
11/07/2025
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अब आफुलाई एमाले नेत्री भन्दा हुने बताएकी छिन्। दुईदुई पटक राष्ट्रपति बनेकी भण्डारीले अब एमालेमै बाँकी जीवन बिताउने र पार्टी अध्यक्ष हाँक्नेसम्मको लक्ष्य लिएको पत्रकार जगदिश खरेलको अन्तर्वार्तामा बताएकी छिन् । उनले अब केपी शर्मा ओली अध्यक्ष बन्न नहुने सम्मको कुरा उक्त अन्तर्वार्तामा खुलाएकी छिन्।