24/12/2025
Sara Events, Entertainment & Kiyana Creations को आयोजनामा सम्पन्न नेपाली चलचित्र “Jerry on the Top” प्रदर्शन कार्यक्रममा आफ्नो अमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनु हुने सम्पूर्ण दर्शक, शुभेच्छुक, सहयोगी हातहरू तथा मिडिया परिवारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं।
तपाईंहरूको एक–एक ताली, मुस्कान र उपस्थितिले नेपाली कला, संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रिय भूमिमा अझ उचाइमा पुर्याउने साहस र प्रेरणा दिएको छ। तपाईंहरूकै माया, विश्वास र साथले नेपाली सिनेमा सीमाना नाघेर विश्वभर फैलिँदै जाने बल पाएको छ।
यो केवल एउटा चलचित्र प्रदर्शन मात्र होइन, यो नेपाली पहिचान, एकता र गर्वको उत्सव थियो—जसलाई सफल बनाउने श्रेय तपाईंहरू सबैलाई जान्छ।
आगामी दिनहरूमा पनि यस्तै निरन्तर माया, साथ र प्रेरणाको अपेक्षासहित,
🙏 हृदयदेखि नै पुनः एकपटक हार्दिक धन्यवाद। 🙏