवारको जीविकोपार्जन चलाउन गाह्रो हुँदै गएपछि कामको खोजीमा २०६६ काठमाडौँ आएका उनले २ वर्ष एउटा मोटरसाईकल वर्कशपमा काम गरे । अनि सोही सिकेको सिपको आफैँले सदुपयोग गर्ने सोचका साथ काठमाडौँको कपनमा वर्कशप खोले । अहिले त्यही वर्कशपबाट विगत १३ वर्षदेखि उनले आफ्नो परिवार चलाउँदै ४ जनाभन्दा धेरैलाई रोजगार समेत प्रदान गरिरहेका छन् । ❤️
Pic & Story. Suresh Timalsina
***n