Bajra 4K

Bajra 4K “Better than a thousand hollow words, is one word that brings peace.”
(10)

गुरु रिन्पोछेको संक्षिप्त जिवनीगुरु रिन्पोछे, उहॉंलाई दोस्रो बुद्ध भनेर चिनिन्छ, ८ औँ शताब्दीमा तिब्बतमा बज्रयान बौद्ध ध...
04/08/2025

गुरु रिन्पोछेको संक्षिप्त जिवनी

गुरु रिन्पोछे, उहॉंलाई दोस्रो बुद्ध भनेर चिनिन्छ, ८ औँ शताब्दीमा तिब्बतमा बज्रयान बौद्ध धर्म ल्याउने महान तान्त्रिक गुरु हुनुहुन्छ। “पद्मसम्भव” नामको अर्थ कमलबाट जन्मिएका हो, जसले उहाँको अद्भुत जन्म र बोधिचित्तको स्वरूपलाई जनाउँछ।

जन्म र प्रारम्भिक जीवन

परम्परागत कथन र विज्ञवर्गको अनुसन्धान अनुसार गुरु रिन्पोछे साधारण तरिकाले जन्मनुभएको होइन। ८औँ शताब्दीमा, उड्डियान राज्य (हालको पाकिस्तानको स्वात उपत्यका) का राजा इन्द्रबोधीलाई उत्तराधिकारीको चाहना थियो।

एक दिन, धनकोश झीलको बीचमा एउटा कमलको फूल फुल्यो। कमलभित्र करिब आठ वर्षको बालक बसेका थिए। हातमा वज्र र कमलको फूल, चारैतिर इन्द्रधनुषी प्रकाश फैलिएको थियो। राजाले यसलाई दिव्य चिन्ह ठानी उनलाई पुत्रको रूपमा अपनाए र नाम राखे पेमा जुङ्ने (कमलबाट जन्मिएका)।

इतिहासकारहरूले उहाँलाई प्राचीन भारतका उच्च शिक्षित तान्त्रिक आचार्य मान्छन्, जसले बौद्ध र अन्य योग-तन्त्र परम्परामा गहिरो ज्ञान प्राप्त गर्नुभएको थियो।

अध्ययन र आध्यात्मिक उपलब्धिहरू

साना उमेरदेखि नै पद्मसम्भवले अद्भुत ज्ञान र करुणा देखाउनुभयो। उहाँले विशिष्ट भारतीय गुरुहरूबाट शिक्षा लिनुभयो।

उहाँका गुरुहरूमा प्रभाहस्ति, हुंकार, र ज्ञानकी डाकिनीहरू पर्नुहुन्थ्यो। उहाँले तन्त्रको चार वर्गमा पूर्ण पारंगतता हासिल गर्नुभयो र नकारात्मक भावनालाई बोधको मार्गमा रूपान्तरण गर्ने गोप्य विधिहरूमा निपुण हुनुभयो।

तिब्बतको निमन्त्रणा

८ औँ शताब्दीमा, तिब्बतका राजा ठिसोङ देहुचेनले भारतका महापण्डित शान्तारक्षित लाई तिब्बतमा बौद्ध धर्म स्थापना गर्न बोलाउनुभयो। तर साम्ये गुम्बाको निर्माण बारम्बार आँधी, भूकम्प र रहस्यमयी अवरोधका कारण विफल भयो।

शान्तारक्षितले राजा ठिसोङ देहुचेनलाई भने ; “यी अवरोध हटाउन गुरु रिन्पोचेलाई बोलाउनुपर्छ” , जो असाधारण तान्त्रिक शक्तिका लागि विख्यात थिए। गुरु रिन्पोचे करिब ८१० ई. तिर नेपाल हुँदै तिब्बत पुग्नुभयो।

स्थानीय शक्तिहरूको शमन र धर्मको स्थापना

तिब्बत पुगेपछि गुरु रिन्पोछेले तान्त्रिक साधनाद्वारा स्थानीय देवता, पर्वतका रक्षक र अशान्त आत्माहरूलाई वशमा पार्नुभयो। उहाँले तिनीहरूलाई नष्ट नगरी, धर्मका रक्षक बन्न शपथ दिलाउनुभयो।

यसपछि साम्ये गुम्बा तिब्बतको पहिलो बौद्ध मठको रुपमा निर्माण सम्पन्न भयो। गुरु रिन्पोछे र शान्तारक्षितले तिब्बती भिक्षुहरूको पहिलो दीक्षा गराउनुभयो र सयौँ संस्कृत ग्रन्थहरूको तिब्बती अनुवाद गर्नुभयो।

