नेपाली खबर

नेपाली खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली खबर, लुम्बिनी प्रदेश ५ अर्घाखाँची काठमाडौ नेपाल ।, Butwal.

02/12/2025

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा उत्तर प्रदेशमा आगलागी, बसमा अधिकांश नेपाली

#नेपालीखबर #अर्घाखाँची । सुनौलीबाट भारतको दिल्ली जाँदै गरेको बसमा आगलागी भएको छ ।

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा पुगेपछि बसमा आगलागी भएको हो । आगलागीमा परेर कम्तिमा तीनजनाको मृत्यु भएको छ । बसमा ४५ यात्रु रहेकामा अधिकांश नेपाली यात्रु सवार रहेका थिए ।

बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो ।

घाइने हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्सास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।

त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् । यसैगरी ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।

खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली (भगवानपुरबिहार,) र विक्रम (कर्नाल, हरियाणा) रहेका छन् । मृत्यु हुनेको भने पहिचान खुल्न बाँकी छ ।

29/11/2025

#नेपालीखबर ; नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज अर्घाखाँचीमा महाधिवेशन छनोट गर्न निर्वाचन हुने भएको छ । खुल्ल्ला तर्फ ९ जनाको उम्मेदार परेको छ । जसमा पिताम्बर भुसाल,सम्भु पोखरेल,रेशम थापा ,बसन्त कुमार श्रेष्ठ ,तेजप्रसाद खनाल ,कमलप्रसाद घिमिरे,श्रीकृष्ण भुसाल ,प्रेमनारायण गैरे र रामजीप्रसाद घिमिरेको उम्मेदार परेको छ ।जसबाट ६ जना प्रतिनिधि छनोट हुने छन ।

यस्तै खुल्ला महिला तर्फ ५ जनाको उम्मेदारी परेको छ । शुस्मा श्रेष्ठ, , दिपा आचार्य,लक्ष्मी गौतम, विष्णुमाया आचार्य,गिता भाट को उम्मेदार परेको हो ।जसबाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट हुने छन ।

हिजो सहमतीमा महाधिवेशन छनोट गर्ने भनिएता पनि सहमती हुन नसक्दा महाधिवेशन प्रतिनिधि छनोट गर्न आज निर्वाचन हुने भएको छ ।जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको टुँडिखेल ,शितगंगा नगरपालिका को ठाडाको डमरुदहको सामुदायिक भवन,भुमिकास्थान नगरपालिका को पालिका को सभाहल नुवाकोट,मालारानी गाउँपालिका को खनदह पार्टी कार्यालय,खनदह ,छत्रदेव गाउँपालिकाको कोल्दी कभर्ड हल केरुङगा,पाणिनि गाउँपालिकाको पालिकाको सभाहलमा मतदान हुने नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिनुभयो ।प्रतिनिधि छनोट गर्नको लागि सम्बन्धीत पार्टी सदस्यताको कार्ड र पहिँचान खुल्ने कागजात ल्याउन पर्ने छ । निर्वाचन बिहान १० बजेदेखि दिउँसो ४बजे सम्म हुने छ ।

26/11/2025

#नेपालीखबर . रास्वपा र विवेकशिल साझा पार्टीबीच एकता गर्ने समझदारी बनेको छ ।
दुई पार्टी बीचको उच्चस्तरीय संवादपछि यस्तो समझदारी बनेको रास्वपाका नेता एवम् सचिवालय सदस्य शिशिर खनालले नेपाली खबरलाई बताए । ‘दुई पार्टी बीच एकताका लागि समझदारी बनेको छ । रास्वपासँग एकता गर्न विवेकशिलले पार्टीबाट निर्णय गरिसकेको छ,’ खनालले भने, ‘आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा हुनेछ ।’

25/11/2025

#नेपालीखबर अखिर किन ब्लक गरिन काेच मेनिलाले काेच खेम लाई पूरा भिडियो ।
#अर्घाखाँची

