The Real Update Nepal

The Real Update Nepal Follow Us for Real Nepali Updates.

02/04/2026

संसदमा महाविर पुन

पुर्व CDO पक्राउ ।
31/03/2026

पुर्व CDO पक्राउ ।

29/03/2026

माइतीघरमा एमाले नेताविरुद्ध अनशनरत महिला र ओलीको रिहाइ माग्ने महिला कुटाकुट

29/03/2026

एमाले कार्यकर्ता को सेन्टरमा प्रहरिले लाठि हानेपछि स्थिति तनावग्रस्त ।

28/03/2026

कान काट्ने दिदि लिल्डमा खटिनुभएको छ,

28/03/2026

च्यासलमा एमाले कार्यकर्ता र प्रहरी बिचमा झडप ।।

15/03/2026

hello

Embassy of Nepal, Abu Dhabi ले United Arab Emirates मा भएको ड्रोन आक्रमणमा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान सार्वजनि...
02/03/2026

Embassy of Nepal, Abu Dhabi ले United Arab Emirates मा भएको ड्रोन आक्रमणमा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान सार्वजनिक गरेको छ। दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै मृतक नेपालीको आधिकारिक विवरण पुष्टि गरेको हो।

अबुधाबीस्थित Zayed International Airport मा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा Dibas Shrestha को मृत्यु भएको जनाइएको छ। २९ वर्षीय श्रेष्ठ Gorkha District स्थायी घर भई यूएईस्थित “Middle East Company” मा सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। परिस्थिति सामान्य भएपछि शव नेपाल फिर्ता ल्याउन आवश्यक समन्वय गरिने पनि दूतावासले जनाएको छ।

साथै दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई त्रासमा नपरी संयमित रहन र स्थानीय सुरक्षा निर्देशन पालना गर्न अपिल गरेको छ।

मध्यपूर्वमा जारी तनावका बीच Israel ले गरेको भनिएको हवाई आक्रमणमा परी Iran को दक्षिणी क्षेत्र होर्मोज्गान प्रान्तस्थित मि...
28/02/2026

मध्यपूर्वमा जारी तनावका बीच Israel ले गरेको भनिएको हवाई आक्रमणमा परी Iran को दक्षिणी क्षेत्र होर्मोज्गान प्रान्तस्थित मिनाब सहरको एक प्राथमिक बालिका विद्यालयमा ठूलो मानवीय क्षति भएको छ। आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको पुष्टि भएको छ। यसअघि पाँच जनाको मात्र मृत्यु भएको बताइए पनि भग्नावशेष हटाउने क्रममा थप शव भेटिएपछि मृतकको संख्या बढेको इरानी समाचार एजेन्सीहरूले जनाएका छन्।

आक्रमणपछि आसपासका क्षेत्रहरूमा त्रास फैलिएको छ। युद्धको प्रभाव छिमेकी देश Bahrain सम्म पुगेको छ। बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक आधार रहेको जुफैर क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरेको छ। आक्रमणपछि उक्त सैन्य क्षेत्र वरपर आकाशमा बाक्लो धुवाँ देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, Russia ले United States र Israel लाई इरानमाथिको आक्रमण तत्काल रोक्न चेतावनी दिएको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्थिति राजनीतिक र कूटनीतिक समाधानतर्फ फर्काउन आग्रह गरिएको छ। रुसले आक्रमणलाई गैरजिम्मेवार कदम भन्दै अन्तर्राष्ट्रिय समुदायलाई घटनाको निष्पक्ष मूल्याङ्कन गर्न पनि अपिल गरेको छ।

विश्वका अन्य देशहरूले पनि विद्यालयमा भएको आक्रमणको कडा विरोध गरेका छन्। Norway का विदेशमन्त्री एस्पेन बार्थले इजरायलले गरेको ‘पूर्व-प्रतिरक्षात्मक’ आक्रमणको दाबी अस्वीकार गर्दै यस्तो हमला अन्तर्राष्ट्रिय कानुन विपरीत हुन सक्ने बताएका छन्।

त्यस्तै, Belgium ले युद्धमा निर्दोष नागरिकहरूले मूल्य चुकाउनु परेकोमा दुःख व्यक्त गरेको छ। Pakistan ले पनि इरानमाथिको आक्रमणको कडा निन्दा गर्दै तत्काल कूटनीतिक वार्तामा फर्कन आग्रह गरेको छ।

मध्यपूर्वमा बढ्दो युद्ध तनावले विश्व समुदायलाई चिन्तित बनाएको छ। अन्तर्राष्ट्रिय निकायहरूले नागरिक सुरक्षालाई प्राथमिकता दिँदै युद्ध रोक्न समन्वयकारी पहल गर्न अपिल गरेका छन्।

कतार सरकारले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नागरिक तथा आप्रवासी कामदारलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेक...
28/02/2026

कतार सरकारले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नागरिक तथा आप्रवासी कामदारलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। कतारमा करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको बताइएको छ।

सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा देशको आन्तरिक सुरक्षा अवस्था पूर्ण रूपमा स्थिर र सुरक्षित रहेको उल्लेख छ। सुरक्षा निकायहरूले चौबीसै घण्टा अवस्थाको निगरानी गरिरहेको र एकीकृत कार्य सञ्चालन प्रणालीमार्फत सार्वजनिक सुरक्षालाई सुदृढ बनाइएको जनाइएको छ।

आन्तरिक मन्त्रालयले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह तथा अपुष्ट समाचार सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेको छ।

यसअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा सुरक्षा चासो बढेको थियो। कतार रक्षा मन्त्रालयले देशको भूभागलाई लक्षित केही आक्रमण प्रयास विफल पारिएको दाबी गर्दै पूर्वनिर्धारित सुरक्षा योजनाअनुसार खतरा पहिचान हुनासाथ नियन्त्रण गरिएको जनाएको छ।

कतारमा रहेको अमेरिकी सैन्य बेस क्याम्प र आप्रवासी कामदारको बाक्लो बसोबास रहेको सनैयानजिकको क्षेत्रलाई सुरक्षा दृष्टिले संवेदनशील मानिएको छ। मन्त्रालयले मिसाइलहरू कतारी भूभागमा पुग्नुअघि नै रोकिएको दाबी गरेको छ।

Address

Baudha
Leeds

Website

Alerts

Be the first to know and let us send you an email when The Real Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share