उपदेश र ‘तेर्मा’ परम्परा

गुरु रिन्पोचेले ङिंमा परम्पराका नवयान (नौ-मार्ग) सिकाउनुभयो, विशेष गरी जोगछेन। उहाँले भविष्यमा धर्मको अवसान हुने समयका लागि हजारौँ तेर्मा (गुप्त ज्ञान, गुप्त खजाना) ग्रन्थ, साधना सामग्री, र गुप्त शिक्षाहरू—भुइँमा, पहाडमा र आकाशगंगामा लुकाइदिनुभयो।

उहाँको प्रमुख शिष्या र सहधर्मिणी ये-शे छ्यो-घ्यालले यी शिक्षाहरू सुरक्षित राख्न र लुकाउन महत्वपूर्ण भूमिका खेल्नुभयो।

आठ रूपहरू (आठ अवतार)

गुरु रिन्पोचेका आठ प्रसिद्ध अवतारहरू यस प्रकार छन ।
1. गुरु छ्योके दोर्जे
2. गुरु शक्य सेंगे
3. गुरु पेमा ग्याल्पो
4. गुरु लोदेन छोक्से
5. गुरु ङिमा होसेर
6. गुरु दोर्जे डोलो
7. गुरु सेंगे डाडोग
8. गुरु पेमा जुङ्ने

तिब्बतबाट प्रस्थान

धेरै वर्षसम्म तिब्बतमा धर्म स्थापना र प्रबोधनको कार्य पूरा गरेपछि गुरु रिन्पोछे सूर्यको किरणमा सवार भएर ताम्रवर्णी पहाडको जाङदोक पलरी नामक भूमिमा प्रस्थान गर्नुभयो। विश्वास गरिन्छ, उहाँ आज पनि प्रार्थना गर्ने शुद्ध हृदय भएका प्राणीहरूलाई सहायता गर्न प्रकट हुनुहुन्छ।

स्मरण र सम्मान

गुरु रिन्पोछेको प्रभाव तिब्बत, भूटान, नेपाल, लद्दाख, सिक्किम र सम्पूर्ण हिमालयमा अति गहिरो छ। विशेष गरी भूटानमा उहाँलाई राष्ट्रिय संरक्षकको रूपमा सम्मान गरिन्छ। त्यहाँको टाइगर नेस्ट गुम्बा (पारो ताग छाङ) मा उहाँ उडने बाघिनीको पीठमा चढेर पुगेको कथा प्रसिद्ध छ।

उहाँलाई केवल इतिहासका शिक्षक मात्र नभई अनन्त बोधिसत्त्व स्वरूपका रूपमा मानिन्छ, जसको आशीर्वाद अवरोध हटाउन, आध्यात्मिक प्रगति गर्न र रक्षा पाउनका लागि आज पनि मागिन्छ।

प्रसिद्ध मन्त्र

“ॐ आः हुं वज्र गुरु पद्म सिद्धि हुं”

वज्र गुरु, कमलबाट जन्मिएका गुरु रिन्पोछेको आशीर्वाद प्राप्त गर्न उच्चारण गरिने मन्त्र हो ।
जय बुद्ध !!!

💖🙏💖  ~ Today Best Photo ~🌻_______________________________Feel   the   Nature  🕊️Visit Nepal  🍀🇳🇵______________          ...
01/08/2025

💖🙏💖 ~ Today Best Photo ~🌻
_______________________________

Feel the Nature 🕊️

Visit Nepal 🍀🇳🇵
______________































Photo credit to respected owner 🙏

तस्बिर खिचाउँदै आन्तरिक पर्यटकविश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु महाचैत्यको दृश्य आउने गरी तस्बिर खिचाउँदै आन्तरिक पर्य...
27/07/2025

तस्बिर खिचाउँदै आन्तरिक पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु महाचैत्यको दृश्य आउने गरी तस्बिर खिचाउँदै आन्तरिक पर्यटक ।

तस्बिरः प्रदीपराज वन्त/रासस

Peaceful 😌🤍
26/07/2025

Peaceful 😌🤍

22/07/2025

क्याब्जे गर नाम्रोल रिन्पोछेबाट स्थानीय सर्वसाधारणका लागि चासुम (छोग) विशेष अनुष्ठान 🙏

