10/01/2025
भारतबाट अण्डाको तस्करी: पुनर्वास नगरपालिका वडा नं. ७, ८, ९ मा खुला विक्री, प्रशासन र मेयरको मौनता खलल । पुनर्वास नगरपालिकाको वडा नं. ७, ८ र ९ मा भारतबाट तस्करी गरेर ल्याइएका अण्डाहरू खुलेआम विक्री भइरहेको छ। खाद्य सुरक्षा र स्वास्थ्यका लागि घातक मानिने यस्ता अण्डाहरूको कारोबार स्थानीय प्रशासनको आँखा अगाडि भइरहेको भए पनि कुनै कारबाही भएको छैन। स्थानीय बासिन्दाहरूका अनुसार, यस्ता अण्डाहरू प्रयोग गर्दा गम्भीर रोगहरू उत्पन्न हुने खतरा छ। तथापि, नगरपालिकाका मेयर र प्रशासन चुपचाप बसेका छन्। सबभन्दा चिन्ताजनक कुरा त यो हो कि मेयरले कार्यालय जान र घर फर्किन बारम्बार यस्तै क्षेत्र हुँदै यात्रा गर्ने गर्छन्। तर, स्थानीय पसलहरूमा यी घातक अण्डाहरू देख्दा पनि उनीहरूले कुनै कदम चालिरहेका छैनन्।
प्रशासन र मेयरको भूमिकामाथि प्रश्नचिन्ह
प्रशासन खै ? स्थानीयहरूले तस्करीको सूचना बारम्बार दिएको भए पनि प्रशासनले यस विषयमा कुनै ठोस कदम चालेको छैन।
पत्रकार खै ? यस्तो गम्भीर मुद्दामा पत्रकारहरूको चासो र रिपोर्टिङ पनि कम देखिएको छ।
मेयरको मौनता किन? जनताले आफ्नो नगर प्रमुखबाट यस्ता समस्याहरूको समाधानको अपेक्षा गर्दछन्। तर, स्थानीय जनताले आरोप लगाएका छन् कि तस्करहरूबाट पैसा लिएर मेयर र प्रशासन मौन बसेका छन्।
नेपाली किसानहरूले उत्पादन गरेका अण्डाहरू उचित बजार पाउन नसक्दा खेर गइरहेका छन्। तस्करीका सस्ता अण्डाहरूले नेपाली बजारको मूल्यलाई बिथोलेर स्वदेशी उत्पादनमाथि ठूलो असर पारिरहेको छ।
नेपाली बजारमा खाद्य सुरक्षा कायम राख्न र स्वदेशी उत्पादनलाई प्राथमिकता दिन स्थानीय प्रशासनले कडा कदम चाल्न जरुरी छ। तस्करी रोक्न सीमा क्षेत्रमा कडाइ गर्दै, यसका पछाडि रहेका व्यक्तिहरूलाई कानूनी कारबाही गरिनुपर्छ।
यदि यस्तो अवस्था जारी रह्यो भने नेपाली बजार र उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्नेछ। यो मुद्दा तत्काल सम्बोधन गर्न स्थानीय सञ्चारमाध्यम, प्रशासन र जनप्रतिनिधिहरूको ध्यान जानु आवश्यक छ।
यो विषयमा स्थानीय जनताको चासो र आवाज अझ बुलन्द गर्नेछु MeRo PaliKa KhaBar
तोय प्रसाद शर्मा पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको निजी सचिवालय