 #नेपालीखबर २/३ जना रास्वपा पार्टी छाडे पछि !! अवसर!वादि हुनु हुदैन !!  रास्वपाबाट निर्वाचित उपसभामुख ईन्दिरा राणाले भनि...
22/11/2025

#नेपालीखबर २/३ जना रास्वपा पार्टी छाडे पछि !! अवसर!वादि हुनु हुदैन !! रास्वपाबाट निर्वाचित उपसभामुख ईन्दिरा राणाले भनिन्-
मौका दिएपछि पार्टीप्रति बफादार हुनुपर्छ 🙏🔔🇳🇵

21/11/2025

-टेक प्रधान (मनन)

देशले राष्ट्रियता बेच्यो, जिम्मेवार गुमायो
देशले नैतिकता बेच्यो,कर्तब्य बेच्यो
श्रीमतीले श्रीमान् बेचिन् बिदेशमा
आमाले छोरा छोरी बेचिन बिदेशमा
अनि बल्ल नेपालमा बल्ल आएको हो
डेढ लाखको आइफोन नेपालमा !
अनि बल्ल खिचिएको हो तस्बिर
ह्वाइटहाउस अगाडि क्यान्डिड सेल्फी
अनि बल्ल जोडिएको हो नेपालको
मुख्य शहरमा घर घरेडी र सुख सयल।

अहिले हाइसुखै छ सबै
बेचेर आत्मसम्मान
भित्राएकै छ छोराछोरीको पैसा
पाएकै छ देशले रेमिट्यान्स
काढेरै साहुसँग ऋण
लागेकै छन् छोरी अस्ट्रेलियातिर

कोही मेक्सिकोको जंगलमा हिँड्दा हिँड्दै
रातमै बेचिए
कोही शरणार्थी बन्न पाउने आशमै बेचिए
कोही कोरियाका कृषि फार्महरूमा बेचिए
कोही जापान र सिड्नीमा
क्लिनिङको कामहरूमा बेचिए
घर-घरमा उत्पादन भएकै छन्
विदेशीलाई योग्य कामदार
देशनै रित्तिने गरी
बढेकै छ वैदेशिक पलायन

जब देशमा मान्छे नै सकिन्छन्
बाबुलाई खाडीमा बेचेर किनेको आइफोनले
छोरीहरू कोसँग फोटो खिचाउलान्?
श्रीमानलाई लण्डनमा बेचेर किनेको गहनाहरू
श्रीमतीले कसकसलाई देखाउलान्?

हरेक दसैंमा घर सम्झेर फर्किने छोराले
म त आउदिनँ भनेर
परिवार नै उतै बोलाए भने
हरेक तीजमा हाँस्दै माइत आउने छोरीले
म त भ्याउदिनँ भनेर
विदेशमै हराए भने
हाम्रो संस्कृति रहला कि नरहला
हाम्रो परम्परा रहला कि नरहला
माझिगाउँको ठूलो चौरमा
मेला लाउला कि नलाउला
चचहुइ गर्दै पिङ खेल्न
पाउला कि नपाउला

अहिले पो सन्तान छन्
बेचौला उनैलाई
युरोप र अमेरिकाको सपना देखाउँदै
कुनै दिन सन्तान सकिएलान्
भएकाहरूमा पनि बल सकिएला
बेच्नलाई सन्तान सकिएको दिन
ए सरकार,
मुखमा गाँस रहला कि नरहला
बस्ने बास रहला कि नरहला
बाच्ने आश रहला कि नरहला
अझ भनौं यो देश रहला कि नरहला ?