दुःख, सुख र जीवन के हो ? जीवनको परिभाषा धेरै विद्धानहरु र व्यक्तिहरुले विभिन्न किसिमहरुबाट व्याख्या गरेको पाइन्छ । तर मे...
21/07/2025

दुःख, सुख र जीवन के हो ?
जीवनको परिभाषा धेरै विद्धानहरु र व्यक्तिहरुले विभिन्न किसिमहरुबाट व्याख्या गरेको पाइन्छ । तर मेरो व्यक्तिगत विचार अलि फरक छ । मेरो विचारमा जीवन भनेको तपाई- हाम्रो वर्तमान (तत्काल) सोच (सोचाई) अनुसार कुनै पनि क्रियाकलाप गर्नु नै जीवन हो ।
हिजो के भयो । भोली के हुन्छ । त्यो सोच्नु जीवन होइन । तर आज हामी कुन ठाउँमा, कुन अवस्थामा के सोचेर के गर्दैछौ त्यही जीवन हो । वर्तमान अवस्थामा यदि हामीले सकारात्मक र राम्रो सोच र त्यही अनुसारको आनन्द, खुशी र रमाइलो अनुभव गर्दछौं; चाहे हाम्रो वरिपरि जतिसुकै नराम्रो कुराहरु वा घटना घटोस् । किनकी सत्य त्यही हो कि तत्काल त्यति बेला हाम्रो दिमागले के सोच्छ र हाम्रो शरीरलाई के गर्न लगाउँछ । हो, त्यहि वर्तमान अवस्थामा हामीले गर्ने क्रियाकलाप नै जीवन हो । जस्तै तपाईं- हामीहरुले पनि प्रत्यक्ष धेरै अनुभव गरेको कुराहरु हो यो कि हामीहरु कतिपय हाम्रो मरेका मान्छेहरुको मलामी जान्छौं । (ती मरेका व्यक्ति हाम्रो नजिकका नाता, आफन्त, छरछिमेकी वा साथीभाई हुन्छन्) अनि हेर्नुस् त त्यतिबेला हामीहरु के गर्छौं ? कति रुन्छन्, कति निन्याउरो अनुहार लगाएर बस्छन्, कति लास नजलाई घर फर्किन हतारिन्छन्, कति अलि टाढा बसेर गफ गर्दै हाँसिरहन्छन्, कति विशेष कारण बस रिसाई रहेका हुन्छन् त कति लासलाई छोडेर आफ्नो भोक मेटाउन वरपर लाग्छन् ।
के मृत्यु मानव जीवनमा घट्ने सबै भन्दा ठूलो दुःख (शोक) र घटना होइन र ! तर पनि किन सबै मानव (मानिसहरु) रुँदैनन् त ! किन सबै दुःखी हुँदैनन् त ? किन लासलाई हतार हतार जलाएर फर्किन खोज्दछन् त ? किनकी त्यो हामीहरुको त्यति बेलाको तत्काल सोचको परिणाम (नतिजा) हो । त्यसैले जीवनमा न दुःख छ न सुख छ । छ त केवल तपाई हाम्रो तत्कालिन सोचले गर्ने र गराउने क्रियाकलाप मात्र ।
हो कतिपय मानिसहरु जीवन भनेको जन्मदेखि मरणसम्म भोग्ने अनुभवहरु (कार्यहरु) भन्छन् । तर म भन्छु त्यो त केवल हामीले मन सन्तोष गर्न गरिने व्याख्या मात्र हो । किनकी भविष्य कुनै पनि व्यक्तिले देखेको हुँदैन, त्यो त खाली हामीले विगतका दिनहरुलाई अन्य व्यक्तिलाई हेरेर गरिने अनुमान मात्र हो ।
कतिपय मानिसहरु जीवनको बारेमा सोच्दछन् कि जीवन भनेको सुख हो र जीवन भनेको दुःख हो । सुख भनेको के हो ? सुख केलाई भन्ने ? दुःख के हो ? दुःख केलाई भन्ने ?
“सुख भनेको धन, सम्पत्ति, पैसा, सत्ता, परिवार वा सुविधा सम्पन्न व्यक्तित्व हो । यदि हो भने गौतम बुद्धले किन यी सब कुराहरुलाई त्यागी शान्तिको खोजीमा जंगलतिर लागे ?”
“दुःख भनेको अभाव, गरिबी, एक्लोपन अनि अपांग शरीर हो भने कसरी स्टिफन् हाँकिन्स चर्चित वैज्ञानिक भए त ?”
मेरो विचारमा दुःख भनेको खाली एउटै कुरा मात्र छ त्यो हो तपाई- हामीले रोगव्याद वा घाउचोटबाट पाउने शारीरिक पिडा । नत्र त्यो बाहेक अरु जति पनि हामीहरुले भन्ने गरेका दुःख भनेको मात्र हाम्रो सोचाई (सोच) हो । त्यसैले तपाईंहरु पनि जहिले खुशी र आनन्दित हुन चाहनुहुन्छ भने आफ्नो स्वास्थको राम्रोसँग हेरविचार गर्नुस् अनि जुनै ठाउँ, परिवेश वा अवस्थामा भएपनि खाली सकारात्मक र राम्रो राम्रो कुराहरु मात्रै सोच्नु अति जरुरी छ । यही हो, तपाईका तत्कालिन सकारात्मक सोच नै तपाई सुखी जीवन हो । तपाईका सुख हो । तपाईंले खोज्नु भएको आनन्द हो र अनि यही हो बुद्धले देखाउनुभएको बाटो ।
किनकी कुनैपनि घटना घट्नुको कारण हुन्छ ।
यदि त्यो कारण राम्रो होस् वा नराम्रो, हामीले त्यस कारणलाई सकारात्मक तरिकाले सोचविचार गर्ने हो भने जो कोही पनि त्यस घटनाबाट हुने प्रतिक्रियाबाट पार पाउन सकिन्छ । मुक्त हुन सकिन्छ ।
सोच बदल्नुस् अनि सधैं खुशी र रमाइरहनुस् । बाँकी तपाईंहरुको इच्छा ।
किनकी चाहे देश सर्वसम्पन्न हुने कुरा होस् या सर्वसाधारण जनता नै किन नहोस् । यदि जनताहरु र नेताहरुले जबसम्म गौतम बुद्धले देखाउनु भएको चार आर्य सत्यलाई व्यवहारमा पालन गर्न सक्दैनन् न त हामी (जनता) सर्वसम्पन्न हुन्छौं न त देश नै सर्वसम्पन्न हुन्छ । आज जापान किन सर्वसम्पन्न छ, तपाईंहरुलाई थाहा छ ?
स्रोतः गौतम मान सिंह

