Fantastic Videos

Fantastic Videos प्रगति हुँदा शत्रु बढ्छ । लाचार हुँदा तारिफ बढ्छ ।

मुन्छे चिन्नुस्
11/10/2025

मुन्छे चिन्नुस्

श्रीमतीको रुखो बोलीले श्रीमानको आँसुश्रीमतीको रुखो बोलीले श्रीमानको मनमा चोट पुर्‍याउँछ। त्यो चोट केवल शब्दको घाउ मात्र ...
07/10/2025

श्रीमतीको रुखो बोलीले श्रीमानको आँसु

श्रीमतीको रुखो बोलीले श्रीमानको मनमा चोट पुर्‍याउँछ। त्यो चोट केवल शब्दको घाउ मात्र हुँदैन, बरु आँसुको ढिक्कासहितको भारी पीडा बन्छ। श्रीमान चुप लागेर सहन्छ, तर भित्रभित्रै उसको आत्मसम्मान, उसको मनोबल, उसको विश्वास खिइँदै जान्छ।

मानौं संसार जित्ने सामर्थ्य भएको पुरुषलाई पनि, आफ्नै श्रीमतीको कठोर बोलीले दिनहुँ जितेर हराउँछ। बाहिरको दुनियाँसँग लडेर फर्किने मानिसलाई घरभित्रै जब चोट लाग्छ, त्यो चोट सबैभन्दा गहिरो हुन्छ।

👉 यसैले भनिन्छ,
"श्रीमानलाई जित्नु भनेको मीठा शब्दले जित्नु हो, हार्नु भनेको रुखो बोलीले हराउनु हो।"

श्रीमतीले भुल्नु हुँदैन—
उसले दिएको सम्मान नै श्रीमानको सबल खम्बा हो।
उसले दिएको मायाले मात्रै श्रीमान बाहिरी संसारसँग लड्ने हिम्मत पाउँछ।
तर रुखो बोली र कठोर व्यवहारले भने उसको हरेक पाइला कमजोर पार्छ।

श्रीमान संसारभर जित्छ, तर आफ्नै श्रीमतीको आँसुले हराउँछ। त्यसैले कहिल्यै पनि आफ्नो बोलीलाई विष नबनाऔं।
किनकि, श्रीमानको आँसु देखिएन भने पनि, त्यो आँसु उसको मुटुमा ढिक्काजस्तै भएर बस्छ, र कहिलेकाहीँ जीवनभर उसको पाइलामा ठेस दिइरहन्छ।

💡 सन्देश यही हो –
माया दिने हो भने बोलीमा मिठास देऊ,
सम्मान गर्ने हो भने शब्दमा कोमलता देऊ,
जीवनसाथीलाई जीवनभरिको हिम्मत बनाऊ, नत्र आँसुको ढिक्काले तपाईंको विजयलाई पनि हारमा परिणत गरिदिन्छ।

#शुभ_दिन
#हेप्पी_दशै

26/09/2025

१) यति ओम्नी काण्ड
२) गिरी बन्दु टि स्टेड
३ )वाइट बडि काण्ड
४)बालुवाटर जग्गा काण्ड
५) सेकुरेटी प्रिन्ट ७० करोड
६) कम्बोडिया कान्ड र एमालेका सबै नेताको सम्पत्ति छानबिन पनि गर ।
प्रमाण र प्रकृया पूरा गरेर गर, प्रमाण पुग्छ भने जेल हाल तर अब पनि जनतालाई भ्रम छर्ने, झुठो समाचार सम्प्रेषण नगर🇳🇵🇳🇵

26/05/2025

भिजिट भिसामा

16/05/2025

जब मान्छेले पुर्वाग्रह राखेर बोल्न थाल्छ, उस्लाइ जति सम्झाए पनि सम्झिदैन, सम्झाएर बुझाएर फाइदै छैन। NEA को MD फेरिए। जस्लाइ ६ महिनामै बिना कारण हटाएर दोस्रो कार्यकाल खान आउदा बोल्दैनन! दोस्रो कालको ४ महिना मात्र बाकी हुँदा उनलाइ पुनः नियुक्ती गर्दा चै आकाशै खसे झै गर्छन। एउटाको पालामा जति बत्ती गए पनि चु बोल्दैनन्, अर्कोको पालामा जादा सालो केटोको पगरी लाइदिदै जथाभाबी लेख्छन, कारण भने एउटै हुन्छ प्राविधिक । अध्यय्यन अनुसन्धान गर्दा पहिलाकै वेला वढी समय र पटक बत्ती गएको हुन्छ तर त्यो समाचार बन्दैन। ३ वर्ष मात्र अघिको तिहारको दिपावलीकै दिन साझ ४/५ घन्टा नै लोकन्थली कौसल्टार पुरै अन्धकार थियो तर समचार बनेन। आज अत्यधिक लोड हुँदा धल्केवर 400kV लाइनमा आएको समस्याले एक घन्टा जति अवरुद्ध भयो। MD तुरुन्तै LDC गएर आफै खटिएर लाइन सुचारु गराउनु भो। अनि उल्टो उहाँ कमिशन खोर ? यस्तोमा झोले र बिबेक गुमाउने को? थाह छ, यस्मा मज्जैले गाली आउने छ, पढ्न नसकिने खालका समेत। त्यस्तालाइ सद्बुद्धी आओस् ।
मदन तिम्सिना

