29/10/2025
कार्तिक १३ गते दिउँसोदेखि १५ गते बिहानसम्म नेपालको २६ जिल्लामा ठुलो वर्षासंगै बाढीको सम्भावना रहेको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, ईलाम, झापा, मोरङ, सुनसरी जिल्लामा बग्ने स-साना खोला/नदीहरूमा आकस्मिक बहाब बढ्ने सम्भावना देखिएको छ ।