भगवान गौतम बुद्ध भन्नुहुन्छ बितेको कुराहरूतर्फ ध्यान नदेऊ, भविष्यका बारेमा पनि धेरै चिन्ता नगर, आफ्नो मनलाई वर्तमान समयम...
20/07/2025

भगवान गौतम बुद्ध भन्नुहुन्छ बितेको कुराहरूतर्फ ध्यान नदेऊ, भविष्यका बारेमा पनि धेरै चिन्ता नगर, आफ्नो मनलाई वर्तमान समयमै केन्द्रित गर ।

पाथिभरा माताको दर्शन गरौं ।। 🙇🙏माताले सबैको कल्याण गरुन् ।🌿🕊️
18/07/2025

पाथिभरा माताको दर्शन गरौं ।। 🙇🙏
माताले सबैको कल्याण गरुन् ।🌿🕊️

भगवान गणेश जिको आशीर्वादले तपाईंको दिन शुभ रहोस् 🙏भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्नहुने र कृपा...
17/07/2025

भगवान गणेश जिको आशीर्वादले तपाईंको दिन शुभ रहोस् 🙏

भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्न
हुने र कृपाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।

१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः

Amazing Thailand 🇹🇭 ❤️ 🙏
14/07/2025

Amazing Thailand 🇹🇭 ❤️ 🙏

आफूले गरेको पापले आफैलाई पीडा दिन्छ, मुर्खजनलाई आफूले नै गरेको पापले, पत्थरबाट निस्कने हीराले आफूबाट निस्केका ढुङ्गालाई ...
14/07/2025

आफूले गरेको पापले आफैलाई पीडा दिन्छ, मुर्खजनलाई आफूले नै गरेको पापले, पत्थरबाट निस्कने हीराले आफूबाट निस्केका ढुङ्गालाई नै काट्ने झैं पिरोल्छ ।
☸️बुद्ध ।

Amazing Japan 😀🌊🌿 🇯🇵  ।।   ।।   ।।   ||
13/07/2025

Amazing Japan 😀🌊🌿 🇯🇵
।। ।। ।। ||

Address

Birmingham

Alerts

Be the first to know and let us send you an email when Bajra 4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajra 4K:

Share