20/11/2025

कतारमा सबैका फाेनमा alert सबै जना अचम्मित ! पूरा भिडियो
#नेपालीखबर #काठमाडाैं copy post

19/11/2025

जेनजीका बारा संयोजकको दाबी- एमाले कार्यकर्ताले हामीमाथि आक्रमण गरे, पुलिसले पनि कुटे
#नेपालीखबर #काठमाडाैं । बाराको सिमरामा जेनजी प्रदर्शनकारीहरुले गरेको अवरोधका कारण एमाले नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरु काठमाडौंमै रोकिए । उनीहरु उड्न लागेको विमानबाट ओर्लिनुपर्यो ।

उता बारा जिल्लाको सिमरामा रहेको विमानस्थलमै जेनजी प्रदर्शनकारी र एमाले समर्थित युवाहरुबीच झडप समेत भयो । झडपमा बारा जिल्ला जेनजी संयोजक सम्राट उपाध्यायसहित पाँच-सात जना जेनजीहरु घाइते भए । एकजनाको वीरगन्जमा उपचार भइरहेको छ भने उपाध्याय लगायत जेनजी युवाहरू स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अहिले सिमरामा स्थिति बिग्रन नदिन प्रशासनले कर्फ्यू लगाएको छ ।

बिहान भएको के हो त ? बिहानको झडपको घाइते तथा जेन-जीको बारा जिल्ला संयोजक उपाध्यायले विस्तारमा बताएका छन् । उपाध्यायको भनाइ यस्तो छ:-

‘सिमरामा हाम्रो कार्यक्रम पूर्वनिर्धारित थियो । ‘निवर्तमान केपी शर्मा ओली नेतृत्वको हत्यारा सरकारलाई कारबाही गर’ भन्दै प्रदर्शन गर्ने कार्यक्रम थियो । हामी ठूलो संख्यामा पनि थिएनौं । जम्मा १०÷११ जनाको टोली थियौं ।

सिमरा बजारको मेन चोकमै सांकेतिक विरोध प्रदर्शन गर्ने तय भएको थियो । उनीहरुको कार्यक्रम हाम्रो कार्यक्रमबाट २० किलोमिटर टाढा परवानीपुरमा थियो ।

हामीले प्रदर्शन गरिरहँदा शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतहरु पनि बारा जिल्लामा आउँदैछन् भन्ने थाहा पायौं । के कसो गर्ने भनेर सरसल्लाह गर्दै थियौं । यही बेला एमालेको २०÷२५ जना कार्यकर्ता आए । उनीहरुले हाम्रो प्रदर्शन बिथोल्न खोजे । सरसल्लाह गरौं भन्दै थियौं, अचानक हात हाले ।

उनीहरु ठूलो संख्यामा भएकाले हामीलाई पिटे । पाँच सातजना घाइते भयौं । एकजना सौरभ भन्ने साथी त गम्भीर घाइते भएकाले वीरगन्ज लगेर उपचार भइरहेको छ । उसको पेटमा छुरा रोपेजस्तो देखिन्छ । छुरा नै हानेको भनेर यकिन त भएको छैन, तर एक पिस मासु नै छैन उसको पेटमा ।

हामीमाथि एमाले कार्यकर्ताले कुटपिट गरिरहँदा प्रहरीले पनि हामीलाई नै पिट्यो । यसपछि सिमराबासी दाजुभाइहरु भेला भए । उहाँहरुले हामीलाई साथ दिनुभयो । अनि एमालेका कार्यकर्ताहरु भागेर एयरपोर्टभित्र छिरे ।

हामी जेनजी साथीहरु र सिमराबासी भएर एमालेका कार्यकर्ताहरुलाई लखेट्दै एयरपोर्टसम्म पुग्यौं । उनीहरु भित्र छिरिहाले । हामीले बाहिरैबाट नाराबाजी गर्यौं । कोही पनि गेटभित्र छिरेका छैनौं । तर, अहिले हामीलाई बदनाम गराउने काम भइरहेको छ ।

19/11/2025

क्रिस्टियानो रोनाल्डो पनि पुगे साउदी युवराजका लागि ट्रम्पले आयोजना गरेको रात्रिभोजमा
#नेपालीखबर
काठमाडौं, ३ मंसिर । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क मंगलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानसँग रात्रिभोजमा सहभागी भए ।