30/04/2025

शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ ? - प्रदीप ज्ञवाली
थप समाचार कमेन्टमा

30/04/2025

पाेखरा विमानस्थलको प्रतिवेदनमा गाेकुल बास्काेटाको फरक मत
पूरा समाचार कमेन्टमा...

30/04/2025

Beauty of Nepal

30/04/2025

Rat Race Events offer unique challenges in remarkable destinations. Every one of our adventures have been crafted in house by our event experts, designed to be inspirational and achieveable. We believe adventure should be for everybody.

30/04/2025

पक्राउ परेको दिन लामा र पौडेलको मोबाइल धेरै व्यस्त थियो, उनीहरुको मोबाइलबाट त्यो दिन १ हजार १४ वटा फोन कल भएका छन्

(कतै सुनेको कुरा जस्ताकोतस्तै सारेको)प्रिय शिक्षक मित्रहरु,तपाईंहरुको आन्दोलन पेसागत हीतका लागि थियो,यो तपाईंहरुको अधिका...
30/04/2025

(कतै सुनेको कुरा जस्ताकोतस्तै सारेको)
प्रिय शिक्षक मित्रहरु,
तपाईंहरुको आन्दोलन पेसागत हीतका लागि थियो,यो तपाईंहरुको अधिकार हो। लोकतान्त्रिक ब्यबस्थामा समग्रमा शान्तिपूर्ण आन्दोलन गरेर अब बिधालय फर्कदै हुनुहुन्छ । तथापि,तपाईंको नेतृत्वले यो पटक हाताहाती भनेको आन्दोलनको पक्कै समीक्षा गर्नुहोला,तपाईहरुले नगरे इतिहासले समीक्षा गर्नेछ।
- तपाईंहरु जुन ठाउँमा आएर सहमति गर्नुभो नि,यहि गर्नुथियो भने एक महिना अघि गरेको भए तपाईंको विद्यालयका विद्यार्थी नीजिमा जाँदैनथे र तपाईंहरुकोमा आउन चाहेकाहरु रोकिँदैनथे ।धेरै सामुदायिक बिधालय पछिल्लो दिन आकर्षणको केन्द्र बन्दै गैरहेका थिए,ठेस लाग्यो।
- यसैमा रमाउनुथियो भने बिद्द्या भट्टराईको जागिर खान र रघुजीलाई जागिर दिलाउनुको कारक किन बन्नुपर्थ्यो?यो ड्राफ्ट त धेरै दिन अघि तयार थियो ।एउटी तपाईंहरुकै पेसाबाट आएकी अब्बल शिक्षिकाले बुझ्नु तपाईंहरुको मर्म अरुले कदापि बुझ्दैन ।
- तपाईंहरुले शिक्षा ऐन सम्सदले बिधीमार्फत ल्याउने हो भन्ने बुझ्न यत्रो समय किन लाग्यो?थाहा हुँदाहुँदै बुझ पो पचाउनुभयो कि?यो आरोप आज झन बढी जायज बनेको छ।
- तपाइँहरु माथि अपमान भएको छ,हेपिएको छ,सम्मानित नागरिक उत्पादन गर्ने शिक्षकलाई मर्यादाक्रममा समेत नराख्नु यो लज्जास्पद हो। यो आन्दोलन जायज थियो ,तर जुन समयमा आन्दोलन भयो र जसरी बैठान भयो। यसको अपजस र नतिजा तपाईंहरुले लामो समयसम्म भोगिरहनुपर्नेछ।
- केही स्वार्थी र कसैको संरक्षकका रुपमा प्रवक्ता बनेकाले त्यसैको पक्षपोषण गर्न यहि आन्दोलन देखाएर धेरैपटक खिसीटिउरी गर्नेछन्।
राजेन्द्र बानियाँ

Address

Falmouth

Telephone

+9779841145536

Website

Alerts

Be the first to know and let us send you an email when Fantastic Videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share