03/12/2025
लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले
स्वर्ण महाेत्सव मनाउदै ।
बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै मंसिर १९ देखि २१ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।
२०३२ सालमा भाङ्बारीकाे एउटा घरबाट सुरु भएको लक्ष्मी उच्च माध्यमिक विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापसहित महोत्सवको तयारीमा जुटेको हो ।
विद्यालय प्राङ्गणमा बुधबार आयाेजित पत्रकार सम्मेलनमा साे बारे जानकारी गराएकाे हाे । "गुणस्तर विकासमा एक मत सिप सहितको शिक्षाका लागि स्वर्ण महोत्सव" भन्ने मुल नाराका साथ मंसिर १९ देखि २१ गते सम्म ३ दिन विभिन्न कार्यक्रमका साथ विद्यालयले स्वर्ण महाेत्सव मनाउन लागेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द भण्डारीले जानकारी दिनुभयाे । ३ दिवसिय कार्यक्रममा ३ दिन नै विशेष कार्यक्रम रहने समेत उहाँले जानकारी दिनुभयाे । स्वर्ण महाेत्सवकाे अवसरमा विद्यालयलाई विभिन्न किसिमले सहयाेग पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरिने समेत तय भएकाे विद्यालयका प्रधानध्यापक तुलसीराम खरेलले जानकारी दिनु भयाे । स्वर्ण महाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा नगरबासी, पुर्व विद्यार्थी, पुर्व शिक्षक, कर्मचारीलाई उपस्थित हुन उहाँले आव्हान समेत गर्नुभयाे ।
विद्यालयकाे हालकाे अवस्था सम्म ल्याउन बेलबारीका स्थानियवासी, पुर्व विद्यार्थीहरुकाे अतुलनिय सहयाेग रहेकाेमा आभार व्यक्त गर्दै स्वर्ण महाेत्सव आयाेजक समितिका आर्थिक संयाेजक शिवकुमार राईले अझ सहयाेगकाे अपिल समेत गर्नुभयाे । पत्रकार सम्मेलनमा बेलबारी वडा नम्बर ११ का वडा अध्यक्ष बिक्रम राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द भण्डारी, प्रधानध्यापक तुलसीराम खरेल, पुर्व प्रधानध्यापक हरिनारायण चाैधरी, सहायक प्रधानध्यापक हर्क देवान लगायतकाे उपस्थिति रहेकाे थियाे ।