Sahara Khabar

Sahara Khabar "Sahara Khabar" is a Nepali full entertainment and informative YouTube, page, and TikTok channel. http://www.darpanpost.com/

Healthy entertainment and social justice are our main aims.

🗓 २०७८/०१/०१ देखि अहिलेसम्म लेखा प्रमुख लोकमणि शर्माको समन्वयमा📰 घोराही उपमहानगरपालिकाको ४५ करोड बढी आम्दानी, ३७ करोड खर...
19/06/2025

🗓 २०७८/०१/०१ देखि अहिलेसम्म लेखा प्रमुख लोकमणि शर्माको समन्वयमा

📰 घोराही उपमहानगरपालिकाको ४५ करोड बढी आम्दानी, ३७ करोड खर्च : आर्थिक कारोवार विवरण सार्वजनिक

✍️ घोराही – जेठ २०७८
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्मको आर्थिक कारोवार विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार उपमहानगरपालिकाले झण्डै ४५ करोड २६ लाख रुपैयाँ आम्दानी गरी ३७ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ।

कारोबार विवरण अनुसार ८ करोड १७ लाख रुपैयाँको रकम बाँकी रहेको छ। कार्यालय प्रमुख, लेखा प्रमुख र सम्बन्धित पदाधिकारीहरूको समन्वयमा आर्थिक कारोवार पारदर्शी र जवाफदेहीरूपमा सञ्चालन गरिएको जनाइएको छ।

🔹 नेतृत्वमा परिवर्तन
कार्यालय प्रमुखको रूपमा भोजराज भिमिरेले २०७९/५/२६ देखि २०८०/६/५ सम्म सेवा दिए। त्यसपछि कृष्ण राम के.सी.ले २०८०/६/१२ देखि हालसम्म कार्यभार सम्हालिरहेका छन्। लेखा प्रमुख लोकमणि शर्मा भने २०७८/१/१ देखि निरन्तर कार्यरत छन्।

🔹 योजनागत खर्चको विवरण यसप्रकार छ:

खर्चको प्रकार रकम (रु.)

प्राथमिकता प्राप्तिकृत योजनामा खर्च १०,८८,२८,२३३
प्राथमिकता नभएका योजनामा खर्च २,३९,४९,२९४
लेखापरिक्षण प्रतिवेदनमा समावेश खर्च ६,७०,७०,००८

🔹 अनियमितता शून्य
प्रतिवेदनअनुसार कुनै योजना "नियन्त्रित नभएको" वा "सोपानमा नरहेको" अवस्थामा रहेको देखिएको छैन। यसले उपमहानगरपालिकाले योजनाहरू व्यवस्थित रूपमा अघि बढाएको पुष्टि गर्छ। या गर्दैन पुरा विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

📰 नक्कली पीडित देखाएर अवैध रूपमा पैसा उठाउने दुई व्यक्तिबाट सावधान रहनुहोस्दाङ, नारायणपुर – हाल दुई अपरिचित व्यक्तिहरूले...
04/06/2025

📰 नक्कली पीडित देखाएर अवैध रूपमा पैसा उठाउने दुई व्यक्तिबाट सावधान रहनुहोस्
दाङ, नारायणपुर – हाल दुई अपरिचित व्यक्तिहरूले बिरामी, गरिब र दुःखी व्यक्तिको नाम लिँदै विभिन्न स्थानमा डुली अवैध रूपमा सहयोगका लागि पैसा संकलन गर्दै आइरहेको पुष्टि भएको छ।
उनीहरू बजार बजार, गाउँ गाउँ घुम्दै मृगौला पीडितको नाम प्रयोग गरी जबरजस्ती सहयोग माग्ने कार्यमा संलग्न रहेका छन्।
यस्ता व्यक्तिहरूले सहयोगको भावनालाई दुरुपयोग गर्दै ठगी धन्दा सञ्चालन गरिरहेका छन्। खासगरी सहानुभूतिको लाभ उठाउँदै मानिसहरूलाई भावनात्मक रूपमा प्रभावित गरी रकम उठाउने कार्य उनीहरूबाट भइरहेको छ।
स्थानीयबासीको दबाबपछि ती व्यक्तिहरू नारायणपुर, घोराही उपमहानगरपालिका–१० बाट "अब यस्तो अवैध काम गर्दिनौं" भन्दै माफी मागी फर्किएका थिए। तर, आशंका गरिएको छ कि उनीहरू फेरि गाउँघरमा फर्कन सक्ने सम्भावना छ

• यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरू देखेमा तुरुन्तै स्थानीय निकाय वा सुरक्षाकर्मीलाई जानकारी दिनुहोस्।
🔴 सावधान रहनुहोस् – तपाईंको सहयोग साँचिकै जरुरतमन्दसम्म पुग्नुपर्छ, ठगहरूको हातमा होइन।

03/05/2025

नेता भनेका दुई मात्रै बाँकी सबै😲यति सानो उमेर, कति गहिरो सोच ८ वर्षे २ नानि रमाइलो कुरामा गम्भीर

काठमाडौं । नेपालका चर्चित इमानदार राष्ट्रसेवक तथा वर्तमान नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान ...
26/04/2025

काठमाडौं । नेपालका चर्चित इमानदार राष्ट्रसेवक तथा वर्तमान नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसँग गायिका सुस्मिता स्याङतान र उनको टिमबीच विशेष भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार घिसिङकै विशेष निमन्त्रणामा स्याङतान र उनको टिम घिसिङको निवासमा पुगेका थिए।

गायिका स्याङतानले केही समयअघि कुलमान घिसिङप्रति श्रद्धा व्यक्त गर्दै आफ्नै युट्युब च्यानलमार्फत 'कुलमानलाई फालेर' शीर्षकको देशभक्तिपूर्ण गीत सार्वजनिक गरेकी थिइन्। उक्त गीत छोटो समयमा युट्युब तथा सामाजिक सञ्जालमा व्यापक चर्चित बनेको छ । भेटका क्रममा कुलमान घिसिङले गीतप्रति गहिरो सराहना गर्दै स्याङतानलाई धन्यवाद दिएका थिए। उनले भने, "देशको सकारात्मक सोच र सेवामा आधारित यस्ता सिर्जनाले अझै म जस्ता राष्ट्रसेवकलाई ऊर्जा र प्रेरणा दिन्छ।" साथै, उनले स्याङतानलाई भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न शुभकामना पनि व्यक्त गरे।

त्यस अवसरमा गायिका स्याङतानले प्रत्यक्ष रूपमा 'कुलमानलाई फालेर' गीत घिसिङलाई सुनाएकी थिइन्। गीत प्रस्तुतिमा घिसिङ भावुक बनेका थिए। स्याङतानले भेटमा भावुक हुँदै भनिन्, "उहाँबाट यति सकारात्मक प्रतिक्रिया र शुभकामना पाउनु मेरो जीवनकै सबैभन्दा गौरवपूर्ण क्षण हो। म उहाँजस्तै इमानदार राष्ट्रसेवकहरूलाई देशको नेतृत्वमा देख्न चाहन्छु।"

त्यसै क्रममा स्याङतानले आफूलाई गीत सिर्जनाको प्रेरणा कसरी मिल्यो भन्ने विषयमा समेत प्रसंग सुनाइन्। उनले भनिन्, "जब मैले उहाँको बर्खास्तीको दिन मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित चेपाङ बस्तीमा ७० वर्षीया तुलकुमारी चेपाङको घरमा विद्युत् मिटर 'अन' गर्दै बत्ती बालाएको फोटो देखें, म अत्यन्तै भावुक भइकन रोए। त्यसपछि नै उहाँको सम्मानमा एउटा गीत बनाउने दृढ निश्चय गरेको थिएँ।" त्यहि प्रसंग सुनाउदा स्यन्ग्तान निकै भावुक बनिन। भेटमा पुगेका गयिकासहित आठैजनाले आशु थाम्न सकेनन ।