यस वर्ष सार्वजनिक रूपमा एक–अर्कासँगको विवादपछि ट्रम्प र मस्क एकसाथ देखिएको यो दोस्रो पटक थियो ।

रात्रिभोजमा मस्कको उपस्थितिबाट उनी र ट्रम्पबीचको तनावपूर्ण सम्बन्धमा सुधार आउन सक्ने संकेत मिलेको छ । मस्कले गत चुनावमा ट्रम्पलाई समर्थन गरेका थिए र उनलाई आर्थिक सहयोग (फन्डिङ) दिएका थिए ।

ट्रम्प सत्तामा आएपछि मस्क उनका नजिकका सल्लाहकार बनेका थिए । उनले सरकारी दक्षता विभागको नेतृत्व पनि गरे र संघीय आर्थिक सहयोग (फन्डिङ) र रोजगारी कटौतीको योजना बनाएका थिए ।

तर, दुई जनाबीच छिट्टै नै विवाद उत्पन्न भयो । मस्कले सामाजिक सञ्जालमा ट्रम्पको व्यापक कर र खर्च विधेयकको आलोचना गर्दै त्यसलाई वित्तीय रूपमा जोखिमपूर्ण बताए । उनले नयाँ राजनीतिक दल बनाउने योजना बनाइरहेको पनि बताएका थिए ।

यसपछि ट्रम्पले जवाफी हमला गर्दै मस्कका कम्पनीहरूलाई प्राप्त हुने अर्बौं डलरको संघीय आर्थिक सहायतामा कटौती गर्ने धम्की दिए ।

विश्लेषकहरूका अनुसार यो विवाद र मस्कको दक्षिणपन्थी राजनीतिक भाषाले टेस्लाको ब्रान्ड छवि, बिक्री र स्टक मूल्यलाई क्षति पु¥यायो । यसपछि मस्क र ट्रम्प सार्वजनिक रूपमा कमै देखिए । मस्कलाई पछिल्लोपटक सेप्टेम्बरमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको स्मृति सभामा ट्रम्पसँग हात मिलाउँदै गरेको देखिएको थियो ।

ट्रम्प यस समय साउदी अरबका युवराजको स्वागत गरिरहेका छन्, जो आफ्नो विश्वव्यापी छवि सुधार्ने र वासिङ्टनसँगको सम्बन्ध बलियो बनाउने प्रयासमा छन् । रात्रिभोजमा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ पनि उपस्थित थिए ।

यसैबीच सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो मंगलबार राति ह्वाइट हाउसको औपचारिक रात्रिभोजमा सहभागी भए । कार्यक्रमअघि बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोनाल्डोलाई आतिथ्य प्रदान गर्न पाउनु “सम्मान“को विषय भएको बताए । साउदी फुटबल लिगमा रोनाल्डोको मुख्य भूमिकाले उनलाई युवराज (क्राउन प्रिन्स) को नेतृत्वमा देशको आधुनिकीकरण अभियानको एक अनुहार (प्रतीक) बनाएको बताइएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमान खेलकुद र पर्यटनलगायत अन्य क्षेत्रहरूमा विविधीकरण गरेर देशको तेल आम्दानीमाथिको निर्भरता कम गर्न चाहन्छन् । ह्वाइट हाउसका एक अधिकारीले दिनको सुरुमा नै रोनाल्डो सहभागी हुने पुष्टि गरेका थिए । तर, उनी बिन सलमानको आधिकारिक प्रतिनिधिमण्डलको हिस्सा थिए वा थिएनन् भन्नेबारे भने केही बताएका थिएनन् ।

Address

लुम्बिनी प्रदेश ५ अर्घाखाँची काठमाडौ नेपाल ।
Butwal

Telephone

+9779823191745

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली खबर:

Share