उक्त भेटमा गायिका सुस्मिता स्याङतानसँगै 'लेडी र्यापर' का रुपमा उदाउँदै गरेकी मन्जली तामाङ, उज्यालो नेटवर्कका मल्टिमिडिया प्रमुख इशारा लामा, समाचार प्रमुख विवेक लोप्चन, सिर्जना तामाङ, गायक मंगले तामाङ, गायिका मिना तामाङ, एरेन्जर एवं गायक कुनसाङ दोर्जे लोप्चन पनि सहभागी थिए। भेटको क्रममा घिसिङले आफ्नो निःस्वार्थ सेवाका संघर्षपूर्ण यात्राका केही अविस्मरणीय क्षणहरू पनि सबैसँग साझा गरेका थिए, जसले उपस्थित सम्पूर्ण टोलिलाई निकै प्रेरित बनाएको थियो।

गायिका स्याङतानको 'कुलमानलाई फालेर' गीतमार्फत उनले केवल कुलमान घिसिङजस्ता कर्मशील र इमानदार व्यक्तिहरूप्रति सम्मान मात्र व्यक्त गरेकी छैनन्, वर्तमान नेपालको नेतृत्वप्रति आम नागरिकले राखेको अपेक्षा र आक्रोशलाई समेत कलात्मक ढङ्गमा अभिव्यक्त गरेकी छन्।

गीतमा सशक्त आवाज दिएकी स्याङतानलाई शब्द, संगीत र सिर्जना विवेक लोप्चनले उपलब्ध गराएका हुन् भने संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन्। सहयोगी स्वरमा अर्जुन न्यौपानेले साथ दिएका छन्। भिडिओ निर्देशन र छायांकन विशाल सापकोटाले गरेका छन् भने सम्पादन तथा रंग संयोजन त्रिलोक लामाले गरेका छन्, जसले गीतको दृश्य पक्षलाई अझ प्रभावशाली बनाएको छ। गीतले छोटो समयमा नै उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ र देशप्रेम तथा इमानदारीको सन्देश बोकेको यो सिर्जना सँगै गायिका सुस्मिता स्याङतानको सांगीतिक यात्रा अझै उचाइमा पुगेको देखिन्छ।

घोराई तुल्सीपुर सडक को बुधौरा चोकमा बाइक दुर्घटना
16/04/2025

घोराई तुल्सीपुर सडक को बुधौरा चोकमा बाइक दुर्घटना

13/04/2025
09/04/2025

स्वदेश विदेशका नेपालीले साथ दिए, नारायण केसीको पुनर्जन्ममा बुवाआमाको आँसु नेपालीले साथ

08/04/2025

प्रकाश सपुतको अँगालोमा रुँदै दर्शकहरू!बसन्तले दाङ रुवायो VFxसिनेमामा माया लुट्यो,दर्शक रुँदै बाहिरिए

04/04/2025

दु,र्घ,टनाले ,उजाडियो घरपरिवार, न खाना न पानी दिने कोही! घरमै अन्धकार: आमा-छोरा जीवन संकटमा!

घोराई तुल्सीपुर सडकखण्ड बेल्झन्डीमा बस दुर्घटना
17/03/2025

घोराई तुल्सीपुर सडकखण्ड बेल्झन्डीमा बस दुर्घटना

इलाका प्रहरी कार्यालय नारायणपुरद्वारा लागु औषध नियन्त्रण लागू औषधका बारेमा गाउँ र टोलटोलमा प्रशिक्षण कार्यक्रम आज सूर्यो...
15/03/2025

इलाका प्रहरी कार्यालय नारायणपुरद्वारा लागु औषध नियन्त्रण लागू औषधका बारेमा गाउँ र टोलटोलमा प्रशिक्षण कार्यक्रम आज सूर्योदय टोलमा प्रशिक्षण दिँदै नारायणपुर इलाका प्रहरी कार्यालय प्रमुख

18/02/2025

बहिनी गुमेपछि आमा-छोरी बने साथी जब छोरी बनी आमाको सबैभन्दा मिल्ने साथी

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Sahara Khabar publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Sahara Khabar:

Partager